Area Police Office, Huwas

Area Police Office, Huwas Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Area Police Office, Huwas, Government Organization, Paiyun/04, Huwas Parbat, Parbat.

यो इलाका प्रहरी कार्यालय हुवास, पर्वतको आधिकारिक फेसबुक पेज हो । यो पेज अपराधको रिपोर्ट गर्नको लागि होईन । आवश्यक जानकारी तथा आकस्मिक सहायताको लागि नजिकको प्रहरी कार्यालय वा १०० वा ९८५७६९०२०० मा सम्पर्क गर्नुहोला ।

लागूऔषध दुर्व्यसन न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न !२०८२ चैत्र २४ गते । ( हुवास, पर्वत )=================...
07/04/2026

लागूऔषध दुर्व्यसन न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न !
२०८२ चैत्र २४ गते । ( हुवास, पर्वत )
==================
मिति २०८२ चैत्र २४ गते तालुक जिल्ला प्रशासन कार्यालय पर्वत र तालुक जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना र इलाका प्रहरी कार्याल हुवासको समन्वयमा श्री पैयूँ गाउँपालिका कार्यालयको सभाहलमा सामुदायिक प्रहरी साझेदारी अन्तर्गत लागूऔषध दुर्व्यसन न्यूनिकरण युवा लक्षित कार्यक्रम संचालन भएको, उक्त कार्यक्रम तालुक जिल्ला प्रशासन कार्यालय पर्वतका प्रमुख जिल्ला अधिकारी श्री लक्ष्मी प्रसाद पौडेल ज्यूको अध्यक्षतामा तथा प्रमुख अतिथि पैयूँ गाउँपालिकाका अध्यक्ष श्री तोरण मल्ल ठकुरी ज्यू रहनु भएको, विशिष्ट अतिथिहरु पैयूँ गाउँपालिकाका उपाध्यक्ष श्री याम कुमारी राना ज्यू, तालुक जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी श्री गणेश प्रसाद पौडेल, तालुक जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक विजय यादव, अतिथिहरुमा इलाका प्रशासन कार्यालय हुवास पर्वतका कार्यालय प्रमुख अनिलराज कोइराला, पैयूँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन गैरे, इलाका प्रहरी कार्यालय हुवास पर्वतका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुदिप भण्डारी, पैयूँ गाउँपालिका वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, कार्यपालिकाका सदस्यहरु, बिभिन्न भद्रभलादमी, बुद्दीजिवी, शिक्षक, बिद्यार्थीहरु समेत गरी जम्मा ९३ जनाको उपस्थितीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागूऔषध दुर्व्यसन न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरियो । उक्त कार्यक्रममा तालुक जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी श्री गणेश प्रसाद पौडेल र तालुक जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक विजय यादव ज्यूले प्रशिक्षण तथा प्रमुख अतिथीहरुको आवश्यक सम्बोधन समेत भएको थियो साथै तालुक जिल्ला प्रशासन कार्यालय पर्वतका प्रमुख जिल्ला अधिकारी श्री लक्ष्मी प्रसाद पौडेल ज्यूले आवश्यक सम्बोधन गरी कार्यक्रमको आवश्यकताको बारेमा प्रस्ट्याउदै कार्यक्रम समापन गर्नु भएको थियो ।
#नेपालप्रहरी


निरीक्षण अनुगमन कार्यक्रम सम्पन्न, (हुवास पर्वत)    ***************************************         आज मिति २०८२।१२।२४ ब...
07/04/2026

निरीक्षण अनुगमन कार्यक्रम सम्पन्न, (हुवास पर्वत)
***************************************
आज मिति २०८२।१२।२४ बिहान ९ः०० बजेको समयमा तालुक जिल्ला प्रशासन कार्यालय पर्वतका प्रमुख जिल्ला अधिकारी श्री लक्ष्मी प्रसाद पौडेल ज्यू, तालुक जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी श्री गणेश प्रसाद पौडेल र तालुक जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख विजय यादव ज्यू सहितको टोली निरीक्षण तथा अनुगमनको सिलसिलामा यस कार्यालयमा पाल्नु भई यस कार्यालयका बिभिन्न शाखाहरु,ब्यारेक, हिरासत कक्ष लगायत कार्यालय भवनहरुको निरीक्षण गर्नुका साथै यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको दृष्य चित्रण ।

चैते दशैंको शुभ अवसरमा मौलो पूजा कार्यक्रम सम्पन्न ।           *****************************मिति २०८२।१२।१२ गते नेपाल प्...
26/03/2026

चैते दशैंको शुभ अवसरमा मौलो पूजा कार्यक्रम सम्पन्न । *****************************
मिति २०८२।१२।१२ गते नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको चैत्र शुक्ल अष्टमी (चैते दशैं) को शुभ अवसरमा यस इलाका प्रहरी कार्यालय, हुवास पर्वतका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुदिप भण्डारी ज्यूको समुपस्थितिमा मौलोको पूजा अर्चना तथा सङ्कल्प पूजा गरि सम्पन्न गरियो ।

20/03/2026

नेपाल प्रहरीको अनुरोध !

