Clicky

Kaligandaki Gaunpalika Syangja

Kaligandaki Gaunpalika Syangja कालीगण्डकी गाउँपालिका स्याङ्जा

कालीगन्डकी गाउपालिका यो भेगका सम्पूर्ण जनता लाई समेट्ने उद्देश्य ले खोलिएको यो पेज हो। यो कालिगण्डकी गाउँपालिकाको आधिकारिक पेज होइन। कालीगण्डकी बासीले सन्चालन गरेको पेज हो।

Operating as usual

आफ्नै छाप, झण्डा र गान भएको पालिका बन्योः स्याङ्गजाको कालीगण्डकी गाउँपालिकास्याङ्गजा जिल्लाको कालीगण्डकी गाउँपालिका आफ्न...
30/12/2022

आफ्नै छाप, झण्डा र गान भएको पालिका बन्योः स्याङ्गजाको कालीगण्डकी गाउँपालिका
स्याङ्गजा जिल्लाको कालीगण्डकी गाउँपालिका आफ्नै छाप, झण्डा र गान भएको सम्भवतः पहिलो स्थानीय तह बनेको छ ।
यसअघि नै गाउँपालिकाभित्र हुने हरेक औपचारिक कार्यक्रममा नेपालको राष्ट्रिय गानसँगै आफ्नो गाउँपालिका गान प्रयोग गर्दै आएको उक्त गाउँपालिकाले अब भने गाउँपालिकाको विशिष्ट पहिचान झल्किने छाप र झण्डा समेत प्रयोग गर्ने छ ।
गाउँ कार्यपालिकाको मिति २०७९ असोज २७ को निर्णय बमोजिम गाउँपालिका छाप र झण्डा समेतको डिजाइनका लागि खुल्ला प्रतिस्पर्धाको लागि सूचना प्रकाशित गरिए बमोजिम प्राप्त हुन आएका डिजाइनहरुमध्येबाट गाउँपालिकाको मौलिक विशिष्टता झल्काउने डिजाइनयुक्त छाप र झण्डालाई गाउँ कार्यपालिकाको मिति २०७९ पौष १२ को निर्णयबाट छनौट गरिएको र छाप, झण्डा र गानको मर्यादित प्रयोगका लागि कार्यविधि समेत तय गरिएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले बताए ।
छनौट भएको गाउँपालिका छाप र झण्डा दुवैको डिजाइन गाउँपालिकाभित्रकै प्रतिस्पर्धीबाट प्राप्त हुन आएका हुन । छापको डिजाइनकर्ता वडा नं. ५ कि रितिजा श्रेष्ठ हुन भने झण्डाको डिजाइनकर्ता वडा नं. ७ का मदन भट्टराई हुन । दुवै डिजाइनकर्ताले जनही नगद रु ५० हजार र प्रमाणपत्र समेत प्राप्त गर्नेछन ।
छनौट भएका छाप र झण्डाको डिजाइनः–

Breaking-निर्वाचन आयुक्त इश्वरी प्रसाद पौड्याल द्वारा स्याङ्गजा क्षेत्र नं २ मा मतगणनाका लागि प्रक्रियागत सिफारिस !
27/11/2022

Breaking-

निर्वाचन आयुक्त इश्वरी प्रसाद पौड्याल द्वारा स्याङ्गजा क्षेत्र नं २ मा मतगणनाका लागि प्रक्रियागत सिफारिस !

25/11/2022

तपाईं हरुले नै हो येतिका बर्ष शासन चलाएको, नियम कानुन बनाएको, नियम कानुनमा कैफियत देख्दा किन सुधार गर्ने आट नगरेको? केही सबाल तथा गहन प्रश्न हरुछन्👇️
१. वार्ड अफिसमा आएर मृत्यु दर्ता गरिसकेको नागरिकको नाम मतदाता नामावलिमा किन रहिरह्यो?
२. सरकारी निकाय बाट श्रम स्वीकृति लियि, सरकारी अधिकारिले प्रमाणित गरि इमिग्रेसन गरेर बिदेश गएको/फर्केको नागरिक को नाम अपडेट गर्न नसकिने/नमिल्ने हो?
३. यो निर्बाचन प्रणालिमा धादली हुन्छ भनेर जानिरहदा, बिस्वासिलो प्रबिधिमैत्री निर्बाचन प्रणाली प्रयोगमा ल्याउन किन पहल गर्नु भएन?

यो सबै मिलाउनको लागि होईन तपाईं हरुलाई जिताएर पठाएको, एउटा सरकारी निकायमा दर्ता भएको डाटा स्वतह अरु निकायमा अपडेट हुने गरि सिस्टम बनाउन सकिँदैन र?
कुनै बिबाद छन भने सबै पक्ष टेबलमा बसेर नियम कानुन पल्टाएर निर्णयमा पुग्नुस! बाटोमा बस्ने, नारा लगाउने, नाच्ने, भिडभाड गर्ने जस्ता काम गर्ने हरुलाई जनताले पेसेबर राजनिक कार्यकर्ता/बेरोजगार भेडा भनी परिभाषित गर्न थालेका छन।
राजनितिक दलका कार्यकर्ताले आफ्ना नेतालाई प्रश्न गर्नुहोला, दबाब दिनुहोला, सिस्टम आफै नसुधार्ने अनि अहिले दोस थुपार्न मिल्छ?
सन्दर्भ - स्याङ्जा-२

18/11/2022

🔔स्याङ्जामा घण्टीको टक्कर🔔☀️🌲

स्याङ्जामा दुईवटा निर्वाचन क्षेत्र छन् । स्याङ्जा १ मा गठबन्धनको सहयोगमा कांग्रेसका राजु थापाले जित्ने धेरैको अनुमान छ । यहाँ एमालेबाट नारायण मरासिनी उम्मेदवार छन् । यसअघि पनि जितेका उनी संसदमा पनि कमै जनताका कुरा राख्नेमा पर्थे । उनीमाथि स्याङ्जामा काम गर्न नसकेको आरोप छ ।

२०७० सालमा थापाले र २०७४ सालमा मरासिनीले गरेर उक्त क्षेत्रबाट पालैपालो चुनाव जितेका थिए । देशभर देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीको क्रेज पनि यो ठाउँमा छ । उसले पनि केही मत काट्दा जित–हारको नतिजा उल्टिन सक्छ । स्याङ्जा १ मा स्वतन्त्र पार्टीबाट बोधराज रेग्मी उम्मेदवार छन् । स्याङ्जामा धेरैको चासो रहेको ठाउँ स्याङ्जा २ हो । यहाँ नेकपा एमालेकी सचिव पद्मा अर्याल र कांग्रेसका उपसभापति धनराज गुरुङ उम्मेदवार छन् ।

तर, यी दुवैलाई स्वतन्त्र पार्टीका टिकराज गुरुङले चुनौती दिएका छन् । स्थानीय स्तरमा राम्रो छवि भएका टिकराजले चुनाव नै जित्ने धेरैको अनुमान छ । तर, त्यो नभए पनि उनले सम्मानजनक मत पाउने देखिन्छ । यसले पद्‌मा र धनराजमध्ये कसले चुनाव जित्छ भन्न सक्ने अवस्था छैन ।

२०७४ सालमा जितेर गएपछि नफर्केको भन्दै पद्‌मासँग मतदाता रुष्ट छन् । धनराज त जित सुरक्षित गर्न आफ्नो निर्वाचन क्षेत्र अर्का नेता राजु थापालाई छोडेर स्याङ्जा २ रोजेका हुन् । उनलाई टुरिष्ट उम्मेदवारको ट्याग छ । यसरी दुवैको विकल्पको रूपमा ३ दशक त्यही क्षेत्रमा पढाएका, क्षेत्रीय भलिबल खेलाडी टिकराज बन्न सक्छन् । व्यक्तिगत छवि त राम्रो छँदै थियो, घण्टी चिह्नको लहरले टिकराजलाई थप बल पुगेको छ ।

स्याङ्जा जिल्ला निर्बाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य निर्बाचनको मतपत्र यस्तो हुनेछ।आफ्नो प्रतिनिधित्व गर्न सक...
19/10/2022

स्याङ्जा जिल्ला निर्बाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य निर्बाचनको मतपत्र यस्तो हुनेछ।
आफ्नो प्रतिनिधित्व गर्न सक्ने, देशको हित गर्ने, पार्टी तथा उम्मेदवारको निर्बाचन चिन्न जानिबस्नु होला।

कालिगण्डकि गाउँपालिका, स्याङ्जाको पालिका-छाप (लोगो) र झण्डा डिजाईनसम्बन्धि सूचना ।।
17/10/2022

कालिगण्डकि गाउँपालिका, स्याङ्जाको पालिका-छाप (लोगो) र झण्डा डिजाईनसम्बन्धि सूचना ।।

09/10/2022

मङ्सिर ४ निर्बाचन अपडेट
स्याङ्जामा उमेद्बार (हालसम्मको जानकारिको आधारमा)

नेपाली काङ्ग्रेस/ गठबन्धन
क्षेत्र १- राजु थापा(संघ )
प्रदेश क-माओवादी अमृता थापा
प्रदेश ख- कुमार राना

क्षेत्र २-मा.धनराज गुरुङ
प्रदेश क- भोजराज अर्याल
प्रदेश ख- महेश भट्टराई

नेकपा एमाले
क्षेत्र १-नारायण मरासिनी (संघ )
प्रदेश क-मीन प्रसाद गुरुङ
प्रदेश ख- सुधीर पौडेल

क्षेत्र २-पद्मा कुमारी अर्याल (संघ)
प्रदेश क- मोहन रेग्मी
प्रदेश ख- डा. बुद्धिमान श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी 🔔
क्षेत्र २- टिकराज गुरुङ

विजय दशमीको अवसरमा तपा‌इहरू सबै प्रति शुभकामना व्यक्त गर्दछौं। सदैव खुसी शान्ति र समृद्धि तथा शुस्वास्थको शुभकामना।
05/10/2022

विजय दशमीको अवसरमा तपा‌इहरू सबै प्रति शुभकामना व्यक्त गर्दछौं। सदैव खुसी शान्ति र समृद्धि तथा शुस्वास्थको शुभकामना।

https://m.facebook.com/story.php?story_fbid=169491808975711&id=102217879036438जनता मा.वि. बिर्घा द्वारा बधाइ तथा सम्मान ...
03/08/2022
जनता मावी स्याङ्जाद्वारा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न – Kantipur Parda

https://m.facebook.com/story.php?story_fbid=169491808975711&id=102217879036438
जनता मा.वि. बिर्घा द्वारा बधाइ तथा सम्मान कार्यक्रम सम्पन्न ।

जि.के. पाण्डे/ साउन १८ श्री जनता माध्यमिक विद्यालय कालीगण्डकी ४ अर्चलेले नव निर्वाचित जन प्रतिनिधि,पुरुष तथा महिल....

23/05/2022

रातमा लाली छर्दै गरेको कालीगण्डकी ३/४(बिर्घा)को मनमोहक दृश्य।

सम्पुर्ण बिजयी उमेदवार लाई हार्दिक बधाई 🎆दिन चाहान्छौ।🎇 यो जित भनेको कुनै नेता, कार्यकर्ता वा भोटरको मात्र नभएर सम्पुर्ण...
16/05/2022

सम्पुर्ण बिजयी उमेदवार लाई हार्दिक बधाई 🎆दिन चाहान्छौ।🎇 यो जित भनेको कुनै नेता, कार्यकर्ता वा भोटरको मात्र नभएर सम्पुर्ण जनताको हो। यहाँहरुलाई भोट दिने वा नदिने दुबै यहाहरुको नजरबाट समान हुनुपर्दछ। 🙏 चुनाब हो जित हार हुन्छ नै, चुनाब मा बिजयी नहुनु भएका हरुले पनि कुनै द्वेष नराखी निरन्तर समाजसेवामा लागि पर्नुहुनेछ भन्ने आशा ब्यक्त गर्दछौ। निर्बाचनमा सबैको जित असम्भब छ। निर्बाचनताक विभिन्न ध्रुबमा बाडिएको समाजलाई 🤝एक गर्दै अगाडि बढाउने जिम्मा यहहरुको हातमा सुम्पेकाछौ। अत: नतिजालाई सहर्ष स्विकार गर्दै अगाडि बढनुपर्ने हुन्छ। जनता चुनाबमा मात्र चाहिदैन, सदैब जनताको सेवामा खटिनको लागि जनताले मतपेटिकामा आफ्नो अमुल्य मत दियि जिताएकाहुन। जनताले सामान्य आवश्यकता जस्तै- बाटोघाटो, खानेपानी, स्वास्थ्यको सहज व्यवस्था खोजिरहेका छन। स्थानिय सरकारले दुखमा सबै जनताको आँसु 😭 पुसिदिनु पर्छ। सबै जनताको🤗हातमा हात र साथमा साथ दिनु पर्दछ। परिबर्तनको अपेक्षासहित, नेतागिरी र ब्यक्तिगत स्वार्थ अस्विकार गरेको चुनाबी परिणामले बताएको छ। सम्पुर्ण जनप्रतिनिधि लाई आलमदेबिले🙏🙏 सोहिअनुसार अगाडि बड्ने सत्बुद्धि दिउन। 🤝 सफल कार्यकालको शुभकामना ।
जय जनता!! जयआलम देबि!!
#स्थानिय_निर्वाचन

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा मतदातामा उम्मेदवारले ल्याएका घोषणापत्र , प्रतिबद्धता , संकल्पहरूमा छलफल  र चर्चा चल...
04/05/2022

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा मतदातामा उम्मेदवारले ल्याएका घोषणापत्र , प्रतिबद्धता , संकल्पहरूमा छलफल र चर्चा चलिरहेको छ । यसै क्रममा स्याङ्जा कालीगण्डकी गाउँपालिका भित्रका प्रमुख दलहरूका उम्मेदवारहरूले गरेका प्रतिबद्धता र बाचाहरूमा कशि लगाउन हामिले तपशिलका उम्मेदवारलाई बोलाएका छौ । भोलि साँझ ८ बजे प्रतीक्षा गर्नुहोस ! ( नेपाली काङ्ग्रेसको उम्मेदवार व्यस्तताले उपस्थित हुन सक्नुभएन आगामी कार्यक्रममा स्थान दिने छौ ! )

Address

Kalgandaki Gaunpalika
Syangja

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779856000070

Alerts

Be the first to know and let us send you an email when Kaligandaki Gaunpalika Syangja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kaligandaki Gaunpalika Syangja:

Videos


Comments

गाउपालिका द्वारा सन्चालित हस्पिटल रे , बिरामी भएर जादा आज शनिबार हाम्रो छुट्टी हुन्छ किन आइस भनेर थर्काउने , कस्तो डाक्टर हो? अन्टिजोन चेक गराउन जादा चार दिनदेखी बिरामी भएको मान्छे हिजो या भोली आउन सकिन्थ्यो भन्ने अनि आफ्नो कर्तव्यबाट पछडी हट्ने मेरो जहाँ शिकाएत गर्न छ गर केही फरक पर्दैन भन्यो। चार दिनदेखी सुतेको मान्छे चेक गराउन जादा कृटिकल केस होइन भोली आउनु भन्यो। बिन्ति गर्दा यदि अरुदिन आएको भए अन्टिजोन मात्रै हुन्थ्यो बिदाको दिन आएकोले तपाइको रगत , दिशा, पिशाब चेक हुन्छ, छाति र पेटको एक्सरे गर्नु पर्छ भन्यो।नाम थाहा भएन घर वालिङ्ग हो रे। ग्जमन्डी रहेछ। टिकट काटेर पनि डाक्टरको दुर्व्यवहारले गर्दा त्यसै आउन पर्यो। नाररिकाको सुरक्षाको जिम्मेवारी नलिने कस्तो अस्पताल?त्यो डाक्टर हो की दलाल ? बिरामी र उनका आफन्तसङ्ग झगडा गर्ने, बहस गर्ने , तपाइलाइ भगवान मानेर भरोसा गरेर आउने हो तपाइको कर्तव्य भनेको नगरिकलाइ सेवा दिने हो ।यो ब्यावहार ठीक भएन भन्दा तँ को होस , यहाँको डन होस ,मलाइ मेरो ड्युटी नसम्झा भनेर झगडा गर्यो अनि त्यसै फर्किन बाध्य भएँ । यदि कोरोना पोजिटिभ भएर मेरो परिवारलाइ तल माथि केही भए जिम्मेवार को गाउपालिका कि , डाक्टर? के यही हो सरकारको दायित्व? मलाइ मात्रै होइन जो कोही आज अस्पताल गएको थियो समस्या सोध्नुको साटो शनिवार नआउनुस के तपाइको एमर्जेन्सि हो र भन्दा रहेछन।खुट्टामा समान्य चोट लागेको मान्छेलाइ दुर्इ दुर्इ वटा एक्सरे गरेर 1550 को बिल बन्यो । दुर्इ दिन पछि आउनुस तपाइको खुट्टा सुनियो भने समस्या हुन्छ अरु जाँच पनि गर्नुपर्छ भनेर डर देखाउने । मेरो सम्बन्धित निकाएसङ्ग प्रश्न छ यो अस्पताल खोल्नुको उद्देष्य नागरिकको सेवा हो कि कमाउने खेल मात्रै हो? साथमा त्यही अस्पतालमा उपचार गराउने भनेर मेरो परिवारको 12 जना सदस्यको स्वास्थ बिमा छ त्यो अन्यत्रै सरुवा गरियोस् । यदि सरकार साँच्चिकै छ भने मेरै घरमा आएर त्यही डाक्टर द्वारा एन्टिजोन , पिसिआर के गर्नुपर्ने हो गराइयोस अन्यथा पालिका द्वारा सन्चालित अस्पताल द्वारा गरिएको ब्याहारको लागी को जिम्मेवार जवाब चाहियो र अब म कहिपनि चेक गराउन जादिन यदि मेरो र मेरो परिवारमाथि केही तलमाथि भए पुर्णरुपमा अस्पताल , र त्यो घमन्डी डाक्टर जिम्मेवार हुनेछ। साथै कोरोना पोजिटिभ भएर पनि लुकाएर टाइफाइड होभनि गाउ डुल्ने हाम्रो गाउका नागरिकलाइ पनि संक्रमण रोग ऐनअनुसार कार्यवाहि को माग गर्दछु।
"कहि नभयको जात्रा"
क्षेत्रपाल आमा समुह बिर्घा ३/४ ले रात दिन काखे बच्चा काख मा राखेर अधेरी रात मा कैले किर्तन कैले भैलो कैले समाजिक सहयोग गर्दै बर्सौ लगायर ऐतिहासिक मन्दिर क्षेत्रपाल काली का मिर्चन्डि समन मटरे बाटोको सहजतको लागिपहल गरि आमासमुहले नै खर्च गरि निर्माणकार्य गरि मन्दिर सम्म बाटो पुर्याएको सर्बबिधनै छ । अनि सहजताको लागिनै भनेर घरिपोखरा हुदै देउरालि अनि छाप समन जोड्ने मुहान पनि दिएको नि सर्बबिध नै छ । तर आज आयर औला दिदा हात नै समाउने प्रबिधि प्रष्ट भयको छ । हो बिकास चाइन्छ बिकास र निकास बिरोधि त हैन तर बिकास को नाउमा नसुहाउदो र घिन लाग्दो बिनास पनि तेति राम्रो हुदैन। बोल्ने र घच्घचाउने कोहि छैन भन्दैमा कसैको वास जो जाने गरि निकास दिनु उचित हुन्छ र ? भोलि बर्खा लाग्ना साथ पैरो ले घर तानेर लगे को जिम्मेवारी हुने ? किन सबै कुरा मा राजनिति पाराले काम गर्ने ? आखिर बेक्ति को सहमति बिना नै धमाधम गुन्डागर्दी सैलि मा आगन भत्काइन्छ किन ? यस्को छान बिनसहित क्षेतिपुर्ति दिलाइयोस सहमतिय प्रणालीमा कार्य होस भन्ने माग गर्दछु ।
अत्यन्तै जरुरी सल्लाह र सुझाव को अपेक्षा गर्दछु !

