03/06/2026
*हार्दिक धन्यवाद तथा आभार प्रकट*
प्रस्तुत विषयमा यस उद्यमशील युवा समाज द्वारा आयोजित दोभानखोला मसान घाट नजिक मलामीहरु बस्नको लागि प्रतिक्षालय निर्माण गर्ने अभियानलाई सफल बनाउन आर्थिक सहयोग गर्ने तपसिल संघ संस्था तथा श्रमदान गर्ने तपसिल व्यक्तिहरुमा यहाँहरुले पुर्याउनुभएको अमुल्य सहयोगप्रति हामि उद्यमशील युवा समाजको तर्कबाट हार्दिक आभार व्यक्त गर्दछौँ । यस कार्यमा आर्थिक तथा भौतिक सहयोग प्रति हामि उच्च सम्मान छ । आफ्नो व्यस्त समय र शारिरिक श्रम दिएर पुर्याउनु भएको योगदान हाम्रा लागि अत्यन्तै प्रेणादाययी रहेको छ । यहाँहरुको साथ र सहयोग विना यो कार्य सम्मपन्न गर्न कठिन थियो । सहयोग गर्ने सम्पूर्ण महानुभाव, संघ-संस्था तथा शुभेच्छुकहरुमा संस्थाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । आगामि दिनहरुमा पनि यहाँहरुको यस्तै सद्भाव साथ र सहयोगको अपेक्षा हामिले गरेका छौँ ।
धन्यवाद ।