Clicky

Rainadevi Chhahara Rural Municipality रैनादेवी छहरा ग

  • Home
  • Nepal
  • Palpa
  • Rainadevi Chhahara Rural Municipality रैनादेवी छहरा ग

Rainadevi Chhahara Rural Municipality  रैनादेवी छहरा ग रैनादेवी छहरा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय

Operating as usual

अनुदानग्राही छनौट सम्बन्धी सूचना
15/03/2023

अनुदानग्राही छनौट सम्बन्धी सूचना

२०७९ चैत्र १ गतेरैनादेवी छहरा गाउँपालिकाको आयोजनामा  २०७९/१२/०१ गते ७ नं वडा कार्यालय, बल्ढेङ्गगढीमा सार्वजनिक सुनुवाई क...
15/03/2023

२०७९ चैत्र १ गते
रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा २०७९/१२/०१ गते ७ नं वडा कार्यालय, बल्ढेङ्गगढीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। ७ नं वडाध्यक्ष श्री देवेन्द्र पुनको अध्यक्षता, गाउँपालिकाका योजना अधिकृत श्री अंमृता पौडेल र वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक श्री महेश बरालको आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रममा वडा सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा ७ नं वडाध्यक्ष श्री देवेन्द्र पुनले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। सहभागी महानुभावहरूले व्यक्त गर्नुभएका गुनासो तथा सुझावहरू उपर वडाध्यक्ष, वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक, योजना अधिकृतले सम्बोधन गर्नुभएको थियो।

कार्यक्रमको सहजीकरण तथा सञ्चालन सामुदायिक रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर भुवन रायमाझीले गर्नुभएको थियो।

२०७९ फागुन ३० गतेरैनादेवी छहरा गाउँपालिकाको आयोजनामा २०७९/११/३० गते ६ नं वडा कार्यालय, जुठापौवामा सार्वजनिक सुनुवाई कार्...
14/03/2023

२०७९ फागुन ३० गते
रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा २०७९/११/३० गते ६ नं वडा कार्यालय, जुठापौवामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। ६ नं वडाध्यक्ष श्री दोम बहादुर घर्तीको अध्यक्षता, गाउँपालिकाका लेखा अधिकृत श्री लिलामणि बश्याल, स्वास्थ्य शाखा प्रमुख श्री जिबन रानाको आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रममा वडा सदस्यहरू तथा गाउँपालिकाका शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा ६ नं वडाका वडा सचिव श्री हुम बहादुर कुवँरले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। सहभागी महानुभावहरूले व्यक्त गर्नुभएका गुनासो तथा सुझावहरू उपर वडाध्यक्ष, लेखा अधिकृत, स्वास्थ्य शाखा प्रमुखले सम्बोधन गर्नुभएको थियो।

कार्यक्रमको सहजीकरण तथा सञ्चालन सामुदायिक रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर भुवन रायमाझीले गर्नुभएको थियो।

२०७९ फागुन २९ गतेरैनादेवी छहरा गाउँपालिकाको आयोजनामा २०७९/११/२९ गते ५ नं वडा कार्यालय, मुझुङ्गमा सार्वजनिक सुनुवाई कार्य...
13/03/2023

२०७९ फागुन २९ गते
रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा २०७९/११/२९ गते ५ नं वडा कार्यालय, मुझुङ्गमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। ५ नं वडाका वडाध्यक्ष श्री हुमान सिंह कार्कीको अध्यक्षता, गाउँपालिका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईको प्रमुख आतिथ्यता, लेखा अधिकृत श्री लिलामणि बश्यालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रममा वडा सदस्यहरू तथा गाउँपालिकाका शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा ५ नं वडाध्यक्ष श्री हुमान सिंह कार्कीले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। सहभागी महानुभावहरूले व्यक्त गर्नुभएका गुनासो तथा सुझावहरू उपर अध्यक्ष, वडाध्यक्ष, लेखा अधिकृतले सम्बोधन गर्नुभएको थियो।

कार्यक्रमको सहजीकरण तथा सञ्चालन सामुदायिक रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर भुवन रायमाझीले गर्नुभएको थियो।

२०७९ फागुन २८ गतेरैनादेवी छहरा गाउँपालिकाको आयोजनामा २०७९/११/२८ गते ४ नं वडा कार्यालय, छहरामा सार्वजनिक सुनुवाई कार्यक्र...
12/03/2023

२०७९ फागुन २८ गते
रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा २०७९/११/२८ गते ४ नं वडा कार्यालय, छहरामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। ४ नं वडाका वडाध्यक्ष श्री गोविन्द बहादुर रायमाझीको अध्यक्षता, गाउँपालिका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत श्री दिनेश सारुको विशिष्ट आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो।

कार्यक्रममा जि.स.स सदस्य श्री विष्णु घिमिरे, भौतिक पूर्वाधार विकास समितिका संयोजक श्री लक्ष्मण हिताङ्ग, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक श्री महेश बराल तथा गाउँपालिकाका शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा ४ नं वडाध्यक्ष श्री गोविन्द बहादुर रायमाझीले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। सहभागी महानुभावहरूले व्यक्त गर्नुभएका गुनासो तथा सुझावहरू उपर अध्यक्ष, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विषयगत समितिका संयोजकहरू तथा सम्बन्धित शाखाका कर्मचारीहरूले सम्बोधन गर्नुभएको थियो।

कार्यक्रमको सहजीकरण तथा सञ्चालन सामुदायिक रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर भुवन रायमाझीले गर्नुभएको थियो।

२०७९ फागुन २७ गतेरैनादेवी छहरा गाउँपालिकाको आयोजनामा २०७९/११/२७ गते ३ नं वडा कार्यालय, भुवनपोखरीमा सार्वजनिक सुनुवाई कार...
12/03/2023

२०७९ फागुन २७ गते
रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा २०७९/११/२७ गते ३ नं वडा कार्यालय, भुवनपोखरीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। ३ नं वडाका वडाध्यक्ष श्री प्रदिप पौडेलको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष श्री युवराज थापाको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत श्री दिनेश सारुको विशिष्ट आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो।
कार्यक्रममा ३ नं वडाध्यक्ष श्री प्रदिप पौडेलले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। सहभागी महानुभावहरूले व्यक्त गर्नुभएका गुनासो तथा सुझावहरू उपर उपाध्यक्ष, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा सम्बन्धित शाखाका कर्मचारीहरूले सम्बोधन गर्नुभएको थियो।
कार्यक्रमको सहजीकरण तथा सञ्चालन सामुदायिक रेडियो मुक्तिनाथले गरेको थियो।

२०७९ फागुन २६ गतेरैनादेवी छहरा गाउँपालिकाको आयोजनामा आज २ नं वडा कार्यालय, सोमादीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ...
10/03/2023

२०७९ फागुन २६ गते
रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा आज २ नं वडा कार्यालय, सोमादीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। २ नं वडाका वडाध्यक्ष श्री दान बहादुर पौडेलको अध्यक्षता, गाउँपालिका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष श्री युवराज थापा तथा लेखा अधिकृत श्री लालिमणि बश्यालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो।
कार्यक्रममा २ नं वडाध्यक्ष श्री दान बहादुर पौडेलले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। सहभागी महानुभावहरूले व्यक्त गर्नुभएका गुनासो तथा सुझावहरू उपर अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, लेखा अधिकृत तथा सम्बन्धित शाखाका कर्मचारीहरूले सम्बोधन गर्नुभएको थियो।
कार्यक्रमको सहजीकरण तथा सञ्चालन सामुदायिक रेडियो मुक्तिनाथले गरेको थियो।

२०७९ फागुन २५ गतेरैनादेवी छहरा गाउँपालिकाको आयोजनामा आज १ नं वडा कार्यालय, सिद्धेश्वरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्प...
09/03/2023

२०७९ फागुन २५ गते
रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा आज १ नं वडा कार्यालय, सिद्धेश्वरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। १ नं वडाका वडाध्यक्ष श्री सोम बहादुर दर्लामीको अध्यक्षता, गाउँपालिका अध्यक्ष श्री रुक्माङ्गत भट्टराईको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष श्री युवराज थापा तथा प्रमुख प्रशासकीय अधिकृत श्री दिनेश सारुको विशिष्ट आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो।

कार्यक्रममा १ नं वडा कार्यालयमा कार्यरत कर्मचारी कृष्ण रायमाझीले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। सहभागी महानुभावहरूले व्यक्त गर्नुभएका गुनासो तथा सुझावहरू उपर प्रमुख प्रशासकीय अधिकृत, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सम्बन्धित शाखाका कर्मचारीहरूले सम्बोधन गर्नुभएको थियो।

कार्यक्रमको सहजीकरण तथा सञ्चालन सामुदायिक रेडियो मुक्तिनाथले गरेको थियो। सार्वजनिक सुनुवाई कार्यक्रम २०७९/११/२५ गते देखि क्रमश: सम्पूर्ण वडाहरूमा सञ्चालन हुनेछ।

२०७९ फागुन २१ गतेरैनादेवी छहरा गाउँपालिकाका सम्पूर्ण विद्यालयहरूका प्राधानाध्यापकहरूको नियमित बैठक सम्पन्न भएको छ। बैठकक...
07/03/2023

२०७९ फागुन २१ गते
रैनादेवी छहरा गाउँपालिकाका सम्पूर्ण विद्यालयहरूका प्राधानाध्यापकहरूको नियमित बैठक सम्पन्न भएको छ। बैठकको अध्यक्षता सामाजिक विकास समितिका संयोजक हुमान सिंह कार्कीले गर्नुभएको थियो भने अतिथिको रूपमा गाउँपालिकाका प्रवक्ता देवेन्द्र पुन र प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु रहनुभएको थियो।

२०७९ फागुन १९ गतेतेस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ। आज भएको फाइनल खेलमा १ नं वडा ले ७ नं वडाला...
03/03/2023

२०७९ फागुन १९ गते
तेस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ। आज भएको फाइनल खेलमा १ नं वडा ले ७ नं वडालाई पराजित गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ। तृतीय स्थानको लागि भएको खेलमा ८ नं वडाले ४ नं वडालाई पराजित गरेको थियो।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल टोलीलाई गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई, उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, प्रवक्ता देवेन्द्र पुन लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो।

२०७९ फागुन १७ गते।रैनादेवी छहरा गाउँपालिकाको प्रतिनिधित्व गर्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी मध्ये स्वर्ण,...
02/03/2023

२०७९ फागुन १७ गते।
रैनादेवी छहरा गाउँपालिकाको प्रतिनिधित्व गर्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी मध्ये स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्न सफल विद्यार्थीहरू र प्रतियोगिता अवधिमा सहजीकरण गरी सहयोग गर्नुहुने शिक्षकहरूलाई तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा गाउँपालिकाले सम्मान गरेको छ।

गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई, उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, प्रवक्ता देवेन्द्र पुनले स्वर्ण पदक प्राप्त गर्न सफल विद्यार्थीहरूलाई सम्मान पत्रका साथै नगद रु.५,०००/-, रजत पदक प्राप्त गर्न सफल विद्यार्थीलाई सम्मान पत्रका साथै नगद रु.३,०००/- र कास्य पदक प्राप्त गर्ने विद्यार्थीलाई सम्मान पत्रका साथै नगद रु.२,०००/- सहित सम्मान गर्नुभएको थियो।

२०७९ फागुन १७ गते।रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा कटौजेपानी खेलमैदानमा तेस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुर...
02/03/2023

