
28/09/2023
लायन्स क्लब अफ श्रीनगरको आयोजनामा माउण्ट भ्याली स्कूलमा आज सम्पन्न Peace Poster Compitition मा रिभर भ्याली स्कुलकी छात्रा रेखा दर्लामी प्रथम स्थान प्राप्त गर्न सफल भएकोमा रेखा दर्लामीलाई हार्दिक बधाई छ । आगामी यात्रा सफल होस शुभकामना !
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RIVER VALLEY SCHOOL, Tansen, Palpa.
लायन्स क्लब अफ श्रीनगरको आयोजनामा माउण्ट भ्याली स्कूलमा आज सम्पन्न Peace Poster Compitition मा रिभर भ्याली स्कुलकी छात्रा रेखा दर्लामी प्रथम स्थान प्राप्त गर्न सफल भएकोमा रेखा दर्लामीलाई हार्दिक बधाई छ । आगामी यात्रा सफल होस शुभकामना !
भावपूर्ण श्रद्धाञ्जली
यस रिभरभ्याली इङ्लिस सेकेण्डरी स्कुलका संस्थापक प्रिन्सिपल आदरणीय खुमलाल भट्टराईको २०८० आश्विन ९ गते राती १ बजे हृदयघातका कारण भएको असामयिक निधनले यस विद्यालय परिवार स्तब्ध एवं मर्माहत भएको छ ।अत्यन्तै सरल शालिन शैक्षिक व्यक्तित्व खुमलाल सरको ५४ वर्षको अल्पायुमै भएको यस दुखद् निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै विद्यालय परिवार शोक सन्तप्त उहाँकी धर्म पत्नी माया म्याडम ,आमा बुबा,भाइ,छोरी शृष्टी र सन्ध्या लगायत सम्पूर्ण परिवारमा शोकलाई सहन गर्न सक्ने क्षमता प्राप्तिको कामना गर्दै समवेदना प्रकट गर्दछौं ।साथै खुमलाल सरको अमर आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
Attending 8th SQC Shreenagar Hub Convention at Palpa Paragon School,Tansen.
Students' participating in Case study presentation, Panel Discussion & different competitive events. Thank you so much all our dear students and congratulations for your performance.
Congratulations to the following participants for the different events:
1) Anubhav Adhikari -3rd (Quiz)
2)Malina Singjali -3rd (story forming)
3) Smarika Khamcha -3rd (Collage)
Congratulations Everyone. Congratulations RIVER VALLIANS👏
आज आश्विन ६ गते
नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा,मणीमुकुन्द उपशाखा, भीम भैरव उपशाखा र गौतमबुद्ध उपशाखाको आयोजनामा प प न मा वि तानसेनमा सम्पन्न
तानसेन नगरपलिका स्तरीय प्रथम युवा रेडक्रस तथा जुनियर रेडक्रस सर्कल गोष्टीमा यस रिभर भ्याली से स्कुलबाट सहभागी शिक्षक नायक जीवन रायमाझी र यु रे स सभापति स्मारिका खाम्चा प्रमाण पत्र ग्रहण गर्दै । कार्यक्रम भब्य रुपमा सम्पन्न गर्नुहुने उपशाखा र संयोजन गर्नुहुने प प न मावि यु रे सलाई विशेष धन्यवाद दिन चाहन्छौं
