प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश - Press Registrar Office Gandaki

  • Home
  • Nepal
  • Pokhara
  • प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश - Press Registrar Office Gandaki

प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश - Press Registrar Office Gandaki प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश - Press Registrar Office, Gandaki Province

प्रेस रजिष्ट्रारको कार्यालयको आयोजनामा बुधबार समाचारमा एआई/एल्गोरिदमको प्रभाव विषयक सम्पादकबिचको अन्तरक्रिया कार्यक्रम स...
25/02/2026

प्रेस रजिष्ट्रारको कार्यालयको आयोजनामा बुधबार समाचारमा एआई/एल्गोरिदमको प्रभाव विषयक सम्पादकबिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । सहभागी सबैप्रति हार्दिक आभार ब्यक्त गर्दछौ ।
२०८२/११/१३

#समाचार सामग्री
निर्वाचनमा एआई र एल्गोरिदमको चुनौती: पोखरामा विज्ञ र सम्पादकबिच मन्थन
पोखरा, १३ फागुन ।
आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ को पूर्वसन्ध्यामा निर्वाचनमा सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स र एल्गोरिदमले पार्न सक्ने प्रभावका विषयमा पोखरामा बृहत् अन्तरक्रिया सम्पन्न भएको छ।

गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत प्रेस रजिष्ट्रारको कार्यालयको आयोजनामा बुधबार समाचारमा एआई/एल्गोरिदमको प्रभाव विषयक सम्पादकबिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै कास्कीका मुख्य निर्वाचन अधिकृत माननीय हिमलाल बेलबासेले निर्वाचनको समयमा प्रविधिको दुरुपयोग गरी फैलिन सक्ने भ्रामक सूचनाले निर्वाचनको स्वच्छतामा चुनौती थप्न सक्ने बताउँदै सञ्चारमाध्यमले गेटकिपरको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले निर्वाचन आचारसंहिताको पालनामा डिजिटल प्लेटफर्महरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।

गण्डकी प्रदेश सरकारका निमित्त प्रमुख सचिव कृष्णप्रसाद लम्सालले प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको स्वरूप बदलिएको र यसले ल्याउने अवसर तथा चुनौती दुवैलाई व्यवस्थापन गर्न प्रदेश सरकार सचेत रहेको बताए ।

कार्यक्रममा दुईवटा प्राविधिक सत्र सञ्चालन गरिएको थियो। पहिलो सत्रमा आईटी एनालिस्ट इन्जिनियर मिलन श्रेष्ठले निर्वाचन सम्बन्धी समाचारमा एआई र एल्गोरिदमको प्रभाव विषयक कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जालका एल्गोरिदमले कसरी मतदाताको मनोविज्ञानलाई प्रभाव पार्छन् भन्ने विषयमा प्रकाश पारे।

दोस्रो सत्रमा खोज पत्रकारिता केन्द्र सम्पादक एवं वरिष्ठ पत्रकार किरण नेपालले निर्वाचनको समयमा मिथ्या सूचना विषयमा प्रस्तुति दिँदै फेक न्युज र डिपफेक जस्ता चुनौतीलाई चिर्न पत्रकारहरूले तथ्य जाँचमा विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले पत्रकारितामा प्रविधिको प्रयोग बढेसँगै विश्वसनीयताको सङ्कट पनि गहिरिँदै गएकोले सम्पादकहरू थप जिम्मेवार हुनुपर्ने धारणा राखे ।

कार्यक्रमकी सभाध्यक्ष एवं गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार बिमला भण्डारीले निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै सम्पादकीय नेतृत्वलाई प्रविधिमैत्री र सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन। उनले सहभागीहरूलाई धन्यवाद दिँदै आगामी निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन गण्डकीका सञ्चारमाध्यमले नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरिन ।

प्रेस रजिष्ट्रार कार्यालयका उपसचिव निराजन शर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा पोखरास्थित सञ्चारमाध्यमका प्रधान सम्पादक, वरिष्ठ सम्पादक, ब्युरो प्रमुख तथा प्रेस स्वतन्त्रता सेनानी गरी ५० भन्दा बढीको सहभागिता रहेको थियो। सहभागी सम्पादकहरू बासुदेव मिश्र, दिनानाथ बराल, सरिता पंगेनी, रञ्जन अधिकारी, दीपक परियारले एआईको प्रयोग र यसको नियमनका विषयमा आ-आफ्ना जिज्ञासा र अनुभव राखेका थिए ।

प्रेस रजिष्ट्रार कार्यालयको विद्युतीय सामाग्री खरिद सम्बन्धी बोलपत्र आह्वानको सूचना
26/01/2026

प्रेस रजिष्ट्रार कार्यालयको विद्युतीय सामाग्री खरिद सम्बन्धी बोलपत्र आह्वानको सूचना

https://parichaya.com/news-7293/
24/12/2025

https://parichaya.com/news-7293/

पोखरा : सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले संघीयताको मर्म अनुरुप प्रदेशका सञ्चार संयन्त्रलाई स्वायत....

https://parichaya.com/press-register-pokhara/
04/09/2025

https://parichaya.com/press-register-pokhara/

पोखरा,गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत प्रेस रजिष्ट्रारको कार्यालय गण्...