२०७९ फागुन १७ गते।
रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा कटौजेपानी खेलमैदानमा तेस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। फागुन १७ गते गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षता, उपाध्यक्ष युवराज थापा, निवर्तमान अध्यक्ष राम बहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु लगायतको आतिथ्यतामा समुद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।

प्रत्येक वडाबाट एक-एक टिम सहभागी भएको यस प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले शिाल्ड, मेडल, प्रमाणपत्र तथा नगद रु.५०,०००/-, द्वितीय हुनेले मेडल, प्रमाणपत्र र नगद रु.३०,०००, तृतीय स्थान हासिल गर्ने टोलिले मेडल, प्रमाणपत्र तथा नगद रु.२०,००० तथा सान्त्वना स्थान प्राप्त गर्ने टोलीले प्रमाणपत्र तथा नगद रु.१०,०००/- प्राप्त गर्नेछन्।

02/03/2023
२०७९ फागुन १४।सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेशको आयोजना तथा रैनादेवी छहरा गाउँपालिकाको समन्वयमा छुवाछुत जस्ता सा...
26/02/2023

२०७९ फागुन १४।
सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेशको आयोजना तथा रैनादेवी छहरा गाउँपालिकाको समन्वयमा छुवाछुत जस्ता सामाजिक विभेद विरुद्धको एक दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ।
गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समिति सदस्य विष्णु घिमिरेको विशिष्ट आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, वडाध्यक्षहरू तथा कार्यपालिका सदस्यहरू साथै सरोकारवाला अन्य व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयकी महाशाखा प्रमुख शारदा बस्यालले प्रशिक्षण दिनुभएको थियो।

सार्वजनिक विदा सम्बन्धी सूचना!
24/02/2023

सार्वजनिक विदा सम्बन्धी सूचना!

फागुन १०, २०७९रैनादेवी छहरा गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयमा नेपाली सेनाका पूर्व जर्नेल श्री यादव बहादुर रायमाझी...
22/02/2023

फागुन १०, २०७९
रैनादेवी छहरा गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयमा नेपाली सेनाका पूर्व जर्नेल श्री यादव बहादुर रायमाझी र नेपाली काँग्रेस पाल्पाका उपसभापति श्री झपेन्द्र गहिरेलाई स्वागत गर्नुहुँदै अध्यक्ष रुक्माङ्गत भट्टराई।

उद्यमीहरूबाट प्रविधि मागको प्रस्तावना आह्वान सम्बन्धी घरेलु तथा साना उद्योग कार्यालय, पाल्पाको अत्यन्त जरुरी सूचना
16/02/2023

उद्यमीहरूबाट प्रविधि मागको प्रस्तावना आह्वान सम्बन्धी घरेलु तथा साना उद्योग कार्यालय, पाल्पाको अत्यन्त जरुरी सूचना

16/02/2023
२०७९ फागुन २,लुम्बिनी प्रदेश स्थापना दिवस, २०७९ मनाउने सन्दर्भमा आज गाउँपालिका अध्यक्ष रु्कमाङ्गत भट्टराई, उपाध्यक्ष युव...
14/02/2023

२०७९ फागुन २,
लुम्बिनी प्रदेश स्थापना दिवस, २०७९ मनाउने सन्दर्भमा आज गाउँपालिका अध्यक्ष रु्कमाङ्गत भट्टराई, उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु सहित कर्मचारीहरूको सहभागीतामा कार्यालय परिसर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

12/02/2023
२७ माघ २०७९,पाल्पा जिल्ला अदालतका माननीय न्यायाधिश श्री कमलराज विष्ट नेतृत्वको टोलीले रैनादेवी छहरा गाउँपालिकाको न्यायिक...
10/02/2023

२७ माघ २०७९,
पाल्पा जिल्ला अदालतका माननीय न्यायाधिश श्री कमलराज विष्ट नेतृत्वको टोलीले रैनादेवी छहरा गाउँपालिकाको न्यायिक समितिबाट सम्पादन भएका कार्यहरूको अनुुगमन गर्नुभयो र न्यायिक समिति प्रभावकारी बनाउने सम्बन्धमा सल्लाह, सुझाव दिनुभयो।

