झिमरुक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय प्यूठान

  • Home
  • Nepal
  • Pyuthan
  • झिमरुक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय प्यूठान

झिमरुक गाउँपालिका  गाउँ कार्यपालिकाको कार्यालय प्यूठान यो झिमरुक गाँउपालिकाको आधिकारीक page हो।

दर रेट पेश गर्ने सम्बन्धि सूचना ।
21/08/2026

दर रेट पेश गर्ने सम्बन्धि सूचना ।

विपन्न लक्षित छात्रवृत्ति सम्बन्धमा ।
21/08/2026

विपन्न लक्षित छात्रवृत्ति सम्बन्धमा ।

आज मिति २०८३/०५/०३ गते झिमरुक गाउँपालिकाका अध्यक्ष श्री पित बहादुर महतरा क्षेत्री ज्यूको अध्यक्षता, प्रमुख प्रशासकीय अधि...
19/08/2026

आज मिति २०८३/०५/०३ गते झिमरुक गाउँपालिकाका अध्यक्ष श्री पित बहादुर महतरा क्षेत्री ज्यूको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल ज्यूले स्वागत मन्तव्य र कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै “समुदायको सशक्तिकरणका लागि साझेदारी मानवीय कार्यका लागि हाम्रो तयारी” भन्ने मुल नाराका साथ विश्व मानवियता दिवस, २०८३ कार्यक्रम झिमरुक गाउँपालिकाको हलमा सम्पन्न गरियो । उक्त कार्यक्रममा ८ नं वडा अध्यक्ष श्री तुलस वहादुर वस्नेत, नेपाल रेडक्रस सोसाइटी मच्छी, उपशाखाका सभापती श्री नायायण व. जि सी र ओखरकोट इलाका प्रहरी कार्यालयका प्रमुख श्री निर्देश जि सी ले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन झिमरुक गा.पा. प्रशासन शाखाका कर्मचारी दामोदर उपाध्याले गर्नुभएको थियो । उक्त कार्यक्रममा मानवीय सेवामा ऐक्यबद्धता: विपद्, महामारी र अप्ठ्यारो परिस्थितिमा परेका नागरिकहरूको उद्धार, राहत र पुनर्मुल्यांकनका लागि गाउँपालिका, रेडक्रस, सुरक्षा निकाय एक जुट भई निरन्तर खट्नेछौँ। समुदायको सशक्तिकरण र साझेदारी: विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय स्तरमै तयारी सुदृढ बनाउँदै संघ-संस्था र नागरिक समाजसँगको सहकार्यलाई अझ मजबुत बनाउनेछौँ। भन्ने प्रतिवद्धता समेत व्यक्त भएको छ । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, वडा अध्यक्ष ज्यूहरु, राजनितिक दलका प्रतिनिधि ज्यूहरु शाखाका शाखा प्रमुख ज्यूहरु, उघोग वाणिज्य संघ मच्छीका भरत ढकाल ज्यू, पत्रकार ज्यू लगाएत अन्य कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।

निष्क्रिय खाता अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
19/08/2026

निष्क्रिय खाता अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

पुर्व स्वीकृति र कार्यादेश विना सूचना/ सन्देश प्रकासन/ प्रसारण नगर्ने सम्बन्धी सूचना ।
14/08/2026

पुर्व स्वीकृति र कार्यादेश विना सूचना/ सन्देश प्रकासन/ प्रसारण नगर्ने सम्बन्धी सूचना ।

नदिजन्य पदार्थको विक्रिका लागि सिलवन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना ।
14/08/2026

नदिजन्य पदार्थको विक्रिका लागि सिलवन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना ।

13/08/2026

झिमरुक गाउँपालिकाको अनुरोध
झिमरुक गाउँपालिका र आसपासका क्षेत्रमा यतिबेला भारी वर्षा भइरहेको र जिल्ला प्रशासन कार्यालय,प्युठानले समेत उच्च सतर्कता जारी गरेको अवस्था छ। भारी बर्षाको कारणले झिमरुक नदी, गर्ताङ खोला लगायत नदी र खोलाहरुको सतह बढ्ने हुँदा नदीको बहाब क्षेत्रमा नजानहुन,अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन हुन र सुरक्षित तरिकाले रहनुहुन सम्पूर्ण नागरिकहरुमा हार्दिक अनुरोध गर्दछौं । कुनै ठाउँमा विपदजन्य घटना घटेमा देहायका नम्बरहरूमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ।
१.इलाका प्रहरी कार्यालय,मच्छी ईन्चार्ज : ९८६७७२९६१६
२.झिमरुक गाउँपालिका अध्यक्ष: ९८५७८३३५१६
३.झिमरुक गाउँपालिका उपाध्यक्ष: ९८५११३३१५७
४.प्रमुख प्रशासकीय अधिकृत: ९८५७८३६००५
५.विपद व्यवस्थापन शाखा: ९८४९४९५२३४

13/08/2026

सतर्कता अपनाउने सम्बन्धी सूचना

जिल्ला प्रहरी कार्यालय प्यूठान

Address

Jhimruk Rural Municipality
Pyuthan
22300

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779843844037

Alerts

Be the first to know and let us send you an email when झिमरुक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय प्यूठान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to झिमरुक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय प्यूठान:

Shortcuts

Share