मिति २०८२ चैत्र ६ गते (शुक्रबार) कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली एक/दुई स्थानमा भारी बर्षा/हिमपातको सम्भावना रहेको छ ।

मिति २०८२ चैत्र ७ गते (शनिबार) कोशी र बागमती प्रदेश लगायत पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/असिन/हावाहुरी/सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

#नेपालप्रहरी

20/03/2026

वनमा डढेलो नलगाऔ,पर्यावरण र जीवनको संरक्षण गरौँ ।

निर्वाचन प्रहरी - सम्मान तथा बिदाई --------------------------प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ फागुन २१ गते, पर्वत जिल्ल...
12/03/2026

निर्वाचन प्रहरी - सम्मान तथा बिदाई
--------------------------
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ फागुन २१ गते, पर्वत जिल्लामा खटिएर निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्नको लागि हर परिस्थितिहरुमा अहोरात्र परिचालित भई महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने सम्पुर्ण निर्वाचन प्रहरीहरु प्रति उच्च सम्मान व्यक्त गर्दैछौं

४० दिनको अवधिमा यहाँहरुले प्रदर्शन गर्नु भएको उच्च अनुशासन, धैर्यता, व्यवसायीकता, लगनशिलता, कर्तव्यपरायणताको प्रशंसा गर्दै आगामी दिनहरुमा समाज र राष्ट्रको शान्तिसुरक्षा, विकास र समृद्धीमा उदाहरणीय भुमिका खेल्नुहुनेछ भन्ने अपेक्षा गर्दछौं ।
यहाँहरुको जिवनको प्रगति र समृद्धीको कामना गर्दछौं ।

२०८२ फागुन  १२ (हुवास, पर्वत)   गस्ती (SRP) सम्बन्धमा !        आज मिति २०८२।११।१२ गते नेपाली सेनाका सेनानी शिव पौडेलको क...
24/02/2026

२०८२ फागुन १२ (हुवास, पर्वत)
गस्ती (SRP) सम्बन्धमा !
आज मिति २०८२।११।१२ गते नेपाली सेनाका सेनानी शिव पौडेलको कमाण्डमा ९ जना, यस कार्यालयबाट प्रहरी निरीक्षक सुदिप भण्डारीको कमाण्डमा निर्वाचन प्रहरी सहित १५ जना र सशस्त्र प्रहरी निरीक्षक पर्वत खड्काको कमाण्डमा सशस्त्र निर्वाचन प्रहरी सहित ९ जना गरी जम्मा ३३ जनाको संयुक्त टोली आफ्नो वडा एरियाको वस्तुस्थिति बुझ्न तथा स्थानिय भद्रभलादमीहरुसंग शान्ति सुरक्षा सम्बन्धी सुझाव लिने र अन्तरक्रिया गर्नुका साथै निर्वाचन केन्द्रित सुरक्षार्थ जिल्ला पर्वत पैयूं गाउँपालिका वडा नं.४ हुवास, ऐ.ऐ. वडा नं ६ मर्दीखोला, ऐ.ऐ. वडा न. २ त्रिवेणी एरीयामा सामुहिक गस्ती सम्पन्न गरिएको छ ।
#नेपालप्रहरी



लागु औषध न्यूनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न !२०८२ माघ २८ गते । ( हुवास, पर्वत )==================मिति २०८२ ...
11/02/2026

