प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश, पोखरा

  • Home
  • Nepal
  • Pokhara
  • प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश, पोखरा

प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश, पोखरा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश, पोखरा, Government Official, Gandaki Province, Kaski, Pokhara.

प्रादेशिक जनस्वास्थ्य केन्द्रको आयोजनामा परिवार योजना सेवाको सुदृढिकरणको लागि सुक्ष्म योजना तर्जुमा गोष्ठी मादी गाउपालिक...
08/07/2026

प्रादेशिक जनस्वास्थ्य केन्द्रको आयोजनामा परिवार योजना सेवाको सुदृढिकरणको लागि सुक्ष्म योजना तर्जुमा गोष्ठी मादी गाउपालिका स्थित वडा नम्बर ६ को वडा कार्यालयमा मिति २०८३ असार १८ र १९ गते संचालन गरिएको थियो । कार्यक्रममा मादी गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्षको प्रमुख आतिथ्यतामा मादी गाउपालिकाका सबै (सोह्र) स्वास्थ्य संस्थाका इन्चार्ज सहित परिवार योजना सेवाको फोकल ब्यक्तिहरु र पालिका स्वास्थ्य शाखाको उपस्थितिमा संचालन भएको थियो। परिवार योजना सेवाको पहुँच, उपलब्धि, समस्या र समधानका बारेमा छलफल गरि आगमी बर्षका लागि सुधारका योजना तयार गरि कार्यान्वयनमा लान स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत गोपालचन्द्र बरालले प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण प्रादेशिक जनस्वास्थ्य केन्द्रका बरिष्ठ परिवार नियोजन निरिक्षक नर बहादुर सारुले गर्नु भएको थियो ।

मिति २०८३ असार १८ गते प्रादेशिक जनस्वास्थ्य केन्द्र, कास्कीको आयोजनामा जिल्ला समन्वय समिति, कास्कीको सभाहलमा "खोप समन्वय...
04/07/2026

मिति २०८३ असार १८ गते प्रादेशिक जनस्वास्थ्य केन्द्र, कास्कीको आयोजनामा जिल्ला समन्वय समिति, कास्कीको सभाहलमा "खोप समन्वय समितिको बैठक तथा पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा कार्यक्रम" सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव डा. युवानिधि बसौला प्रमुख अतिथि, अतिरिक्त सचिव श्री खिमबहादुर खड्का विशिष्ट अतिथि तथा जिल्ला समन्वय समिति प्रमुख श्री लीलाधर पौडेलको अध्यक्षतामा “खोप समन्वय समितिको बैठक तथा पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा कार्यक्रम" रहेको थियो। कार्यक्रममा पोखरा महानगरपालिकाका जनस्वास्थ्य अधिकृत श्री तेजाखर लम्सालले कास्की जिल्लाको पूर्ण खोप सुनिश्चितता सम्बन्धी तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रादेशिक जनस्वास्थ्य केन्द्रका खोप अधिकृत श्री एकनारायण लम्सालले गर्नुभएको थियो। साथै, कार्यक्रमको संयोजन जनस्वास्थ्य अधिकृत सीता अर्याल , रश्मी के.सी. तथा कोल्ड चेन संचालक बिबेक यादवले गर्नुभएको थियो। कार्यक्रममा कास्की जिल्लाका पाँचवटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा अन्तर्गत प्रमाणपत्र प्रदान गरिएको थियो।

मिती २०८३ अषार १४ र १५ गते प्रादेशिक जनस्वास्थ्य केन्द्र, कास्कीद्वारा पोखराका Sentinel Site (नेपाल मणिपाल शिक्षण अस्पता...
04/07/2026

मिती २०८३ अषार १४ र १५ गते प्रादेशिक जनस्वास्थ्य केन्द्र, कास्कीद्वारा पोखराका Sentinel Site (नेपाल मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज तथा फेवा सिटी अस्पताल एण्ड रिसर्च सेन्टर, पोखरा)मा सञ्चालन गरिएको EWARS (Early Warning and Response System) समीक्षा बैठक तथा Data Verification कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।कार्यक्रममा स्वास्थ्य मन्त्रालय गण्डकी का वरिष्ठ तथ्यांक अधिकृत दिवाकर शर्मा, प्रादेशिक जनस्वास्थ केन्द्र कास्कीका परिवार नियोजन निरीक्षक नर बहादुर सारू र जनस्वास्थ अधिकृत विश्व कंडेलले प्रस्तुतिकरण गर्नुभएको थियो भने रश्मी के.सी ले संयोजन गर्नु भएको थियो।

📞1149
03/07/2026

📞1149

प्रादेशिक जनस्वास्थ्य केन्द्र, पोखराको आयोजनामा मिति २०८३/३/१७ गते मानसिक स्वास्थ्य प्रवर्द्धन र आत्महत्या रोकथामका लागी...
03/07/2026

