नेपाली कम्युनिस्ट पार्टी, कर्णाली प्रदेश

  • Home
  • Nepal
  • Surkhet
  • नेपाली कम्युनिस्ट पार्टी, कर्णाली प्रदेश

नेपाली कम्युनिस्ट पार्टी, कर्णाली प्रदेश यो नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेशको फेसबुक पेज हो ।

02/07/2026

सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको यात्रुवाहक माइक्रो बस कर्णाली राजमार्गको साङ्गेतडास्थित कर्णाली नदीमा खस्दा ठूलो जनधनको क्षति भएको घटनाले मलाई अत्यन्त मर्माहत र दुखित बनाएको छ।
​यस दुःखद दुर्घटनामा ज्यान गुमाउनु भएका मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
​साथै, दुर्घटनामा बेपत्ता भएका यात्रुहरूको तीव्र खोजी, घाइतेहरूको तत्काल उद्धार तथा प्रभावकारी उपचारका लागि सम्बन्धित सरकारी निकाय र स्थानीय प्रशासनसँग आग्रह गर्दछु। विपदको यस घडीमा उद्धार र राहत कार्यमा आवश्यक समन्वय गर्दै सहयोगमा जुट्न म स्थानीय पार्टी पङ्क्तिलाई समेत निर्देशित गर्दछु।
​पुष्पकमल दाहाल 'प्रचण्ड'
संयोजक
नेपाली कम्युनिष्ट पार्टी

29/06/2026

राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को हार्दिक शुभकामना!
​कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड हो। हाम्रा श्रमजीवी किसानहरूको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा र समृद्धिको आधार निर्माण सम्भव छ।
​तर, रोपाइँको यो मुख्य समयमा पनि किसानहरूले सहज रूपमा मल, बीउबिजन, सिँचाइ र आवश्यक कृषि सामग्री पाउन सकेका छैनन्। त्यसैले, किसानमैत्री नीति र कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा विशेष गम्भीरता देखाउन म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।
​यो विशेष दिवसले कृषि र किसानप्रतिको सम्मान एवं उत्पादन वृद्धिको नयाँ सङ्कल्प जगाओस्। सम्पूर्णमा सुख, समृद्धि र सफल खेतीपातीको हार्दिक शुभकामना !

सबैलाई फारम भर्न आग्रह गरिन्छ ।✊
22/06/2026

सबैलाई फारम भर्न आग्रह गरिन्छ ।✊

नेपाल कम्युनिष्ट पार्टीको विचार, दृष्टिकोण, रणनीति, कार्यनीति, कार्यक्रम, निर्णय, गतिविधिसहितका सामग्रीहरु सार्....

गणतन्त्र दिवस-२०८३ को शुभकामना आदरणीय जनसमुदाय,गणतन्त्र दिवस-२०८३ का अवसरमा न्याय, समानता र स्वतन्त्रताका पक्षधर समस्त न...
29/05/2026

गणतन्त्र दिवस-२०८३ को शुभकामना
आदरणीय जनसमुदाय,
गणतन्त्र दिवस-२०८३ का अवसरमा न्याय, समानता र स्वतन्त्रताका पक्षधर समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र विभिन्न कालखण्डमा नेपाली जनताले गरेको लामो संघर्ष, हजारौं सहिदहरूको बलिदान, त्याग र समर्पणको ऐतिहासिक उपलब्धि हो। यो व्यवस्था कुनै व्यक्ति वा दलको नभएर परिवर्तनका आकांक्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि हो। तसर्थ, संविधानको मूल मर्मबाट पछि हट्ने वा यसका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई छैन।
संविधानको कार्यान्वयनमा देखिएका कमजोरीहरूलाई सच्याउँदै, राज्य सञ्चालनको प्रक्रियामा विद्यमान परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्नु आजको आवश्यकता हो। जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै साँचो अर्थमा गणतन्त्रप्रतिको सम्मान हो। "गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो।" त्यसका लागि समावेशी, पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गर्दै उपेक्षित, उत्पीडित वर्ग, समुदाय र क्षेत्रका अधिकारलाई झनै मजबुत बनाउनु अपरिहार्य छ।
आज देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र आम नागरिकबीच एकता आवश्यक छ। सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माण गर्नु हाम्रो साझा राष्ट्रिय संकल्प हो।
हामीबीच राजनीतिक मतभेद हुनसक्छन्, संसदीय परिपाटीमा संख्यात्मक अंकगणित फरक हुनसक्छ, तर राष्ट्रिय सरोकारका मुद्दामा संवाद र सहकार्य हाम्रो संस्कार बन्नुपर्छ। संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो। परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने कुनै पनि प्रयासप्रति हामी सचेत रहनुपर्छ। नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबै एकजुट बनौं।
सबैमा पुनः हार्दिक शुभकामना!
१५ जेठ २०८३
ने.सं.११४६ अनालाथ्व त्रयोदशी

पुष्पकमल दाहाल ‘प्रचण्ड’
संयोजक
नेपाली कम्युनिष्ट पार्टी

नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन मंसिर ११ देखि १५ गतेसम्म । यस्तो छ तालिका ।
27/04/2026

नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन मंसिर ११ देखि १५ गतेसम्म । यस्तो छ तालिका ।

आधिकारिक धारण ! ✊🇻🇳
28/03/2026

आधिकारिक धारण ! ✊🇻🇳

निर्वाचन सफलताको लागि सवैमा धन्यवाद !!
14/03/2026

निर्वाचन सफलताको लागि सवैमा धन्यवाद !!

24/01/2026

आगामी फागुन २१ गतेको आम निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट सुर्खेत क्षेत्र नम्बर २ का उम्मेदवार झक बहादुर मल्ल 'सुदिप' लाई बिजयको अग्रिम शुभकामना !!
#भेटौं_प्रचण्ड_सुनौं_प्रचण्ड

“लेखक, विश्लेषक तथा नागरिक अभियन्ता युग पाठक आजदेखि हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समायोजन हुनुभएको छ । यहाँला...
24/01/2026

“लेखक, विश्लेषक तथा नागरिक अभियन्ता युग पाठक आजदेखि हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समायोजन हुनुभएको छ । यहाँलाई हार्दिक स्वागत छ ।

पार्टी निर्देशन बिपरित काम गरेको भन्दै हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टीले ७ कमरेडहरूलाई कारबाही गरेको छ ।
24/01/2026

पार्टी निर्देशन बिपरित काम गरेको भन्दै हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टीले ७ कमरेडहरूलाई कारबाही गरेको छ ।

Address

Karnali Provance (surkhet)
Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when नेपाली कम्युनिस्ट पार्टी, कर्णाली प्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share