सहारा कला केन्द्रको आयोजनामा आज सम्पन्न Palpa Little Star 2080 (Season 3) Grand final मा यस रिभर भ्याली ई सेकेण्डरी स्कुलमा अध्ययनरत छात्र स्नेह चिदीले प्रथम स्थान प्राप्त गर्न सफल भएकोमा विद्यालय परिवार आभार प्रकट गर्दै हार्दिक बधाई ज्ञापन गर्दछौं । यस खुशीको क्षणमा नानीको अभिरुचीलाई साकार पारिदिनुहुने अभिभावक ज्यु प्रति आभार प्रकट गर्दछौं ।
रिभर भ्याली स्कुलले आज ऋषितर्पणी तथा रक्षाबन्धनका अबसरमा विद्यार्थीहरुलाई शुभकामनाका साथै यसको साँस्कृतिक महत्वका बारेमा जानकारी दिदै रक्षबन्धन विशेष कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रमको विशेष व्यबस्थापन गर्नुहुने मिस म्याडमहरुलाई विशेष धन्यवाद दिन चाहन्छौं । विद्यार्थीहरुलाई हाम्रो मौलिक साँस्कृति चाडपर्व र रीतिरीवाजका बारेमा व्यबहारिक ज्ञान दिंदै उनीहरुलाई सक्षम बनाउन यस कार्यक्रम फलदायी भएको महशुस गरिएको छ ।
यस विद्यालयबाट शिक्षा दीक्षा प्राप्त गरी स्वदेश तथा विदेशका विभिन्न क्षेत्रमा कार्यरत हाम्रा विद्यार्थी बाबुनानीहरु लाई यहाँहरुको सुखद र सफल जीवनको हार्दिक शुभकामना छ ! शैक्षिक मार्ग सफल फराकिलो बन्दै जावस , कार्यक्षमता र दक्षता बढदै जावस , मान सम्मान र प्रतिष्ठा स्थापितहोस हार्दिक शुभकामना !
आज आषाढ पन्ध्र , २० अौं राष्ट्रिय धान दिवस! यस अबसरमा नेपाली कृषक दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक शुभकामना ! समयमै धान रोपी धान उत्पादनमा बृद्धी गर्न सकौं धानमा आत्म निर्भर बन्ने अभियानमा लागौं !
स्वागत कार्यक्रम सम्पन्न
रिभरभ्याली सेकेण्डरी स्कुल तानसेन ९ दमकडाले २०८० जेष्ठ १९ गते शुक्रबारका दिन नव आगन्तुक विद्यार्थी, शिक्षक र अभिभावक स्वागत कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य श्री हरिसुमर रेग्मीको अ्ध्यक्षता,प्याब्सन केन्द्रिय सदस्य श्री भरतप्रसाद न्यौपानेको प्रमुख आतिथ्य र शिक्षक श्री सीता देवकोटाको संचालनमा भएको उक्त कार्यक्रमा प्रिन्सीपल श्री मिनप्रसाद बन्जाडेबाट विद्यालयले बनाएका वार्षिक योजना , योजना सफल पार्न सरोकारवालाको भुमिका र दायित्वका बारेमा आफ्नो भनाइ राख्नु भएको थियो । विद्यार्थीहरुको स्वागत गीतबाट शुरुभएको कार्यक्रममा नव आगन्तुक विद्यार्थी , शिक्षक र अभिभावकलाई स्वागत गरिएको थियो ।नव आगन्तुक अभिभावक श्री पुष्पा पाण्डे ,वि व्य स सदस्य श्री सन्तोष कुमार अर्याल,शिक्षक अभिभावक समितिका अध्यक्ष श्री जगतबहादुर थापा ,सदस्य रिता भट्टराईले विद्यालयले स्थापनाकाल देखि यस क्षेत्र र पाल्पाको शिक्षा विकासमा खेलेको भुमिका प्रशंसनीय छ । आजसम्म प्राप्त उपलब्धीलाई हेर्दा हामी यस रिभरभ्यालीका विद्यार्थी हौं, अभिभावक हौं र शिक्षक हौं भन्दा गौरव अनुभुति हुन्छ । विद्यालय युग सुहाउदो शैक्षिक यात्रामा अघि बढनेछ , व्यबहारिक र संस्कार सहितको शिक्षा दिन अभिभावक ज्युहरुको साथ सहयोग चाहिने अहिलेको आबस्यकता महशुस भएको समेत बताउनु भयो । साथमा कक्षा नर्सरी देखि १० सम्मका विद्यार्थीहरुबाट कक्षागत नृत्य प्रस्तुत गरिएको थियो ।
