Uttargaya Gaupalika Rasuwa

Uttargaya Gaupalika Rasuwa उत्तरगया गाउॅपालिका रसुवा

"समृद्ध उत्तरगया, सभ्य र खुशी उत्तरगयाबासी"

27/08/2026

📢 अफवाह होइन, आधिकारिक सूचना मात्र शेयर गरौँ 🙏🇳🇵

हिजो रसुवामा आएको विनाशकारी बाढीपछि अहिले उद्धार, खोजी तथा राहत कार्य जारी छ। यस्तो संवेदनशील र दुःखद परिस्थितिमा सामाजिक सञ्जालमार्फत अपुष्ट सूचना, हल्ला वा अफवाह फैलिँदा पीडित परिवारमा थप त्रास, पीडा र अन्योल सिर्जना हुन सक्छ। 😔💔

🚨 त्यसैले सबैमा हार्दिक अनुरोध छ—
❌ अपुष्ट समाचार वा अनुमानका आधारमा सूचना शेयर नगरौँ।
❌ पुष्टि नभएका मृत्यु, बेपत्ता, उद्धार वा क्षतिको विवरण पोस्ट नगरौँ।
❌ सामाजिक सञ्जालको हल्लालाई सत्य मानेर अरूलाई नफैलाऔँ।

✅ सरकारी निकाय, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चारमाध्यमबाट पुष्टि भएका सूचनालाई मात्र प्राथमिकता दिऔँ।
🔎 कुनै सूचना शेयर गर्नुअघि त्यसको स्रोत र सत्यता एकपटक अवश्य जाँचौँ।

यस विपत्तिको घडीमा हामी सबैको एउटा गलत सूचना कसैको परिवारका लागि ठूलो पीडाको कारण बन्न सक्छ। त्यसैले अफवाह होइन, सत्य सूचना फैलाऔँ। 🕊️

🤝 उद्धार तथा राहत कार्यमा खटिनुभएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीयवासी तथा सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक सम्मान। ❤️🇳🇵

🙏 रसुवाका प्रभावित परिवारहरूप्रति गहिरो समवेदना तथा शीघ्र उद्धार र सुरक्षित पुनर्स्थापनाको कामना।

#रसुवा #बाढी #सत्यसूचना #उद्धार #राहत 🇳🇵🙏

६ भदौ २०८३ (साँझ ६ः२० बजे)आज राति कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा र लुम्बिनी, कर्णाली र सुदूर...
22/08/2026

६ भदौ २०८३ (साँझ ६ः२० बजे)
आज राति कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भू-भागका केही स्थान, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई भू-भाग तथा बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ |
थप जानकारिको लागिः https://dhm.gov.np/mfd/ #/weather/three-days-bulletin/1508
तस्बिरः आज रातिको मौसम चेतावनी नक्सा

मिति २०८३ भदौ ४ र ५ गते परेको अविरल वर्षाका कारण उत्तरगया गाउँपालिका वडा नं. १ अन्तर्गत तिरु–गोगने क्षेत्रमा पहिरो गई ठू...
22/08/2026

मिति २०८३ भदौ ४ र ५ गते परेको अविरल वर्षाका कारण उत्तरगया गाउँपालिका वडा नं. १ अन्तर्गत तिरु–गोगने क्षेत्रमा पहिरो गई ठूलो भौतिक क्षति पुगेको विवरण प्राप्त भएपछि गाउँपालिका अध्यक्ष श्री माधव प्रसाद अर्यालज्यूको संयोजकत्वमा क्षतिग्रस्त क्षेत्रको स्थलगत अनुगमन गरिएको छ।
अनुगमनका क्रममा प्राप्त विवरणअनुसार हालसम्म मानवीय क्षति नभएको पाइएको छ। तर, पहिरोका कारण ठूलो मात्रामा भौतिक तथा पशुधनको क्षति भएको देखिएको छ।
🔸 करिब १०० वटा बाख्रा पहिरोमा परी बेपत्ता
🔸 २ वटा गोठ पूर्णरूपमा क्षति
🔸 ४ वटा गोठमा आंशिक क्षति
🔸 २ वटा घर पूर्णरूपमा क्षति
🔸 १३ वटा घरमा आंशिक क्षति भई बसोबासका लागि जोखिमपूर्ण/अयोग्य अवस्था
स्थलगत अनुगमनका क्रममा तिरु र गोगने क्षेत्र नै पूर्णरूपमा जोखिमग्रस्त अवस्थामा रहेको पाइएको छ। निरन्तर वर्षाका कारण थप पहिरो तथा विपद्को जोखिम कायमै रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन, जोखिमयुक्त स्थानमा नबस्न तथा सम्भावित सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न गाउँपालिका अध्यक्षज्यूमार्फत स्थानीयसँग छलफल र अनुरोध गरिएको छ।
गाउँपालिकाबाट क्षतिको थप विवरण संकलन, जोखिमको मूल्याङ्कन तथा प्रभावित परिवारको तत्काल राहत, उद्धार र पुनर्स्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समिति र सरोकारवालासँग आवश्यक पहल तथा समन्वय भइरहेको छ।

