झिमरुक सेरोफेरो

  • Home
  • झिमरुक सेरोफेरो

झिमरुक सेरोफेरो Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from झिमरुक सेरोफेरो, Jhimruk, .

हामी समग्र झिमरुकलाई समेट्ने प्रयास गर्छौ। झिमरुक भित्रका हरेक ठाउँ, घटना र गतिविधिका लागि हामी सँग जोडिनुहोला। हामी सकेसम्म झिमरुकका सबै पक्षाहरुलाई समेट्नेछौ। हामी झिमरुकको साझा आवाज बन्ने छौ।

विद्युत अवरुद्ध हुने सम्बन्धी सूचना।।Source: NEA प्युठान वितरण केन्द्र
31/08/2026

विद्युत अवरुद्ध हुने सम्बन्धी सूचना।।
Source: NEA प्युठान वितरण केन्द्र

28/08/2026

झिमरुकमा भारी वर्षा Heavy Rainfall in Jhimruk

 #अत्यन्तै_जरुरी_सूचनारसुवाको अप्रत्यासित बाढीको समयमा प्युठान निवासी निम्न व्यक्तिहरु अझै सम्पर्कविहीन हुनुभएको जानकारी...
27/08/2026

#अत्यन्तै_जरुरी_सूचना

रसुवाको अप्रत्यासित बाढीको समयमा प्युठान निवासी निम्न व्यक्तिहरु अझै सम्पर्कविहीन हुनुभएको जानकारी आएको छ:

हामी प्रशासन संगै छौं तर संकटको यो घडीमा रसुवा आसपास रहनुभएका वा उहाँको अवस्थाबारे कुनै जानकारी पाउनुहुने महानुभावहरूले कृपया तुरुन्त सम्पर्क गरी जानकारी गराइदिनुहुन हार्दिक अनुरोध छ ।

९७६३८५१२१२ / ९८५१३१५९३० (सुशान्त वैदिक सचिवालय)
Source: सुशान्त वैदिक

झिमरुक गाउँपालिकाले  भोटेकोशी बाढी पिडीतका लागि पालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु र शिक्षकहरुबाट  रु १० लाख रुपैया प्...
27/08/2026

झिमरुक गाउँपालिकाले भोटेकोशी बाढी पिडीतका लागि पालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु र शिक्षकहरुबाट रु १० लाख रुपैया प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा जम्मा गर्ने जनाएको छ ।

विशेष अपिल ! 🙏झिमरुक गाउँपालिका–२, मुलपानी बाँदिकोट, प्यूठान निवासी प्रहरी जवान राजेन्द्र महतरा हाल रसुवागढी प्रहरी चौकी...
26/08/2026

विशेष अपिल ! 🙏

झिमरुक गाउँपालिका–२, मुलपानी बाँदिकोट, प्यूठान निवासी प्रहरी जवान राजेन्द्र महतरा हाल रसुवागढी प्रहरी चौकीमा कार्यरत हुनुहुन्छ।

आज बिहान रसुवा क्षेत्रमा आएको अचानकको विनाशकारी बाढीपछि उहाँ सम्पर्कविहीन हुनुभएकोले परिवारजन अत्यन्तै चिन्तित हुनुहुन्छ।

उहाँलाई कसैले कतै देख्नुभएको वा कुनै माध्यमबाट सम्पर्कमा आउनुभएको भए कृपया तत्काल 📞 9851020867 मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

सम्बन्धित सबै निकाय, आफन्तजन तथा शुभचिन्तकहरूमा खोजी तथा उद्धार कार्यमा सहयोग गरिदिनुहुन विशेष अपिल गर्दछौँ। 🙏

कृपया यो सूचना धेरैभन्दा धेरै शेयर गरिदिनुहोस्।

गणेश महतरा (गोबिन्द) को खोजीका लागि हार्दिक अनुरोध।झिम्रुक गाउँपालिका–३, बाँदिकोट ढाकडी निवासी ४० वर्षीय गणेश महतरा (गोब...
26/08/2026

गणेश महतरा (गोबिन्द) को खोजीका लागि हार्दिक अनुरोध।

झिम्रुक गाउँपालिका–३, बाँदिकोट ढाकडी निवासी ४० वर्षीय गणेश महतरा (गोबिन्द) २०८३/०५/०८ गते राति १०:३० बजे घरबाट कसैलाई जानकारी नदिई हिँड्नुभएको र हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा नआउनुभएको हुँदा खोजीकार्य भइरहेको छ।

कहीँ कतै उहाँलाई देख्नुभएमा वा भेट्नुभएमा निम्न नम्बरमा सम्पर्क गरिदिनुहोला।

📞 Raj Payal M C ९८४९६१२०१६
📞 आमा पूर्णादेवी महतरा: ९८६८१२५६७९
📞 इलाका प्रहरी कार्यालय ओखरकोट मच्छी: ९८६७७२९६१६

तपाईंहरूको एउटा सानो सहयोगले एउटा परिवारलाई आफ्नो प्रियजनसँग पुनः मिलाउन सक्छ। 🙏

सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदै यो सूचना सकेसम्म धेरैजनामाझ पुर्‍याई खोजीकार्यमा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

Source: Raj Payal M C

Address

Jhimruk

22308

Alerts

Be the first to know and let us send you an email when झिमरुक सेरोफेरो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your organization to be the top-listed Government Service?

Share