14th NSKA International karate Championship 2023
मा 20 kg समुह तर्फ प्रथम स्थान प्राप्त गर्न सफल यस रिभरभ्याली ईङ्लिस सेकेण्डरी स्कुल तानसेन ९ दमकडाका छात्र रजनिश विकलले अन्तर्राष्ट्रिय स्तरको उपाधी जित्न सफल भइ आफ्नो ,विद्यालयको , जिल्ला र राष्ट्रको कीर्तिमान राख्न सफल भएकोमा विद्यालयको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौं । आगामी दिनमा अझ बढी उपलब्धी हासिलहोस शुभकामना ! साथै प्रशिक्षक ज्युलाई विशेष अन्यवाद दिन चाहन्छौं ।
हार्दिक शुभकामना
आज मे ८ विश्व रेडक्रस दिवस, यस अबसरमा सम्पुर्ण रेडक्रस कर्मी स्वयंसेवीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । रेडक्रसका सात आधारभुत सिद्दान्तको पालना गर्दैआफुलाई मानवीय सेवामा निरन्तर लागीरहने प्रेरणा जागृतहोस भन्ने कामना गर्दछु ।
मिनप्रसाद बञ्जाडे
निवर्तमान सभापति
माण्डव्य उपशाखा
पाल्पा उद्योग वाणिज्य संघको आयोजना तानसेनमा भइरहेको पाल्पा महोत्सव अन्तर्गत हिजो भएको लोक नृत्य प्रतियोगितामा यस रिभरभ्याली ईङ्गलिस सेकेण्डरी स्कुलका नृत्यकलाकारहरुले द्वितीय स्थान प्राप्त गर्न सफल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं । साथै साँस्कृतिक कार्यक्रम संयोजकलाई विशेष धन्यवाद दिन चाहन्छौं ।
प्रिन्सील
तथा विद्यालय परिवार
शैक्षिक शत्र २०७९ को वार्षिक परीक्षाफल प्रकाशन कार्यक्रम
सम्पन्न। वार्षिक परीक्षामा उत्कृष्ट जि पि ए सहित उत्तीर्ण सबै विद्यार्थीहरुलाई हार्दिक बधाई ! आगामी शैक्षिक शत्रमा उत्कृष्ट नतीजा प्राप्तिका लागी लगनशील भएर पढने उत्प्रेरणा जागोस हार्दिक शुभकामना !!
माध्यमिक शिक्षा परीक्षा SEE 2079 मा यस विद्यालयबाट सहभागी विद्यार्थीहरुलाई कक्षा ९ का विद्यार्थीहरुको आयोजनामा शुभकामना कार्यक्रम
प्याब्सन पाल्पाको आयोजनामा आज सम्पन्न हाजिरीजवाफ प्रतियोगिता (कक्षा ६-९ सम्म) र चित्रकला प्रतियोगिता (कक्षा १-५) यस रिभर भ्याली स्कुलबाट सहभागी भई हाजिरी जवाफ तर्फ द्वितीय स्थान ल्याउने अनुभव अधिकारी,प्रवेश बस्याल र मलिना सिंजाली त्यसै गरी चित्रकला तर्फ सान्त्वना स्थान ल्याउने रेखा दर्लामीलाई हार्दिक बधाई छ । आगामी दिन अझ बढी उपलब्धीमुलक रहोस शुभकामना ।
श्रीपञ्चमी तथा बसन्त पञ्चमीका अबसरमा आज विद्यालयमा आयोजित सरस्वती पूजा तथा स-साना बाबुनानीहरुलाई अक्षरारम्भ गराउने काम सम्पन्न । अभिभावक ज्युहरुको उत्साहप्रद उपश्थितिमा ३५ जना बाबुनानीहरुलाई आजको शुभदिनमा पण्डित ज्युबाट स्वस्तिबाचन सहित गुरुजनबाट अक्षरारम्भ गराइयो ।
टाईफाइड रोग विरुद्धको खोप कार्यक्रम :
रिभर भ्याली रेडक्रस सर्कलको आयोजनामा सचेतना
