८ नं वडा कार्यालय - बलेफी गाउँपालिका, सिन्धुपाल्चोक

  • Home
  • Nepal
  • Sindhupalchok
  • ८ नं वडा कार्यालय - बलेफी गाउँपालिका, सिन्धुपाल्चोक

८ नं वडा कार्यालय - बलेफी गाउँपालिका, सिन्धुपाल्चोक बलेफी गाउँपालिका, वडा नं. ८, लामोसाँघुको आधिकारिक फेसबुक पेज

हिँड्न नसक्ने ज्येष्ठ नागरिकसम्म सेवा पुर्‍याउँदै…टोल–टोलमा पुग्दै, आफ्नै आँगनमा सेवा लिद‌ै वलेफी गाउपालिका वडा न ८ सामा...
23/09/2026

हिँड्न नसक्ने ज्येष्ठ नागरिकसम्म सेवा पुर्‍याउँदै…
टोल–टोलमा पुग्दै, आफ्नै आँगनमा सेवा लिद‌ै वलेफी गाउपालिका वडा न ८ सामाजिक सुरक्षा भत्ता नवीकरणको निरन्तर अभियान। 🙏❤️

देहाय बमाेजिमकाे सूचनामा नाम छुट्नुभएका ज्येष्ठ नागरिकहरूकाे परिवारले तपशिल बमाेजिमकाे फाेन न मा आज वेलुका ७:०० वजे सम्म...
23/09/2026

देहाय बमाेजिमकाे सूचनामा नाम छुट्नुभएका ज्येष्ठ नागरिकहरूकाे परिवारले तपशिल बमाेजिमकाे फाेन न मा आज वेलुका ७:०० वजे सम्म सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।🙏

वलेफी गाउपालिका वडा न ८ काे कार्यालयमा ५-०० वजे सम्म ०११-४९५१०३
वडा अध्यक्ष - श्री रमेश कुमार श्रेष्ठ ९८५११९५२२५
वडा सचिव - प्रियङ्का यादव - 9762137142
सहायक कम्प्युटर अपरेटर - विमला चाैलागाई ९८४११०८३५९

22/09/2026

अझै पनि हामी घरदैलो अभियानमा 🙏

🧘‍♀️❤️ योगसँग जोडिएको सुन्दर साथ, स्वस्थ जीवनतर्फको मिठो पाइला।आ.व. २०८२/०८३ को वडा नं. ८ को बजेटबाट लामोसाँघु योग साधना...
21/09/2026

🧘‍♀️❤️ योगसँग जोडिएको सुन्दर साथ, स्वस्थ जीवनतर्फको मिठो पाइला।
आ.व. २०८२/०८३ को वडा नं. ८ को बजेटबाट लामोसाँघु योग साधना केन्द्रका योग साधकसाधिकाहरूका लागि कार्यपालिका सदस्य श्री कविता काफ्ले र यसै वडाका वडा सदस्य श्री शुशिला विक ज्युकाे राेहवर (उपश्थिति)मा ट्याकसुट वितरण कार्यक्रम २०८३/०६/०५ गते 🙏

सामाजिक सुरक्षा भत्ता नविकरण घरदैलाे सेवा 🙏
19/09/2026

सामाजिक सुरक्षा भत्ता नविकरण घरदैलाे सेवा 🙏

हाल काठमाडौंमा बसोबास गरिरहनुभएका लाभग्राहीहरू तथा गाउँमै रही हिँडडुल गर्न कठिनाइ भएका ज्येष्ठ नागरिक/अशक्त लाभग्राहीहरू...
17/09/2026

हाल काठमाडौंमा बसोबास गरिरहनुभएका लाभग्राहीहरू तथा गाउँमै रही हिँडडुल गर्न कठिनाइ भएका ज्येष्ठ नागरिक/अशक्त लाभग्राहीहरूलाई सहजताका लागि आवश्यकतानुसार घुम्ती सेवामार्फत नवीकरणको व्यवस्था गरियकाे हुदा आबश्यक कागज पत्र सहित तपशिलकाे मिति समय र स्थानमा उपश्थित भई सेवा लिन हुन हार्दिक अनुराेध गरिन्छ ।
आवश्यक कागजात:
१.सामाजिक सुरक्षा भत्ता परिचयपत्र
२.नेपाली नागरिकताको प्रमाणपत्र
३.राष्ट्रिय परिचयपत्र
सम्बन्धित अन्य आवश्यक कागजात
वलेफी गाउपालिका वडा न ८
सम्पर्क न ९८५११९५२२५ रमेश कुमार श्रेष्ठ वडा अध्यक्ष
प्रियङ्का यादव ९७६२१३७१४२ वडा सचिव
विमला चाैलागाई ९८४११०८३५९ सहायक कम्प्युटर अपरेटर

