District Police Office Rukum East

District Police Office Rukum East Welcome to District Police Office, Rukum East Official page. For Emergencies, Dial 100 for Police Support.

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्नमितिः २०८३ साउन १९ गते । ********************************तालुक नेपाल प्रहरी प्रध...
04/08/2026

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
मितिः २०८३ साउन १९ गते ।
********************************
तालुक नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको च.नं. १९९ मिति २०८३।०४।०८ गतेको पत्रादेशानुसार जनपद प्रहरी समूह तर्फको प्रहरी हवल्दार पदबाट सोही समुह तर्फ को प्रहरी वरिष्ठ हवल्दार पदमा पदोन्नति हुनु भएका यस जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग)मा कार्यरत प्रहरी कर्मचारीहरुलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक खुमानन्द पाण्डेज्यूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुका साथै बधाई तथा आवश्यक निर्देशन समेत दिनुभयो ।

रुकुम (पूर्वी भाग) को भुमे गाउँपालिका–७, मङ्गा खोला स्थित सहिद मार्गमा गएराति ३ बजे पहिरो गई  अवरुद्ध भएको सडक यस कार्या...
04/08/2026

रुकुम (पूर्वी भाग) को भुमे गाउँपालिका–७, मङ्गा खोला स्थित सहिद मार्गमा गएराति ३ बजे पहिरो गई अवरुद्ध भएको सडक यस कार्यालय मातहत अस्थायी प्रहरी पोस्ट महत बाट प्रहरी सहायक निरीक्षक (प्रसनि) तुलसीराम चौधरीको कमान्डमा ५ जनाको प्रहरी टोली र स्थानीयवासीको संयुक्त प्रयासमा पहिरो पन्छाएर काँक्री, महत, रोल्पाको थबाङ हुँदै घोराही जोड्ने उक्त सडक खण्ड पुनः सञ्चालनमा ल्याइएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत जिल्ला रुकुम (पूर्वी भाग) को भुमे गाउँपालिका–३, काँडाबगरमा गएराति अविरल वर्षाका कारण लेदोसहि...
04/08/2026

मध्यपहाडी लोकमार्ग अन्तर्गत जिल्ला रुकुम (पूर्वी भाग) को भुमे गाउँपालिका–३, काँडाबगरमा गएराति अविरल वर्षाका कारण लेदोसहित खसेको पहिरोले अवरुद्ध सडक नेपाल प्रहरी, ट्राफिक प्रहरी र भुमे गाउँपालिकाको जेसीबी (JCB) को संयुक्त प्रयासमा पहिरो पन्छाएर पुनः यातायात सञ्चालनमा ल्याइएको छ।
​हाल पनि लगातार वर्षा भइरहेको र कुनै पनि बेला पुनः पहिरो खस्न सक्ने जोखिम रहेकाले यात्रा गर्नुअघि विशेष सावधानी अपनाउनुहुन अनुरोध छ। साथै, जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग) ले जारी गर्ने सूचनाहरू ध्यानपूर्वक हेर्न र प्रहरी कार्यालयसँग समन्वय गरेर मात्र यात्रा गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ।

अत्यावश्यक सूचना: मध्य पहाडी लोकमार्ग अवरुद्ध​हाल भइरहेको लगातारको भारी वर्षाका कारण मध्य पहाडी लोकमार्ग अन्तर्गत रुकुम ...
03/08/2026

अत्यावश्यक सूचना: मध्य पहाडी लोकमार्ग अवरुद्ध
​हाल भइरहेको लगातारको भारी वर्षाका कारण मध्य पहाडी लोकमार्ग अन्तर्गत रुकुम (पूर्वी भाग), भुमे गाउँपालिका वडा नं. ३, काँडाबगर स्थित क्षेत्रमा लेदोसहितको पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।
​रातिको समय र वर्षा जारी रहेकाले तत्काल पहिरो पन्छाउन कठिन भइरहेको छ।
​विशेष अनुरोध:
सुरक्षालाई ध्यानमा राख्दै उक्त क्षेत्र भई यात्रा नगर्न जिल्ला प्रहरी कार्यालय, रुकुम (पूर्वी भाग) हार्दिक अनुरोध गर्दछ।
​बाटो खुलाउने प्रयास जारी छ र सडक सञ्चालन हुनासाथ पुनः जानकारी गराइनेछ।

03/08/2026

आगामि तिन दिन देशका अधिकांश स्थानमा मयध्म देखी भारी वर्षा को सम्भावना रहेकाले,सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग ) हार्दीक अनुरोध गर्दछ ।

01/08/2026

भेडीगोठमा एक्कासी हातखुट्टा नचल्ने गरी बिरामी भएका व्यक्तिको नेपाल प्रहरीद्वारा सकुशल उद्दार !
थप विवरण कमेन्टमा👇👇

01/08/2026

साम्प्रदायिक/सामाजिक स‌द्भावमा खलल पुऱ्याउने ६५ जना व्यक्तिहरू पक्राउ । (मिति २०८३/०४/१३ गते देखि २०८३/०४/१६ गते ०९:०० बजे सम्म)

01/08/2026
31/07/2026

साम्प्रदायिक/सामाजिक स‌द्भावमा खलल पुऱ्याउने ३६ जना व्यक्तिहरू पक्राउ । (मिति २०८३/०४/१५ गते १७:०० बजे सम्म)

Address

Sisne , 5 Rukumkot Rukum (East Part)
Rukumkot
22002

Alerts

Be the first to know and let us send you an email when District Police Office Rukum East posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office Rukum East:

Shortcuts

Share