प्रादेशिक जनस्वास्थ्य केन्द्र, पोखराको आयोजनामा मिति २०८३/३/१७ गते मानसिक स्वास्थ्य प्रवर्द्धन र आत्महत्या रोकथामका लागी संचारकर्मीलाई संवेदनशिल रिपोर्टिङ सम्बन्धि अभिमुखिकरण कार्यक्रम पोखरामा सम्पन्न भएको छ । स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका अतिरिक्त सचिब खिम बहादुर खड्काज्युको समुपस्थितीमा संचालित सो कार्यक्रममा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका जनस्वास्थ्य प्रशासक सुरज गुरौ, स्वास्थ्य प्रशाशक डा. रमेश कुमार के.सी. र जिल्ला प्रहरी कार्यालय, कस्कीका प्रहरी निरिक्षक सुरेन्द्र रानाभाटले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा ३६ जना संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

मिति २०८३/३/१८ गते कास्की जिल्लाभित्रका ३० जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानजनक विदाई गरिएको छ ।
03/07/2026

मिति २०८३/३/१८ गते कास्की जिल्लाभित्रका ३० जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानजनक विदाई गरिएको छ ।

** SORMAS (surveillance outbreak response management  Analysis system) सम्बन्धि अभिमुखिकरण ***अन्नपूर्ण र माछापुच्छ्रे ग...
03/07/2026

** SORMAS (surveillance outbreak response management Analysis system) सम्बन्धि अभिमुखिकरण ***
अन्नपूर्ण र माछापुच्छ्रे गाउपालिकाका सम्पूर्ण स्वास्थ्य संस्थाका प्रमुखहरु र स्थानियतहको स्वास्थ्य शाखा प्रमुख सहित मिति २०८३/०३/१६ गते माछापुच्छ्रे गाउपालिकाको सभाहलमा एक दिने अभिमुखिकरण संचालन गरियो । कार्यक्रममा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशबाट र UNICEF को तर्फबाट सहजिकरण गर्नु भएको थियो। प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश पोखराका कार्यक्रम फोकल ब्याक्ति श्री नर बहादुर सारुले कार्यक्रम संचालन र संयोजन गर्नु भएको थियो ।

प्रादेशिक जनस्वास्थ्य केन्द्रको आयोजनामा २०८३ आषाढ १३ देखि १५ गते सम्म तनहुँ जिल्लामा FBIMNCI को दोश्रो ब्याच तालिम सम्प...
03/07/2026

प्रादेशिक जनस्वास्थ्य केन्द्रको आयोजनामा २०८३ आषाढ १३ देखि १५ गते सम्म तनहुँ जिल्लामा FBIMNCI को दोश्रो ब्याच तालिम सम्पन्न गरियो। तालिमका प्रशिक्षक बुर्तिबाङ अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. अविनाश पोखरेल र मेडिकल अधिकृत डा. हरी सेढाईं हुनुहुन्थ्याे। उक्त तालिम कार्यक्रमको सहजीकरण प्रादेशिक जनस्वाथ्य केन्द्रमा कार्यरत जनस्वास्थ्य अधिकृत प्रेजु कँडेल र समीक्षा गैह्रेले गर्नुभएको थियो।

** आपतकालीन अबस्थामा पोषण प्रशिक्षक प्रशिक्षण तालिम **प्रादेशिक जनस्वास्थ्य केन्द्र,गण्डकी प्रदेश, पोखराको आयोजनमा आपतका...
02/07/2026

** आपतकालीन अबस्थामा पोषण प्रशिक्षक प्रशिक्षण तालिम **

प्रादेशिक जनस्वास्थ्य केन्द्र,गण्डकी प्रदेश, पोखराको आयोजनमा आपतकालीन अवस्थामा पोषण प्रशिक्षक प्रशिक्षण तालिम मिति २०८३/०३/१५ गते देखि २०८३/०३/१७ गते सम्म प्रादेशिक जनस्वास्थ्य केन्द्रको सभाहलमा गण्डकी प्रदेश अन्तर्गत रहेका जिल्लाबाट २० जनाको सहभागितामा तालिम संचालन भएको थियो।सहजिकरणका लागि स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशबाट जनस्वास्थ्य अधिकृत कुसुमशीला भट्ट, प्रादेशिक जनस्वास्थ्य केन्द्र,गण्डकी प्रदेश, पोखराबाट पब्लिक हेल्थ नर्सिङ अधिकृत संझना ढुङ्गाना, प्रदेश जनस्वास्थ्य कार्यालय, स्याङ्जाबाट प.नि.अ मित्र प्रसाद अर्याल‚ प्रदेश जनस्वास्थ्य कार्यालय‚ गोरखाबाट जनस्वास्थ्य अधिकृत नवराज खड्काले तालिममा सहजिकरण गर्नु भएको थियो। तालिमको समन्वय प्रादेशिक जनस्वास्थ्य केन्द्र,गण्डकी प्रदेश, पोखराका जनस्वास्थ्य अधिकृत श्री अनुपमा भुसालले गर्नु भएको थियो ।

01/07/2026

Address

Gandaki Province, Kaski
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश, पोखरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share