(orientation)कार्यक्रमका साथै कक्षागत रुपमा उही उमेर समूहका विद्यार्थीहरु बिच Knowledge test programme आज (चैत्र १८ गते शुक्रबार ) अत्यन्तै भव्य रुपमा सम्पन्न भयो।
कार्यक्रमको आयोजना गर्ने River Valley RedCross Circle का बाबू-नानीहरू सँगै सहयोग गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार।🙏
#संस्कारयुक्तशिक्षा
#व्यावहारिकशिक्षा
#समयानुकूलशिक्षा
मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भई लामो समय देखि उपचारार्थ रहनुभएका दिपक अर्यालको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै निजको आफन्त(कृष्ण खत्रीज्यू)लाई यस विद्यालयको जुनियर/युवा रेडक्रस सर्कलले विभिन्न अवसरहरूमा शिक्षक तथा विद्यार्थीहरूबाट संकलन गरेको रकमबाट रू ३५००/-(तीन हजार पाँच सय रूपैयाँ) हस्तान्तरण गरियो।
साथै निजको थप उपचारमा सहयोग पुर्याईदिनुहुन सामाजिक अगुवाहरू,विभिन्न संघ संस्थाहरू,जनप्रतिनिधिहरू,स्थानीय/प्रादेशिक/संघीय सरकार लगाएत सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं।
#संस्कारयुक्तशिक्षा
#व्यावहारिकशिक्षा
आज (चैत्र ११ गते शुक्रबार )हाम्रो यस विद्यालयमा कक्षा ७ देखि ९ सम्म अध्ययनरत हाम्रा बाबू-नानीहरुको क्लब (ECO Club)ले अत्यन्तै महत्त्वपूर्ण कार्यक्रमहरुको आयोजना गरी भव्य रुपमा सम्पन्न गरेको छ।
कार्यक्रमको आयोजना गर्ने ECO Clubका बाबू-नानीहरू सँगै सहयोग गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार।🙏
#संस्कारयुक्तशिक्षा
#व्यावहारिकशिक्षा
#समयानुकूलशिक्षा
Glimpses of various programs organized on the occasion of Phagu Purnima (Holi Festival).
Date:2078/12/04
#संस्कारयुक्तशिक्षा
#व्यावहारिकशिक्षा
#समयानुकूलशिक्षा
Celebrating HOLI with students...
हार्दिक शुभकामना !
भोलि फागु पूर्णिमा(होली पर्व) अर्थात रङ्गहरुको उत्सव सबै धर्मावलम्बी र जातजातिको साझा पर्व यस विशेष पर्वले तपाईं हामी सबैका रङ्गीन सपनाहरु साकार हुन् सबैमा हार्दिक शुभकामना। 🙏
यस रिभर भ्याली परीक्षा केन्द्रमा संचालित SEE Pre-Board Examination : 2078 परीक्षा अत्यन्तै व्यवस्थितका सााथै मर्यादित तवरले सम्पन्न भएको छ । सम्पन्न गर्नमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुहुने केन्द्राध्यक्ष, निरीक्षकहरु, विभिन्न विद्यालयका प्रिन्सिपलज्यूहरु प्याब्सन केन्द्र,प्रदेश र जिल्ला लगायत सम्पूर्णमा आभार व्यक्त गर्दै परीक्षार्थीहरुमा सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
अतिरिक्त क्रियाकलाप अन्तरगत साप्ताहिक रुपमा संचालित "Inter house spelling contest " भव्य रुपमा सम्पन्न। उत्कृष्टता हासिल गर्न सफल विद्यार्थी भाइ-बहिनीहरुलाई हार्दिक बधाई साथै कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण प्रति हार्दिक आभार...
