District Police Office Surkhet

District Police Office Surkhet Welcome To District Police Office Surkhet Official page, For Emergencies, Dial 100 For Police Support .

लागूऔषध (खैरो हिरोईन) १९ ग्राम ५१० मिलिग्राम सहित ४ जना पक्राउ ..!
03/09/2026

लागूऔषध (खैरो हिरोईन) १९ ग्राम ५१० मिलिग्राम सहित ४ जना पक्राउ ..!

१६ भाद्र २०८३                                                                                                           ...
01/09/2026

१६ भाद्र २०८३ (Police Baton)-२०८३ निरीक्षण/अनुगमन कार्यक्रम सम्पन्‍न ।
********************************************
नेपाल प्रहरी कार्य दक्षता मुल्याङ्कन (Police Baton) २०८३ को निरीक्षण/अनुगमनको सिलसिलामा खटि आउनु भएका तालुक नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका विभागिय प्रमुख श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहज्यु तथा सदस्यज्यूहरुको टोलीबाट यस कार्यालय मातहत प्रहरी चौकी रामघाट, सुर्खेतको कार्यालय परिसर, शाखाहरुको अभिलेख व्यवस्थापन साथै जिम्मेवारी इलाकाको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिनुका साथै उपस्थित कार्यरत प्रहरी कर्मचारीहरुलाई विभागिय निति निर्देशन समेत दिनु भएको छ ।

01/09/2026

ड्रोनबाट खोजी गर्दै जाँदा नुवाकोटको बेत्रावती स्थित एउटै घरमा २४ शव फेला पारी शव व्यवस्थापन गर्दै नेपाल प्रहरी ।

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन–२०८३ को निरीक्षण सम्पन्न********************************************************सुर्...
31/08/2026

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन–२०८३ को निरीक्षण सम्पन्न
********************************************************
सुर्खेत, १५ भदौ ।
****************
तालुक नेपाल प्रहरी प्रधान कार्यालयबाट “नेपाल प्रहरी कार्यदक्षता मूल्याङकन मापदण्ड (Police Baton),२०८३” बमोजिम यस कार्यालयमा निरीक्षणको लागि खटि आउनु भएका नेपाल प्रहरी कार्यदक्षता मूल्याङकन समितिका संयोजक श्रद्देय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यू, आज मिति २०८३।०५।१५ गते दिउसो अं.१५:२५ बजेको समयमा यस कार्यालयमा पाल्नु भई यस कार्यालयका सम्पुर्ण शाखाहरु, हिरासत कक्ष, कार्यालयको भवन, ब्यारेक परिसरको साथै सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्न आउटको निरीक्षण गर्नु भई कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई, प्रहरी आचरण, व्यवहारमा सुधार गरी आफ्नो जिम्मेवारी प्रति ईमान्दारीका साथ उच्च मनोवल राखी व्यवसायिक कार्य गर्न भनी महत्वपूर्ण बिभागिय नीति निर्देशन निर्देशन दिनु भई १६:३८ बजे यस जिल्ला प्रहरी कार्यालय सुर्खेतको निरीक्षण सम्पन्न भएको छ ।

(१४ भाद्र २०८३)                                                                                                         ...
30/08/2026

(१४ भाद्र २०८३) निरीक्षण/अनुगमन कार्यक्रम सम्पन्‍न ।
********************************** नेपाल प्रहरी कार्य दक्षता मुल्याङ्कन (Police Batton) २०८३ को निरीक्षण/अनुगमनको सिलसिलामा खटि आउनु भएका तालुक नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका विभागिय प्रमुख श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहज्यु तथा सदस्यज्यूहरुको टोलीबाट यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय छिन्चु, सुर्खेतको कार्यालय परिसर, सम्पुर्ण शाखाहरुको अभिलेख व्यवस्थापन साथै जिम्मेवारी इलाकाको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिनुका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई विभागिय निति निर्देशन समेत दिनु भएको छ ।

१३ भाद्र २०८३                                                                                                           ...
29/08/2026

१३ भाद्र २०८३ Lost & Found
**************** मिति २०८३।०५।१३ गते रातको १:००बजेको समयमा जि.सुर्खेत वीरेन्द्रनगर न.पा.वडा नं.०३ सिर्जनशिल टोलमा पार्किङ गरि राखेको क.प्र.०२००२ प ६१९७ नम्बरको कालो रंगको १२५ सि.सि.को यमाह कम्पनीको स्कुटर चोरी भएको भनी यस कार्यालयमा जानकारी गराई तत्काल प्रहरी टोली परिचालन गर्दा संम्भावित वडा एरिया खोजतलास गर्दा व्यवारीसे अवस्थामा सोहि स्कुटर फेला पारी सम्बन्धित सवारी धनिका सहोदर भाइ जि.सुर्खेत वीरेन्द्रनगर न.पा.३ बस्ने वर्ष २९ का विनोद विष्टलाई बुझाइएको छ ।

०८ भाद्र २०८३                                                                                                           ...
24/08/2026

०८ भाद्र २०८३ त्रैमासिक कार्य प्रगति विवरण प्रस्तुतिकरण कार्यक्रम सम्पन्‍न ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा मातहतका प्रहरी कार्यालय समेतबाट  २०८३ साउन महिनामा सम्पादित विभिन्न कार्य तथा गतिविधि...
19/08/2026

जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा मातहतका प्रहरी कार्यालय समेतबाट २०८३ साउन महिनामा सम्पादित विभिन्न कार्य तथा गतिविधिहरुको सम्बन्धमा प्रेस विज्ञप्ति ।

०२ भाद्र २०८३                                                                                                           ...
18/08/2026

०२ भाद्र २०८३ Lost & Found

०१ भाद्र २०८३                                                                                                           ...
17/08/2026

०१ भाद्र २०८३ दर्ज्यानी चिन्ह द्धारा सु-शोभन कार्यक्रम” सम्पन्‍न ।
***************************************
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको च.नं.१९९, मिति २०८३।०४।०८ गतेको पत्रादेशले जनपद प्रहरी समूह तर्फ प्रहरी हवल्दार पदबाट प्रहरी बरिष्ठ हवल्दार पदमा पदोन्नती हुनु भएका प्रहरी बरिष्ठ हवल्दार तेज सिंह थापालाई कार्यालय प्रमुख प्रहरी उपरीक्षक ठाकुर प्रसाद पोखरेलबाट दर्ज्यानी चिन्ह द्वारा सु-शोभन गरी दिनु भई आवश्यक निर्देशन समेत दिनु भएको छ ।

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when District Police Office Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share