६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्नआज मिति २०८३/०५/२६ गते बलेफी गाउँपालिका वडा नं. ८ को आयोजनामा यस...
11/09/2026

६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न
आज मिति २०८३/०५/२६ गते बलेफी गाउँपालिका वडा नं. ८ को आयोजनामा यसै वडास्थित वनसाँघु माध्यमिक विद्यालयमा
“स्वस्थ बालबालिका, सुरक्षित भविष्य—कुलतमुक्त वडा हाम्रो लक्ष्य”
भन्ने विषयमा वडा स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न कार्यक्रममा बलेफी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्षज्यूको प्रमुख आतिथ्यता तथा गाउँपालिका शिक्षा शाखा प्रमुखज्यूको विशेष आतिथ्यता रहेको थियो। साथै शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका महानुभावहरूको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो। 🙏बालबालिकाको प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि तथा कुलतमुक्त समाज निर्माण गर्दै स्वस्थ र सुरक्षित भविष्यको आधार तयार गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले बालबालिकामा सकारात्मक सोच र नयाँ उत्साह थप्ने विश्वास लिएका छौँ कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सहकार्य र सहभागिता जनाउनुहुने सम्पूर्णमा हार्दिक आभार 🙏

सूची अद्यावधिक तथा नवीकरण गर्ने सम्बन्धी सूचना ।
11/09/2026

सूची अद्यावधिक तथा नवीकरण गर्ने सम्बन्धी सूचना ।

सूचना ।।।भोटेकोशीमा बाढी आएको भन्ने खबरसँगै सामाजिक सञ्जालमा विभिन्न हल्ला फैलिएको अवस्थामा, लामोसाँघु प्रहरी चौकीमा सम्...
31/08/2026

सूचना ।।।

भोटेकोशीमा बाढी आएको भन्ने खबरसँगै सामाजिक सञ्जालमा विभिन्न हल्ला फैलिएको अवस्थामा, लामोसाँघु प्रहरी चौकीमा सम्पर्क गरी बुझ्दा माथिल्लो क्षेत्रमा पानी परिरहेका कारण खोलाको बहाव केही बढेको जानकारी प्राप्त भएको छ।अहिले आत्तिएर भागाभाग गर्नुपर्ने अवस्था नरहेको जानकारी भए पनि खोला किनार तथा जोखिमयुक्त स्थानमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू भने उच्च सतर्कता अपनाई सुरक्षित रहनुहुन अनुरोध छ। 🙏
कुनै पनि अपुष्ट सूचना वा हल्लाको पछि नलागौँ। आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार मानौँ।
सतर्क रहौँ, सुरक्षित रहौँ। 🙏

सबैको सुरक्षा र कुशलताको कामना

वलेफी गाउपालिका वडा न. ८ काे कार्यालय
लामाेसाघु,सिन्धुपाल्चोक ।

अत्यन्त दुःखद सूचना तथा खोजी कार्यका लागि अपिल🙏रसुवा जिल्लाको टिमुरे तथा आसपासको क्षेत्रमा भएको दुःखद प्राकृतिक विपद्का ...
29/08/2026

अत्यन्त दुःखद सूचना तथा खोजी कार्यका लागि अपिल🙏

रसुवा जिल्लाको टिमुरे तथा आसपासको क्षेत्रमा भएको दुःखद प्राकृतिक विपद्का क्रममा हाम्रो वडाका एक जना नागरिकको दुःखद निधन भएको खबरले हामी अत्यन्त मर्माहत भएका छौँ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ। 🙏😭
साथै, सोही घटनामा अन्य केही व्यक्तिहरू अझै सम्पर्कविहीन रहेको हुँदा उहाँहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकाय, सुरक्षा निकाय तथा सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौँ।
सम्पर्कविहीन हुनुभएका सबैजना सकुशल भेटिनुहोस भन्ने कामना गर्दछौँ। सवैजनाले सेयर गरेर साथ सहयाेग गरिदिनुहाेला
वडा कार्यालयपरिवार
वलेफी ८ सिन्धुपाल्चोक लामाेसाँघु

Address

Lamosanghu, Balephi Rural Municipality
Sindhupalchok
45314

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when ८ नं वडा कार्यालय - बलेफी गाउँपालिका, सिन्धुपाल्चोक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category