२६ माघ २०७९,चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियो‍गिता, २०७९ आज सम्पन्न भएको छ। विभिन्न १२ विधामा खेलहरू सञ्चालन गरिएकोमा १...
09/02/2023

२६ माघ २०७९,
चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियो‍गिता, २०७९ आज सम्पन्न भएको छ। विभिन्न १२ विधामा खेलहरू सञ्चालन गरिएकोमा १० स्वर्ण पदक सहित कुल जम्मा ३६ अङ्क प्राप्त गरेर भैरव नवदीप मा.वि. प्रथम, वेदवेदाङ्ग संस्कृत तथा साधारण मा.वि. ५ स्वर्ण सहित जम्मा २७ जम्मा अङ्क प्राप्त गरेर द्वितीय र महाकाली मा.वि.ले ३ स्वर्ण सहित २१ जम्मा अङ्क प्राप्त गर्दै तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

यस प्रतियोगितामा छनौट भएका खेलाडीहरू रैनादेवी छहरा गाउँपालिकाको प्रतिनिधित्व गर्दै पाल्पा जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेछन्। विजेता खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, शिक्षा समिति सदस्य नल बहादुर राना र कार्यपालिका सदस्य महेश बरालले मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

समापन कार्यक्रमको अध्यक्षता गर्नुभएका गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले सहभागी सम्पूर्ण विद्यालय तथा खेलाडीहरूलाई धन्यवाद दिँदै छनौट भएका खेलाडिहरूलाई जिल्लास्तरिय प्रतियोगिताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

रैनादेबी छहराको सत्यवतीमा प्रजनन स्वास्थ्य सम्बन्धि शिविर १ सय ५० जनाले लिए सेवा
09/02/2023
रैनादेबी छहराको सत्यवतीमा प्रजनन स्वास्थ्य सम्बन्धि शिविर १ सय ५० जनाले लिए सेवा

रैनादेबी छहराको सत्यवतीमा प्रजनन स्वास्थ्य सम्बन्धि शिविर १ सय ५० जनाले लिए सेवा

रैनादेबी छहराको सत्यवतीमा प्रजनन स्वास्थ्य सम्बन्धि शिविर १ सय ५० जनाले लिए सेवा

भुवनपोखरीमा क्षयरोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न
09/02/2023
भुवनपोखरीमा क्षयरोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न

भुवनपोखरीमा क्षयरोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न

  पाल्पाको रैनादेवी छहरा ३ भुवनपोखरीमा क्षयरोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविरबाट ९० भन्दा बिरामी

२५ माघ २०७९, सत्यवती।रैनादेवी छहरा गाउँपालिकाको आयोजना तथा परिवार नियोजन सङ्घ, पाल्पाको प्राविधिक सहयोगमा आज ८ नं वडा स्...
08/02/2023

२५ माघ २०७९, सत्यवती।
रैनादेवी छहरा गाउँपालिकाको आयोजना तथा परिवार नियोजन सङ्घ, पाल्पाको प्राविधिक सहयोगमा आज ८ नं वडा स्थित स्वास्थ्य चौकीमा प्रजनन् स्वास्थ्य रुग्णताको स्क्रिनिङ (VIA) परीक्षण र इम्प्लान्ट/IUCD सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

स्वास्थ्य शिविरमा १४२ VIA जाँच, ८ जनाले भ्यासेक्टोमी, ७० जनाले इम्प्लान्ट, १ जनाले IUCD गरी जम्मा १५० जनाले सेवा प्राप्त गर्नुभएको छ ।

07/02/2023
२३ माघ २०७९।रैनादेवी छहरा गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०७९ सुरु भएको छ। प्रतियोगिता माघ २५ गते ...
06/02/2023

