12/08/2026
पवित्र उद्देश्यसहित आयोजना भइरहेको श्री पशुपतिनाथ धार्मिक महोत्सव–२०८३ आज २७औँ दिनमा प्रवेश गरेको छ। शान्ति, मानव कल्याण र धार्मिक–आध्यात्मिक चेतना अभिवृद्धिको उद्देश्यले जारी महोत्सवमा विभिन्न क्षेत्रका सामाजिक अभियन्ता,
साइकलयात्री, कलाकार तथा दानदाताहरूको उल्लेखनीय सहभागिता बढ्दै गएको छ।
२७औँ दिनमा विश्व साइकलयात्री अजित बराल, गोरक्षनाथका भक्त नवराज अर्याल, सामाजिक अभियन्ता अर्जुन भुसाल, बिनोद दाहाल, नायक शितल केसी, साइकलयात्री पबित्रा बर्देवा तथा दानदाता उर्मिला नकर्मी लगायतको सहभागिता रहेको छ।
कार्यक्रममा आध्यात्मिक प्रवक्ता राजानन्द माण्डव्य लगायत विभिन्न धर्मगुरुहरुबाट धार्मिक तथा आध्यात्मिक प्रवचनसमेत हुँदै आएको छ।
धर्म, सेवा र मानव कल्याणको पवित्र अभियानमा सहभागी भई पुण्य तथा सहयोग गर्न इच्छुक सम्पूर्ण श्रद्धालुहरूलाई महोत्सवमा सहभागी हुन आयोजकले आह्वान गरेको छ।