Area Police Office, Huwas

Call Contact the organization

Area Police Office, Huwas Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Area Police Office, Huwas, Government Organization, Paiyun/04, Huwas Parbat, Parbat.

यो इलाका प्रहरी कार्यालय हुवास, पर्वतको आधिकारिक फेसबुक पेज हो । यो पेज अपराधको रिपोर्ट गर्नको लागि होईन । आवश्यक जानकारी तथा आकस्मिक सहायताको लागि नजिकको प्रहरी कार्यालय वा १०० वा ९८५७६९०२०० मा सम्पर्क गर्नुहोला ।

यात्रु सहायता कक्ष (Passenger Help Desk) स्थापना सम्पन्न । (हुवास, पर्वत ।) --------------------------------------------...
07/10/2026

यात्रु सहायता कक्ष (Passenger Help Desk) स्थापना सम्पन्न ।
(हुवास, पर्वत ।)
----------------------------------------------------------
आउँदै गरेको बिजयादशमी, शुभ दिपावली, छठपर्वलाई लक्षित गरी यस इलाका प्रहरी कार्यालय हुवास पर्वत तथा अस्थायी ट्राफिक प्रहरी पोष्ट हुवास पर्वतको संयुक्त आयोजनामा आज मिति २०८३।०६।२१ गते जिल्ला पर्वत पैंयूँ गाउँपालिका वडा नं.०४ हुवास स्थित हातेमालोचोकमा इलाका प्रहरी कार्यालय हुवास पर्वतका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुदिप भण्डारी ज्यूको अध्यक्षतामा, पैयूँ गाउँपालिकाका उपाध्यक्ष याम कुमारी राना ज्यूको प्रमुख अतिथ्यता, पैयूँ गाउँपालिका वडा नं. ०४ का वडा अध्यक्ष टुकलाल न्यौपाने, पैयूँ गाउँपालिका वडा नं. ०१ का वडा अध्यक्ष मिन प्रसाद न्यौपाने, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष लाल बहादुर प्रधान, यातयात व्यवसायी, चालक, सहचालक, स्थानीय सर्वसाधारण, समाजसेवी, युवाक्लव सदस्यहरु उपस्थितिमा ‍यात्रुहरुको गुनासो सुनुवाई गरी यात्रुहरुलाई सहजीकरणको लागी यात्रु सहायता कक्ष “ Passenger Help Desk” स्थापना गरी संचालनमा ल्याईएको ।

06/10/2026

सचेत बनौँ, ठगीबाट बचौँ !
बिधुतीय ठगीबाट वेलैमा आफू पनि बचौँ, आफन्तलाई पनि सजग गराऔँ !
२० असोज २०८३ । (पर्वत)
========================================

लागू औषध दुर्व्यसनी न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न ।(हुवास, पर्वत ) ************ आज मिति २०८३।०६।१५ गते...
01/10/2026

लागू औषध दुर्व्यसनी न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न ।
(हुवास, पर्वत )
************
आज मिति २०८३।०६।१५ गते जिल्ला पर्वत पैंयूँ गाउँपालिका वडा नं. ०३ बेउलीबास स्थित श्री पालुस्थान माध्यमिक बिद्यालयमा, ऐ. बिद्यालयमा कक्षा ८, ९ र १० मा अध्यनरत बिद्यार्थीहरु, शिक्षक, समेत गरी जम्मा ७५ जनाको उपस्थितिमा यस कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक सुरेश पन्थीद्वारा लागूऔषध दुर्व्यसनी न्यूनिकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरियो । See less

बाढी/ पहिरो उद्दार तथा व्यवस्थापन कार्य सम्पन्न।    २०८३  असोज ११ गते । ( हुवास, पर्वत )********************************...
27/09/2026

बाढी/ पहिरो उद्दार तथा व्यवस्थापन कार्य सम्पन्न।
२०८३ असोज ११ गते । ( हुवास, पर्वत )
*****************************************************
मिति २०८३।०६।०९ गते देखी परेको अबिरल बर्षातका कारण आज मिति २०८३।०६।११ गते बिहान अन्दाजी ४:३० बजेको समयमा जिल्ला पर्वत पैयूँ गाउँपालिका वडा नं. ०४ स्थित खर्क बस्ने लिल बहादुर बि.क. को घर माथिबाट आएको पहिरो कारण घर जोखिम रहेको भन्ने सुचना प्राप्त भए पश्चात तत्काल इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट उक्त स्थानामा प्रहरी टोली खटी गई घरमा भएका खाधान्न, लत्ताकपडा, पशुचौपाय र अन्य सम्पुर्ण सरसामानहरु, तथा घरमा बसोबास परिवार मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको दृष्य चित्रण ।

25/09/2026

तपाईको ConnectIPS खातालाई लिएर आउने अफवाहयुक्त मेसेजहरूमा दिईने Link (लिङ्क) हरूमा क्लिक नगर्नुहोस् ।

द्विविधा भएमा सम्बन्धित बैङ्क, वित्तीय संस्था वा ConnectIPS (Nepal Clearing House Limited - NCHL) लाई सम्पर्क गरौ ।

अनलाईन ठगीबाट बचौं ।

25/09/2026

साइबर ब्यूरोको अनुरोध !!
" free internet " का लोभलाग्दा ad (विज्ञापन) हरूको पछि लागेर शंकास्पद apps (apk फाईल) install नगर्नुहोस् ।

25/09/2026

कता कता ?scam गर्न खोजे जस्तो नि गर्छ ।

25/09/2026

सूचना ! सूचना !! सूचना !!!
२०८३ भदौ १७ गते । (पर्वत)
=================

घटनास्थलको सुरक्षा, अनुसन्धान तथा कारागार/हिरासत सुरक्षा व्यवस्थापन सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न   २०८३ भाद्र ३०...
15/09/2026

घटनास्थलको सुरक्षा, अनुसन्धान तथा कारागार/हिरासत सुरक्षा व्यवस्थापन सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न

२०८३ भाद्र ३० गते । ( हुवास, पर्वत )
*****************************************************
आज मिति २०८३।०५।३० गतेका दिन यस इलाका प्रहरी कार्यालय हुवास पर्वतमा यस कार्यालय तथा मातहत प्रहरी चौकी समेतहरुमा कार्यरत २२ जना प्रहरी कर्मचारीहरुको उपस्थितिमा कर्मचारीहरुको दक्षता अभिवृद्दी गर्ने उद्देश्यले यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुदिप भण्डारीद्वारा घटनास्थलको सुरक्षा तथा प्रारम्भिक अनुसन्धान र हिरासत/ कारागार सुरक्षा व्यवस्थापन सम्बन्धी अनुशिक्षण तालिम प्रशिक्षण सम्पन्न भएको छ ।

12/09/2026

NID वा e-KYC का नाममा आउने झूठा SMS प्रति सावधान !

Bank वा Wallet ले कहिल्यै पनि तपाईसँग OTP माग्दैन ।

Address

Paiyun/04, Huwas Parbat
Parbat

Telephone

+9779857690200

Website

Alerts

Be the first to know and let us send you an email when Area Police Office, Huwas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Area Police Office, Huwas:

Shortcuts

Share