23/09/2026
काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति तथा सिन्धुली बहुमुखी क्याम्पसका संचालक समितिका पूर्व अध्यक्ष आदरणीय प्रा. डा. सुरेशराज शर्मा ज्यूको असामयिक एवं दुःखद निधनप्रति हामी गहिरो शोक व्यक्त गर्दछौं।
नेपालको उच्च शिक्षाको विकास तथा यस क्याम्पसको उन्नतिमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदान सदैव स्मरणीय रहनेछ। दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं।