11/05/2026
#नेपाल_सबै_नेपालीको_साझा_देश_हो_भने_देशको_नेतृत्वमा_पनि सबै नेपालीको अनुहार देखिनुपर्छ।
जब राज्यको माथिल्लो तहमा एउटै समुदायको उपस्थिति धेरै देखिन्छ,त्यसले अरू समुदायका मनमा प्रश्न उठ्नु स्वाभाविक हो।
मगरले सोध्छ — “हाम्रो योगदान कम थियो र?”
गुरुङले सम्झिन्छ — “देश जोगाउन हाम्रा पुर्खाले रगत बगाएका थिए।”
राई–लिम्बुले भन्छन् — “हामीले पहाड बोकेर यो देश उभ्यायौं।”
शेर्पाले संसारलाई नेपालको शिर चिनाए।
थारुले तराईको माटो बचाए।
दलितले श्रम र सीपले समाज बनाए।
(समावेशिता भनेको कुनै समुदायलाई हटाएर
अर्को समुदाय राख्नु होइन।)
समावेशिता भनेको — सबैले राज्यमा आफ्नो अनुहार देख्न पाउनु हो,सबैले “यो देश मेरो पनि हो” भनेर गर्व गर्न पाउनु हो।
नेपाल कुनै एक जात, क्षेत्र वा समुदायको मात्र होइन।
यो हिमालको पनि हो, पहाडको पनि हो, मधेशको पनि हो।
यो गुरुङको ढोल, मगरको साहस, राईको संस्कार, लिम्बुको पहिचान, मधेशीको संघर्ष, शेर्पाको उचाइ, थारुको माटो र दलितको पसिनाले बनेको देश हो।
देश तब मात्र बलियो हुन्छ,
जब सिंहदरबारभित्र पनि नेपालको सम्पूर्ण विविधता देखिन्छ।