लागु औषध न्यूनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न !
२०८२ माघ २८ गते । ( हुवास, पर्वत )
==================
मिति २०८२ माघ २८ गते इलाका प्रहरी कार्यालय हुवास पर्वतको आयोजनामा जिल्ला पर्वत पैयूँ गाउपालिका वडा नं. ५ को वडा कार्यालयको सभाहलमा पैयूँ गाउँपालिका वडा नं. ०५ का वडाअध्यक्ष नारायण भुर्तेलको अध्यक्षतामा वडा प्रतिनिधीहरु, शिक्षक, समाजसेवी, युवा क्लव, बुद्धिजिवीहरु, आमा समुह तथा स्थानिय मानिसहरुको उपस्थितिमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागु औषध न्यूनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरियो । यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुदिप भण्डारी ज्यूले लागू औषध, लागू औषधका प्रकार,असर,न्यूनिकरणका उपायहरु,लागू औषध नियन्त्रणमा प्रहरीको भुमिका बारे प्रस्ट्याउदै प्रशिक्षण प्रदान गर्नु भयो ।
#नेपालप्रहरी



निर्वाचन प्रहरी तालिम समापन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न !२०८२ माघ २७ गते । ( हुवास, पर्वत )=================मिति २...
10/02/2026

निर्वाचन प्रहरी तालिम समापन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न !
२०८२ माघ २७ गते । ( हुवास, पर्वत )
=================
मिति २०८२ माघ २७ गते इलाका प्रहरी कार्यालय पर्वत हुवास पर्वतको आयोजनामा इलाका प्रहरी कार्यालय हुवास पर्वतका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुदिप भण्डारी ज्यूको अध्यक्षता तथा इलाका प्रशासन कार्यालय हुवास पर्वतका कार्यालय प्रमुख अनिलराज कोइराला ज्यूको प्रमुख अतिथ्यतामा निर्वाचन प्रहरी तालिम समापन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रममा उपस्थित प्रहरी कर्मचारी र निर्वाचन प्रहरीहरुको सहभागितामा निर्वाचन प्रहरीहरुलाई मिति २०८२ माघ १८ गतेदेखी ऐ. २७ गतेसम्म सञ्चालन भएको १० दिने अनुशिक्षण तालिम समापन तथा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भयो ।
#नेपालप्रहरी


निर्वाचन प्रहरीको तालिम सञ्चालन सम्बन्धमा ! २०८२ माघ १८ गते ।  हुवास, पर्वत ।================================ मिति २०८२ ...
01/02/2026

निर्वाचन प्रहरीको तालिम सञ्चालन सम्बन्धमा !
२०८२ माघ १८ गते । हुवास, पर्वत ।
================================
मिति २०८२ फाल्गुन २१ गते हुन गईरहेको प्रतिनिधि सभ सदस्य निर्वाचन २०८२ को लागि निर्वाचन भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धि एकिकृत कार्यविधि २०८२ अनुसार छनौट प्रकृया सम्पन्न पश्चायत उत्तीर्ण निर्वाचन प्रहरी सुरक्षार्थ प्रहरीहरूलाई आज मिति २०८२ माघ १८ गते यस इलाका प्रहरी कार्यालय हुवास पर्वतका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुदिप भण्डारीको प्रमुख आतिथ्यतामा, प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको सहभागितामा निर्वाचन प्रहरीहरूका लागि तालिम उद्‍घाटन कार्य संचालन गरिएको थियो ।
यस क‍ार्यालयका कार्यालय प्रमुख सुदिप भण्डारीले निर्वाचन शान्ति सुरक्षाको लागि आवश्यक ज्ञान, सिप, कुशल पूर्वक तालिम हाँसिल गर्नु हुन आवश्यक निर्देशन सम्बोधन गर्नुभई, निर्वाचनलाई शान्ती पूर्ण निष्पक्ष तथा भयरहित तवरले सम्पन्न गर्नमा निर्वाचन प्रहरीको ठुलो भुमिका रहेको, प्रशिक्षण प्रदान गर्ने क्रममा अनुशानमा रहि ज्ञान हाँसिल गर्नु हुन र प्रशिक्षकहरूमा समेत आवश्यक निर्देशन समेत दिनु भएको थियो ।
#नेपालप्रहरी



31/01/2026
30/01/2026

कानून विपरीत काम कारबाही गरे गराएमा त्यस्ता विवरण प्रहरी चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख हुने भएकोले वैदेशिक अध्ययन, भ्रमण तथा रोजगारी लगायतका कार्यमा जाँदा यसको प्रत्यक्ष प्रभाव पर्ने हुँदा त्यसता कसुरजन्य कार्यमा संलग्न नहुन अनुरोध गर्दछौं ।

#नेपालप्रहरी

Address

Paiyun/04, Huwas Parbat
Parbat

Telephone

+9779857690200

Website

Alerts

Be the first to know and let us send you an email when Area Police Office, Huwas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Area Police Office, Huwas:

Share