NEA Pokhara Distribution Center

NEA Pokhara Distribution Center To Coordinate with public, share important information regarding Pokhara DCS.

उपरोक्त सम्बन्धमा यस पोखरा वितरण केन्द्र अन्तर्गतको पोखरा-२५ म्याग्दी चोकमा ११००० भोल्टको लाईन रहेको सिमेन्ट पोल आज बिहा...
28/08/2026

उपरोक्त सम्बन्धमा यस पोखरा वितरण केन्द्र अन्तर्गतको पोखरा-२५ म्याग्दी चोकमा ११००० भोल्टको लाईन रहेको सिमेन्ट पोल आज बिहान मिति २०८३/०५/१२ गते गाडीको ठक्करले भाचिएको सम्पुर्ण ग्राहकवर्गमा जानकारी गरिन्छ । पोल बदली गरि लाईन सुचारू गर्न प्राविधिक टोलि खटिईसकेको व्यहोरा जानकारी गर्दछौ ।
सेवा अवरुद्धको लागि समस्त ग्राहकवर्ग प्रती क्षमाप्रार्थी छौ ।

पोखरा वितरण केन्द्र
मालेपाटन

26/08/2026
सम्पुर्ण ग्राहक हरु मा अनुरोध
15/08/2026

सम्पुर्ण ग्राहक हरु मा अनुरोध

14/08/2026

उपरोक्त सम्बन्धमा पोखरा महानगरपालिकाको सेति नदि देखि पृथ्वी चोकसम्म ११ के भि एच टी लाईन अत्यावश्यक मर्मत संभारको लागि भोलि मिति २०८३-०४- ३० गते शनिबार तपसिल बमोजिमका फिडरहरू निम्न अनुसारका समयमा सटडाउन गरि कार्य गरिने हुँदा सो फिडरबाट सप्लाई हुने सम्पूर्ण स्थानहरूमा लाईन बन्द रहने सम्पुर्ण ग्राहक महानुभावहरूमा जानकारी गरिन्छ।

एअरपोर्ट फिडर: बिहान ७:०० बजे देखि १०:०० बजेसम्म (पृथ्वी चोकबाट दक्षिण मुस्ताङ चोक, बिरौटा चोक, श्रृजना चोक, रत्न चोक, राष्ट्र बैंक चोक, ड्याम साईट एरिया)

बैदाम फिडर: बिहान ७:०० बजे देखि १०:०० बजेसम्म (जिरो कि मि, जरेवर, नारेश्वर, हल्लनचोक, १७ नं स्ट्रिट,डिहिको पाटन, खहरे, सेदी सम्म)

यसबाट पर्ने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण सम्पूर्ण ग्राहकहरू प्रति क्षमा प्रार्थी छौं।

साथै कार्य चाँडै सम्पन्न भएमा सोही अनुसार लाईन चाँडै सुचारु गरिने व्यहोरा समेत अनुरोध छ।

नेपाल विद्युत प्राधिकरण
पोखरा वितरण केन्द्र
मालेपाटन ।

09/08/2026

System Outage in Pokhara Area and Gandaki Region.

पोखरा-०९ पृथ्वीचोकमा रहेको ११ के.भी. एच.टी. लाईनको डिस्क इन्सुलेटर पड्केको हुदा ११ के.भी. एयरपोर्ट फिडर बन्द रहेको व्यहो...
07/08/2026

पोखरा-०९ पृथ्वीचोकमा रहेको ११ के.भी. एच.टी. लाईनको डिस्क इन्सुलेटर पड्केको हुदा ११ के.भी. एयरपोर्ट फिडर बन्द रहेको व्यहोरा जानकारी गरिन्छ । प्राविधिक टोली फिल्ड मै खटिनुभयको जानकारी गरिन्छ ।
असुबिधाका लागि सम्पुर्ण ग्राहक महानुभावहरूमा क्षमा प्रार्थी छौ ।
पोखरा वितरण केन्द्र
मालेपाटन

पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना (Underground) को कार्य अन्तर्गत पोखरा वितरण केन्द्रको विभिन्न स्थानहरूमा नया...
06/08/2026

पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना (Underground) को कार्य अन्तर्गत पोखरा वितरण केन्द्रको विभिन्न स्थानहरूमा नयाँ ट्रान्सफर्मर जडान/Foundation निर्माण कार्य गर्न पोल गाड्ने कार्यको लागि मिति २०८३-०४-२२ गते शुक्रबार सटडाउन गरि कार्य गरिने हुँदा तपसिल बमोजिमको फिडरबाट संचालित सम्पूर्ण स्थानहरू(लेकसाईड सम्पूर्ण एरिया)मा लाईन बन्द हुने सम्पुर्ण ग्राहक महानुभावहरूमा जानकारी गरिन्छ ।

शहिदचोक फिडर : बिहान ७:०० देखि ९:०० बजे सम्म
वैदाम फिडर: बिहान ८:०० देखि ९:०० बजे सम्म

यसबाट पर्ने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र सम्पूर्ण ग्राहकहरू प्रति क्षमा प्रार्थी छौं। तथा कार्य चाँडै सम्पन्न भएमा सोही अनुसार लाईन सुचारु गरिने समेत अनुरोध छ।

नेपाल विद्युत प्राधिकरण
पोखरा वितरण केन्द्र
मालेपाटन ।

05/08/2026

सूचना ! सूचना !! सूचना !!!

उपरोक्त सम्बन्धमा यस पोखरा वितरण केन्द्रको ११ के.भी. लुम्ले फिडर अन्तर्गतको अन्नपूर्ण-०७ तोल्का देखि लानद्रुक सेक्सनमा विस्तार गरिएको ११ के.भी. प्रसारण लाईन तथा वितरण लाईन मिति २०८३.०४.२१ गते बिहिबार चार्ज गरि सन्चालनमा आउन लागेको हुँदा उक्त क्षेत्रको विधुतिय संरचना (पोल, तार, स्टे लगायतका संरचनाहरू )को नजिक नजान, नछुन, निर्माण कार्य नगर्न, नगराउनुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ । लाईन चार्ज गर्दा पड्केको, झिल्का स्पार्क गरेको आदि भएको देखे/सुनेमा तुरुन्त निम्न नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

९८५९६४५९०१,९८६४४२०३७०, ९८६२४५०२५५, ०६१-५७००३०, ०६१-५७००३१

ने.वि.प्रा. पोखरा वितरण केन्द्र
मालेपाटन

पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना (Underground) को कार्य अन्तर्गत पोखरा वितरण केन्द्रको विभिन्न स्थानहरूमा नया...
05/08/2026

पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना (Underground) को कार्य अन्तर्गत पोखरा वितरण केन्द्रको विभिन्न स्थानहरूमा नयाँ ट्रान्सफर्मर जडान/Foundation निर्माण कार्य गर्न पोल गाड्ने कार्यको लागि मिति २०८३-०४-२१ गते बिहीबार बिहान सटडाउन गरि कार्य गरिने हुँदा तपसिल बमोजिमको फिडरबाट संचालित सम्पूर्ण स्थानहरूमा लाईन बन्द हुने सम्पुर्ण ग्राहक महानुभावहरूमा जानकारी गरिन्छ ।

शहिदचोक फिडर : बिहान ७:०० देखि ९:०० बजे सम्म
वैदाम फिडर: बिहान ८:०० देखि ९:०० बजे सम्म

यसबाट पर्ने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र सम्पूर्ण ग्राहकहरू प्रति क्षमा प्रार्थी छौं। तथा कार्य चाँडै सम्पन्न भएमा सोही अनुसार लाईन सुचारु गरिने समेत अनुरोध छ।

नेपाल विद्युत प्राधिकरण
पोखरा वितरण केन्द्र
मालेपाटन ।

Address

Pokhara 05 Malepatan
Pokhara
123

Alerts

Be the first to know and let us send you an email when NEA Pokhara Distribution Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share