#संस्कारयुक्तशिक्षा
#व्यावहारिकशिक्षा
#समयानुकूलशिक्षा
११२औं अन्तर्राष्ट्रिय नारी दिवस विविध रचनात्मक कार्यक्रमहरु गरी मनाइयो।
२०७८ फागुन २४ (मार्च ८)
#वक्तृत्वकला_प्रतियोगिता
#निबन्ध_प्रतियोगिता
#हाजिरीजवाफ_प्रतियोगिता
कार्यक्रमहरुका केही झलकहरु...
हार्दिक शुभकामना !
"Gender equality today for tha sustainable tomorrow" भन्ने नाराका साथ आज फागुन २४(मार्च ८) गते मनाउन लागिएको ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सुन्दरता अनि समानता दुवैको समानान्तर लहरहरु बढ्दै जाउन् समग्र नारी स्वरूपलाई नारी दिवसको हार्दिक शुभकामना।
"नारी पुरुप सराबरी,सधैं भरि बराबरी
जय नारी 🙏
हार्दिक शुभकामना!
आज फाल्गुन(१९ गते)शुक्ल प्रतिपदा प्रकृति,मानवता अनि शान्तिको कामना गर्दै हर्षोल्लासका साथ विशेष गरी हिमाली र उच्च पहाडी भु-भागमा बसोबास गर्ने वौद्धमार्गी (शेर्पा,तामाङ्,गुरुङ आदि) समुदायले मनाउने विशेष पर्व ग्याल्पो ल्होसारको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना ।🙏
हर हर महादेव ! ॐ नम: शिवाय !!
महाशिवरात्रि २०७८ को पावन अवसरमा सबैमा शिवत्वको आत्मसात गर्ने उर्जा मिलोस् साथै रिस,राग अनि अहङ्कारको अन्त्य गरी जिवनको साचो पथ तर्फ अगाडि बढ्न ज्ञान(शक्ति) प्राप्त होस् आशुतोष भगवानसंग प्रार्थना गर्दछौं ।
सम्पूर्णमा महाशिवरात्रिको हार्दिक शुभकामना।
मगर दिवसको अवसरमा भाषा,कला,संस्कृतिको संरक्षणसँगै सामाजिक एकता कायम गर्नमा सफलता मिलोस् सम्पूर्णमा मगर दिवसको हार्दिक शुभकामना।
हार्दिक श्रद्धासुमन।
हाम्रो यस विद्यालयका शुभेच्छुक एवं शुभचिन्तक तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)पाल्पाका अध्यक्ष श्री खिमानन्द पाण्डे (कमल)ज्यूका सुपुत्र सरोज पाण्डेको यही मिति २०७८ फागुन १२ गतेका दिन भएको असामयिक निधनको खबरले अत्यन्त मर्माहत भएकाछौँ, विश्वासनै गर्न गाह्रो भएको छ.... नि:शब्द छौँ।
यस दुखद् घडीमा अमर आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना अर्पण गर्दछौं ।
रिभर भ्याली इङ्गलिश सेकेण्डरी स्कुल
तानसेन-९ पाल्पा परिवार ।
Tansen
Palpa
9
Monday | 10:00 - 16:00 |
Tuesday | 10:00 - 16:00 |
Wednesday | 10:00 - 16:00 |
Thursday | 10:00 - 16:00 |
Friday | 10:00 - 16:00 |
Sunday | 10:00 - 16:00 |
Be the first to know and let us send you an email when RIVER VALLEY SCHOOL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Send a message to RIVER VALLEY SCHOOL:
Rainadevi Chhahara Rural Municipality रैनादे
Chhahara BazarPalpa Tudikhel पाल्पा टुडिखेल नेपाल
पाल्पाटुडिखेलRibdikot Rural Municipality रिब्दीकोट गाउँपा
Khasyauli Palpaश्री कालिका देवि शान्ती धाम ,मुझुङ पाल्पा
मुझुङ पाल्पा