22/08/2026

रसुवा जिल्लामा अवस्थित नेपालकै प्रसिद्ध धार्मिक स्थल उत्तरगया धामको नामबाट उत्तरगया गाउँपालिकाको नामकरण गरिएको हो।

यो उत्तरगया गाउँपालिकाको आधिकारिक फेसबुक पेज हो। गाउँपालिकाका सूचना, गतिविधि तथा महत्वपूर्ण जानकारीहरू प्राप्त गर्न कृपया हाम्रो पेज फलो गर्नुहोस्। 🙏

धन्यवाद! ❤️

उत्तरगया गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयहरुमा शिक्षक आवश्यकता सम्बन्धी सूचना  ।
22/08/2026

उत्तरगया गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयहरुमा शिक्षक आवश्यकता सम्बन्धी सूचना ।

जनस्वास्थ्य कार्यालय, रसुवाको आयोजनामा मिति २०८३/०५/०५ गते उत्तरगया गाउँपालिकामा डेंगी रोकथाम तथा नियन्त्रणका लागि लामखु...
22/08/2026

जनस्वास्थ्य कार्यालय, रसुवाको आयोजनामा मिति २०८३/०५/०५ गते उत्तरगया गाउँपालिकामा डेंगी रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी तथा लार्भा खोज तथा नष्ट अभियान सफलतापूर्वक सम्पन्न भएको छ। अभियानका क्रममा डेंगी फैलाउने लामखुट्टेको सम्भावित प्रजननस्थल तथा बासस्थानको खोजी गरी पानी जम्ने स्थान पहिचान, सरसफाइ तथा लार्भा खोजी गरी नष्ट गर्ने कार्य गरिएको थियो। साथै, स्थानीय समुदायलाई डेंगीबाट बच्ने उपाय, घरआँगन तथा वरपरको वातावरण सफा राख्ने र लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने सम्बन्धमा आवश्यक जनचेतना प्रदान गरिएको थियो। “रोकथाम उपचारभन्दा उत्तम हुन्छ” भन्ने मूल भावनाका साथ डेंगीबाट सुरक्षित रहन समयमै सावधानी अपनाउने, घर तथा समुदायमा पानी जम्न नदिने र सम्भावित जोखिम न्यूनीकरणमा सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने सन्देश प्रवाह गरिएको छ। डेंगी नियन्त्रण तथा स्वस्थ समुदाय निर्माणका लागि यस्ता अभियानले समुदायबीचको सहकार्य अझ सुदृढ हुने विश्वास राखिएको छ।

कार्यक्रममा उपस्थितिका लागि अनुरोध छ ।
22/08/2026

कार्यक्रममा उपस्थितिका लागि अनुरोध छ ।

लेखापरीक्षणका लागि आशय पत्र पेस गर्ने सम्बन्धी सूचना ।
22/08/2026

लेखापरीक्षणका लागि आशय पत्र पेस गर्ने सम्बन्धी सूचना ।

कन्सुलर प्रमाणीकरणको अनलाइन आवेदन प्रणाली (NEATS) सञ्चालन सम्बन्धी सूचना
22/08/2026

कन्सुलर प्रमाणीकरणको अनलाइन आवेदन प्रणाली (NEATS) सञ्चालन सम्बन्धी सूचना

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया तथा कफि विकास कार्यालय रानिपौवा नुवाकोटको सूचना।
22/08/2026

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया तथा कफि विकास कार्यालय रानिपौवा नुवाकोटको सूचना।

Address

Betrawati, Laharepauwa
Rasuwa
45000

Opening Hours

Monday 10:30 - 17:30
Tuesday 10:30 - 17:30
Wednesday 10:30 - 17:30
Thursday 10:30 - 17:30
Friday 10:30 - 15:30

Website

Alerts

Be the first to know and let us send you an email when Uttargaya Gaupalika Rasuwa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share