District Police Office, Rolpa

District Police Office, Rolpa Welcome to District Police office,Rolpa Official page. For Emergencies, Dial 100 for police Support.

03/09/2026

सहिद राजमार्ग अबरोध भए सम्बन्धमा !

मिति २०८३।०५।१८ गते अं.१५;४० बजेको समयमा जिल्ला रोल्पा परिवर्तन गा.पा.वडा नं.६ दुईखोलि बजार स्थित घोराही थवाङ सहिद मार्गमा बाटोको तल्लो भाग पहिरो गई बाटो पुर्ण रुपमा अबरोध भएको भनि ऐ.१५;४५ बजेको समयमा खबर प्राप्त हुनासाथ ऐ.१५;५० बजेको समयमा प्र.स.नि. को कमाण्डमा ३ जनाको प्रहरी टोलि खटि गई बाटो खुलाउने पहल भइरहेको !!!

03/09/2026

सहिदमार्ग अवरोध भएको सम्बन्धमा !!

मिति २०८३/०५/१७ गते राती देखी परिरहेको अबिरल बर्षाको कारण जिल्ला रोल्पा परिवर्तन गा.पा.३ भालखोर सहिद राजमार्ग सडकखण्डमा पहिरो खस्न जादा बाटो पूर्णरूपमा अवरोध भएको छ, भनि ऐ. १८ गते ०८:०० बजे प्र.चौ. बागमारा रोल्पामा खबरप्राप्त हुनसाथ तत्काल उक्त स्थानमा प्र.चौ. बागमारा रोल्पा बाट प्र.ह. (९८६४९४३३५०) को कमाण्डमा २ जनाको टोलि खटीई गई सरोकारवालाहरु सँग समन्वय गरी बाटो खुलाउने पहल भइ रहेको ।

27/08/2026
25/08/2026

फरार प्रतिवादी पक्राउ..........।

मिति २०८२।०५।२३ र २४ गते भएको Gen-Z समुहको आन्दोलनको क्रममा विभिन्न कारागारहरुबाट भागेका कैदीबन्दीहरुलाई खोजतलास गरी फेला परेमा पक्राउ गरी दाखिला गर्न हुन भनि कारागार कार्यालय तुलसीपुर दाङबाट प्राप्त विवरण अनुसार बन्दी आईदी नम्बर ९१३६८५४ भएका कर्तव्य ज्यान मुद्दामा मिति २०७३।०७।२८ गतेदेखि मिति २०९३/०७/२७गतेसम्मको लागि कारागार कार्यालय तुलसीपुर दाङमा कैद भुक्तान गरिरहेका प्रतिवादी जिल्ला रोल्पा सुनिलस्मृति गाउँपालिका वडा नं. ५ काभ्रा बस्ने बर्ष २६ को दिपक सुवेदी Gen-Z समुहको आन्दोलनको क्रममा उक्त कारागारबाट भागी फरार रहेकोमा निज प्रतिवादीलाई मिति २०८३।०५।०९ गते अन्दाजी १६:०० बजेको समयमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला रोल्पा, सुनिलस्मृति गाउँपालिका वडा नं. ३ रुईनिवाङ भन्ने स्थानमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरी आजै मिति २०८३।०५।०९ गते आवश्यक कारवाहीको लागि कारागार कार्यालय रोल्पामा पठाईएको ।

पुरस्कार वितरण कार्यक्रम समपन्न ।*****************************भदौ - ५,लिवाङ रोल्पा ।जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्...
17/08/2026

पुरस्कार वितरण कार्यक्रम समपन्न ।
*****************************
भदौ - ५,लिवाङ रोल्पा ।
जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी कर्मचारीहरुको व्यक्तित्व विकासका लागि उत्प्रेरणा कार्यक्रम अन्तर्गत यस कार्यालयमा मिति २०८३/०४/१३ गते देखि मिति २०८३/०४/२० गतेसम्म सञ्चालन भएको पुरुषतर्फ डबल टेवलटेनिस प्रतियोगितामा विभिन्न स्थान हासिल गर्नुभएका प्रतियोगि प्रहरी कर्मचारीलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक पंच कुमार बाखु ज्यूद्वारा मेडल तथा प्रमाणपत्र वितरण गरी बधाई तथा आवश्यक निर्देशन दिनुभयो ।


जन्मदिनको अवसरमा शुभकामना कार्यक्रम सम्पन्न ।----------------------------------------------आज मिति २०८३।०४।३१ गते यस कार...
16/08/2026

जन्मदिनको अवसरमा शुभकामना कार्यक्रम सम्पन्न ।
----------------------------------------------
आज मिति २०८३।०४।३१ गते यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको मनोबल वृद्धि, कार्य उत्साह अभिवृद्धि तथा सकारात्मक कार्य वातावरण निर्माण गर्ने उद्देश्यले श्रावण महिनाभर जन्मदिन परेका विभिन्न दर्जाका प्रहरी कर्मचारीहरूलाई यस कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यतामा जन्मदिनको अवसरमा शुभकामना प्रदान कार्यक्रम गरिएको ।

स्वागत तथा "फेरि भेटौँला" कार्यक्रम सम्पन्न=============लिवाङ, रोल्पा.......आज मिति २०८३/०४/१७ गते  जिल्ला प्रहरी कार्या...
02/08/2026

स्वागत तथा "फेरि भेटौँला" कार्यक्रम सम्पन्न=============
लिवाङ, रोल्पा.......

आज मिति २०८३/०४/१७ गते जिल्ला प्रहरी कार्यालय रोल्पामा प्रहरी नायव उपरीक्षक पंच कुमार बाखुज्यूको प्रमुख आतिथ्यतामा लेखा प्रमुखहरूको स्वागत तथा "फेरि भेटौँला" कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा स.प्र.से रसुवा दरबन्दी भई यस कार्यालयमा लेखापालका रुपमा काज सरुवा भई आउनुभएका प्रहरी नायव निरीक्षक(प्र.ना.नि) राज कुमार रानालाई स्वागत र यस कार्यालय बाट नेपाल प्रहरी प्रधान कार्यालय बिशेष व्युरो काठमाडौँ सरुवा भई जान लाग्नुभएका प्रहरी नायब निरीक्षक(प्र.ना.नि) बिक्रम के.सि. ज्युलाई जिल्ला प्रहरी कार्यालय रोल्पाको तर्फबाट नयाँ कार्यक्षेत्रमा सफल कार्यकालको शुभकामना सहित बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा सरुवा भई जान लाग्नुभएका प्र.ना.नि ज्युले यस कार्यालयमा रहदा बस्दा निर्वाह गरेका जिम्मेवारीलाई स्मरण गर्दै जिल्ला प्रहरी कार्यालय रोल्पा परिवारलाई बिशेष धन्यवाद दिनुभएको थियो भने प्रमुख अतिथिज्युले बिदाई भई जान लाग्नुभएका प्र.ना.निज्युलाई यस कार्यालयमा रहदा उहाँले निर्वाह गरेका जिम्मेवारीको उच्च मूल्याकंन गर्दै नयाँ कार्यक्षेत्रमा सफलताको शुभकामना समेत दिनुभएको थियो।

उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत , जुनियर प्रहरी अधिकृत लगायत विभिन्न दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमका केही झलकहरु.........

Address

Liwang Rolpa
Rolpa

Alerts

Be the first to know and let us send you an email when District Police Office, Rolpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share