२३ माघ २०७९।
रैनादेवी छहरा गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०७९ सुरु भएको छ। प्रतियोगिता माघ २५ गते सम्म चल्नेछ।

आज लुम्बिनी प्रदेश सभाका सभामुख माननीय तुलाराम घर्ति मगरको प्रमुख आतिथ्यता, गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, प्रवक्ता देवेन्द्र पुनको विशिष्ट आतिथ्यता लगायत अन्य जनप्रतिनिधि, कर्मचारीहरू, शिक्षकहरूको उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

२३ माघ २०७९।लुम्बिनी प्रदेश सभाका सभामुख माननीय तुलाराम घर्ति मगरज्यूलाई रैनादेवी छहरा गाउँपालिका, गाउँकार्यपालिकाको कार...
06/02/2023

२३ माघ २०७९।
लुम्बिनी प्रदेश सभाका सभामुख माननीय तुलाराम घर्ति मगरज्यूलाई रैनादेवी छहरा गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयमा स्वागत कार्यक्रम।

२२ माघ २०७९।८ नं वडा, सत्यवतीमा प्रजनन् स्वास्थ्य रुग्णताको स्क्रिनिङ (VIA) परिक्षण र इम्प्लान्ट सेवा सम्बन्धी १ दिने अभ...
05/02/2023

२२ माघ २०७९।
८ नं वडा, सत्यवतीमा प्रजनन् स्वास्थ्य रुग्णताको स्क्रिनिङ (VIA) परिक्षण र इम्प्लान्ट सेवा सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको छ। ६, ७ र ८ नं वडाका बासिन्दाहरूलाई लक्षित गरी माघ २५ गते सञ्चालन हुन गईरहेको परिवार नियोजन शिविर तथा VIA जाँच सम्बन्धी शिविरको तयारीका लागि स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले कार्यक्रम उद्घाटन गर्नुभएको थियो। कार्यक्रम ८ नं वडाध्यक्ष रेम बहादुर रानाको अध्यक्षता, प्रवक्ता देवेन्द्र पुनको विशिष्ट आतिथ्यता, कार्यपालिका सदस्यद्वय कविता खनाल र सुकमाया वि.क., वडा सदस्यहरू, स्वास्थ्य शाखा प्रमुख जिबन राना लगायतको उपस्थितिमा सञ्चालन भएको थियो।

कार्यक्रममा मेडिकल अधिकृत डा. शिशिर कुमार पटेलले अभिमुखिकरण प्रदान गर्नुभएको थियो र कार्यक्रम सञ्चालन सत्यवती स्वास्थ्य चौकी प्रमुख मनोज रानाले गर्नुभएको थियो।

२२ माघ २०७९।रैनादेवी छहरा गाउँपालिका, ७ नं वडामा रहेको अत्यन्तै सम्भावना  बोकेको पर्यटकीय स्थल  जलुके झरना क्षेत्रमा भईर...
05/02/2023

२२ माघ २०७९।
रैनादेवी छहरा गाउँपालिका, ७ नं वडामा रहेको अत्यन्तै सम्भावना बोकेको पर्यटकीय स्थल जलुके झरना क्षेत्रमा भईरहेको निर्माण कार्यको अवलोकनका क्रममा गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई ।

उक्त क्षेत्रको व्यवस्थापन तथा प्रवर्धनका लागि गाउँपालिका र प्रदेशबाट बजेट बिनियोजन भई योजना कार्यान्वयनको चरणमा रहेको छ।

01/02/2023
01/02/2023
01/02/2023
कागती खेती क्षेत्र बिस्तार कार्यक्रम सम्बन्धी सूचना
30/01/2023

कागती खेती क्षेत्र बिस्तार कार्यक्रम सम्बन्धी सूचना

24/01/2023
परीक्षा सम्बन्धी सूचना!!!
20/01/2023

परीक्षा सम्बन्धी सूचना!!!

