18/06/2026
नयाँ यात्रा को सुरुवात…🙏
सन् २०२३ मा म सञ्जय जयसवाल लायन्स क्लब डिस्ट्रिक्ट ३२५ आर अन्तर्गत लायन्स क्लब मिथिला सिटी, काठमाडौं को साधारण सदस्यको रूपमा आबद्ध भएको थिएँ। त्यसबेला देखि लायन्सको सिद्धान्तलाई आत्मसात गर्दै मधेस प्रदेश, बागमती प्रदेश तथा विभिन्न जिल्लाहरूमा सामाजिक सेवा, नेतृत्व विकास र मानवीय अभियानहरूमा सक्रिय रूपमा सहभागी हुँदै यात्रा अघि बढाएँ। सचिवको जिम्मेवारी पनि सफलतापूर्वक पूरा गर्ने अवसर पाएँ।
यस वर्ष मेरा प्रिय साथीहरूले मेरो कार्यक्षमता र सेवाप्रतिको समर्पणलाई विश्वास गर्दै अध्यक्ष को जिम्मेवारी लिन आग्रह गर्नुभयो। तर मेरो मनमा धेरै पहिलेदेखि एउटा सपना थियो,
बरहथवा नगरपालिकामै लायन्सको भावना र सेवालाई विस्तार गर्दै आफ्नै ठाउँबाट नेतृत्व सुरु गर्ने।
आज खुसीका साथ जानकारी गराउन चाहन्छु कि त्यो सपना अब वास्तविकतामा परिणत भएको छ। हामीले लायन्स क्लब अफ बरहथवा सिटी दर्ता गरिसकेका छौँ।
यो क्लब कुनै पार्टी, जात, वर्ग वा समूहको होइन। लायन्स एउटा सिद्धान्त हो, सेवा, नेतृत्व, मानवता र सामाजिक उत्तरदायित्वको सिद्धान्त।
हामी समाजका पिछडिएका वर्ग, गरिब, असहाय, बालबालिका, क्यान्सर पीडित, शिक्षा, स्वास्थ्य, नेतृत्व विकास तथा सामाजिक रूपान्तरण का क्षेत्रमा काम गर्नेछौँ।
मैले लायन्स बाट धेरै कुरा सिक्ने अवसर पाएँ, अब त्यो अनुभव र सिकाइ आफ्नै ठाउँमा लागू गर्ने प्रयास गर्नेछु। जानेको कुरा बाँड्ने छु, नजानेको कुरा अग्रजहरूबाट सिकेर युवाहरू, व्यवसायीहरू, समाजसेवीहरू, बौद्धिक व्यक्तित्वहरू, सरकारी तथा निजी क्षेत्रका साथीहरूलाई एउटै सेवाको यात्रामा जोड्ने छु
बरहथवा नगरपालिकाभित्रका सम्पूर्ण साथीभाइ, युवा, व्यवसायी, समाजप्रेमी र परिवर्तन चाहने सबैलाई हार्दिक आह्वान गर्दछु, आउनुहोस्, एउटै छातामुनि आबद्ध बनौँ, समाजलाई सकारात्मक दिशा दिऔँ र सेवाको संस्कारलाई बलियो बनाऔँ।
समाजलाई राम्रो नेतृत्वकर्ता चाहिन्छ, र राम्रो नेतृत्वकर्ता त्यो हो जसले सेवालाई प्राथमिकता दिन्छ।
बरहथवावासी को गौरवको अभियान — सेवा, नेतृत्व र मानवताको नयाँ परिवर्तनको सुरुवात 🙏🙏🙏