प्रेस रजिष्टार कार्यालय, गण्डकी प्रदेश,पोखराको औपचारिक कार्यालय उद्घाटन सम्पन्न भएको छ । प्रेस रजिष्टार बिमला भण्डारीज्य...
11/08/2025

प्रेस रजिष्टार कार्यालय, गण्डकी प्रदेश,पोखराको औपचारिक कार्यालय उद्घाटन सम्पन्न भएको छ । प्रेस रजिष्टार बिमला भण्डारीज्यूको अध्यक्षता तथा माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका माननीय मन्त्रीज्यूहरु, प्रदेश सचिवज्यूहरु, जिल्ला समन्वय समिति कास्कीका प्रमुख, नेपाल पत्रकार महासंघ गण्डकी र कास्कीका पदाधिकारी, प्रेस स्वतन्त्रता सेनानी, सरोकारवाला निकायका प्रतिनिधि र वरिष्ठ पत्रकार लगायत संचारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस कार्यालयको स्थापना सञ्चार क्षेत्रमा पारदर्शिता, नियमन र पेशागत पत्रकारिता प्रवर्धन दिशामा महत्वपूर्ण कदम हो । गण्डकी प्रदेशको आमसञ्चार क्षेत्रसँग सहकार्य गर्दै यस कार्यालयले उत्तरदायी र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास दिलाउँछौं । कार्यक्रममा उपस्थित भई साथ दिनुहुने सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ ।

२०८२/४/२६

photo-Radhika kandel

प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशले हिमालपारीको जिल्ला मनाङ्गको आमसञ्चार क्षेत्रको अवस्था, आवश्यकता र आगामी योजनाब...
09/05/2025

प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशले हिमालपारीको जिल्ला मनाङ्गको आमसञ्चार क्षेत्रको अवस्था, आवश्यकता र आगामी योजनाबारे छलफल गरेको छ । उक्त कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारी, नेपाल पत्रकार महासंघ मनाङ्गका अध्यक्ष नविन लामिछाने, मुुख्यमन्त्रीका प्रेस सल्लाहकार नरहरी सापकोटा लगायत मनाङ्गका पत्रकारहरुको सहभागिता रहेको थियो ।
२०८२/१/२१

 #गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लोक कल्याणकारी विज्ञापन २०८१र८२ मा सूचिकृत हुने गण्डक...
20/02/2025

#गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लोक कल्याणकारी विज्ञापन २०८१र८२ मा सूचिकृत हुने गण्डकी प्रदेशभित्र संचालित संचार माध्यमहरुको विवरण निम्न अनुसार रहेको व्यहोरा जानकारीकालागि अनुरोध छ ।
https://ocmcm.gandaki.gov.np/list/news/lka-kalyanaekara-vajaniapana-ma-sacakata-hana-sacara-mathhayamaharaka-vavaranae

लोकल्याणकारी बिज्ञापन बितरणसम्बन्धी दरखास्त दिने आज अन्तिम दिन  #छुटेका संचारमाध्यमले आज समय भित्र नै सम्पर्क गर्नुहुन अ...
29/12/2024

लोकल्याणकारी बिज्ञापन बितरणसम्बन्धी दरखास्त दिने आज अन्तिम दिन #छुटेका संचारमाध्यमले आज समय भित्र नै सम्पर्क गर्नुहुन अनुरोध छ ।

प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशले 'गण्डकी प्रदेश आम सञ्चार नियमावली, २०८१' को मस्यौदामाथि सरोकारवालासँग छलफल ...
02/12/2024

प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशले 'गण्डकी प्रदेश आम सञ्चार नियमावली, २०८१' को मस्यौदामाथि सरोकारवालासँग छलफल कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशमा आयोजना गर्‍यो । कार्यक्रममा सहभागीहरूले महत्वपूर्ण विषयमा सुझाव प्रस्तुत गर्नुभयो । सहभागी सबैप्रति आभार ब्यक्त गर्दछौ ।

प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशले 'गण्डकी प्रदेश आम सञ्चार नियमावली, २०८१' को मस्यौदामाथि सरोकारवालासँग छलफल ...
13/11/2024

प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशले 'गण्डकी प्रदेश आम सञ्चार नियमावली, २०८१' को मस्यौदामाथि सरोकारवालासँग छलफल कार्यक्रम आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशमा आयोजना गर्‍यो । कार्यक्रममा सहभागीहरूले महत्वपूर्ण विषयमा सुझाव प्रस्तुत गर्नुभयो ।

२८ कार्तिक २०८१, बुधबार,पोखरा ।

Address

Gandaki
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश - Press Registrar Office Gandaki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share