२०७९ माघ ४ गते।रैनादेवी छहरा गाउँपालिकाको गाउँसभाको १३औँ अधिवेशन आज तेस्रो बैठकका साथ सम्पन्न भएको छ। बैठकको समापनका क्र...
18/01/2023

२०७९ माघ ४ गते।
रैनादेवी छहरा गाउँपालिकाको गाउँसभाको १३औँ अधिवेशन आज तेस्रो बैठकका साथ सम्पन्न भएको छ। बैठकको समापनका क्रममा सभाध्यक्ष रुक्माङ्गत भट्टराईले गाउँपालिकाको कार्य प्रगति तथा सम्पादित मुख्य कार्यहरूबारे सभा सदस्यहरूलाई जानकारी गराउनुभएको थियो।

सभाले सम्पूर्ण गाउँपालिकाबासीहरूलाई स्वच्छ खानेपानी उपलब्ध गराउने सम्बन्धमा सङ्कल्प प्रस्ताव पारित गरेको छ। यस १३औँ अधिवेशनबाट वन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र खानेपानी तथा सरसफाइ र स्वचछता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएका छन् साथै
विषयगत समितिहरूका प्रतिवेदन तथा समसामयिक विषयहरूमा छलफल भएको छ।

रैनादेवी छहरा - ८, खुर्सानेमा भएको बस दुर्घटनामा ज्यान गुमाउने मृतकका परिवारलाई गाउँपालिकाले सहयोग प्रदान गरेको छ।
15/01/2023
खुर्साने बस दुर्घटनामा मृत्यु भएका परिवारलाई रैनादेवी छहराको सहयोग

रैनादेवी छहरा - ८, खुर्सानेमा भएको बस दुर्घटनामा ज्यान गुमाउने मृतकका परिवारलाई गाउँपालिकाले सहयोग प्रदान गरेको छ।

भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा सरकारले खुर्साने बस दुर्घटनामा मृत्यु भएका परिवारलाई राहत उपलब्ध

Address

Chhahara Bazar
Palpa
32500

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30

Telephone

+97775692343

Alerts

Be the first to know and let us send you an email when Rainadevi Chhahara Rural Municipality रैनादेवी छहरा ग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rainadevi Chhahara Rural Municipality रैनादेवी छहरा ग:

Videos


Comments

भौतिक पूर्वाधार विकाससँगै जिवनशैली स्वच्छ र सुरक्षित बनाउन : अध्यक्ष कार्की
रैनादेवी छहरा गाउँ पालिका का युवा ले कृषि क्रान्ति गर्दै
://youtu.be/uXiI2N0Fg-I
😭😭😭🙏 plz yuha Haru ko aatma le Sant paush🙏
कुरिलो ब्याड
2 लाख दिप जलाऐ पछी केही दीनमै त्यो स्थानमा यसरी सेस नाग भेटीयो सोयम शिव पार्वती https://youtu.be/jgLY3fSh35s बाश गर्यो जस्ले सेयर ऊस्को भाग्य चम्किन्छ
गर्भवती हरियो झण्डा तथा पोषण कार्यक्रम २०७६ को १ दिने परिचयात्मक कार्यक्रम आज मुझुङ स्वास्थ्य चौकी पाल्पा मा।
Padhera sath dinu hola
Soch navayeko gaupalika
Kehee new soch navayeko gaupalika sayad hamrai matra ho jaha charam rajnitik vedbhab dekhiyeko xa .
x

Other Government Organizations in Palpa (show all)

Snrtp-Palpa Shringa PHC Palpa Hospital Palpa Durbar Museum District Administration Office, Palpa खानेपानी तथा सरसफाइ डिभिजन का नापी कार्यालय, पाल्पा तानसेन नगरपालिका, पाल्पा - Tansen muni Road Division, Palpa Kaligandaki Gaunpalika Syangja कालीगण्डकी गाउँपालिका विर्घा प्रदेश सभा सचिवालय, लुम्बिनी प Butwal Sub-Metropolitan City, 15 No. Ward Office, Rupandehi PHEOC_Lumbini Napi Office Butwal