स्याङ्जाको कालीगण्डकी गाउँ पालिका भित्र विभिन्न ठाँउ हरु मा पहिरो का कारण ले 4/5 जना ले ज्यान गुमाउ भएको दु:खद घटना हाम्रो कालीगण्डकी का सम्पुर्ण मानव जाती को मन मा दिमाग मा कहिले न मेटिने छाप बसेको छ ! पहिरो जानू मुख्य कारण जतापायो तेतै मोटर बाटो खनिने चलन यो प्रमुख कारण हो !

नितान्त ब्यक्ती का लागि मोटर बाटो खनेर लैजाने क्रम मा मेरो घर अगाडी बाट मोटर बाटो खनिएको रहेछ ! मेरो घर अगाडी को पुरुवा माटो ले बनेको येत्रो अग्लो ढिक बने पछि भविस्य मा त्यो बाटो को कारण ले मेरो घर लाई असर पर्ला कि न पर्ला ??
भविस्य मा येहि बाटो को कारण ले मेरो घर परिवार मा जिउ धन को क्षति हुन गयो भने तेस्को जिम्मेवार को हुने ??? घर अर्को पनि बन्ला तेहि बाटो को कारण ले मेरो परिवार मा मानविय क्षति हुन पुग्यो भने तेस्को जिम्मेवार को ???? समन्धित ब्यक्ती , सम्बन्धित निकाय , सम्माननिय गाउँ सरकार प्रमुख ज्यु , स्थानिय प्रहरी प्रशासन , बुद्धिजीवी , सम्पुर्ण राजनितिक दलका प्रमुख ज्यु हरु सङ्ग सविनम्र अनुरोध गर्दछु कि ? मेरो सहमती बिना येसरी खनिएको मोटर बाटो ले भविस्य मा मेरो घर परिवार मा निम्त्याउने समस्या को जिम्मेवारी को हुनुहुन्छ ? को हुन पर्छ ???
सम्पुर्ण बिर्घा वासी दाजु भाइ हरु को ध्यानाकर्षण होस र अविलम्ब यस बिषय सबै को सल्लाह सहयोग होस !
सभ्य भाषा मा सलाह को अपेक्षा राख्द छु
मित्र हरु आज लाइन किन खराबी भयो खराबी हुदा हुँदै किन छोदियो तिभी mobile चार्जर को सत्तेनास बनायो छितो ध्यान जाओस pawor house मा खतिएका कर्म चारी हरु
Subscribe to my channel for more travel videos from nepal
x

Other Government Organizations in Syangja (show all)

कालीगण्डकी गाउँपालिका विर्घा Biruwa Archale Aslewa Division Forest Office Pyuthan नापी कार्यालय, पाल्पा Palpa Durbar Museum Palpa Hospital District Administration Office, Palpa तानसेन नगरपालिका, पाल्पा - Tansen muni खानेपानी तथा सरसफाइ डिभिजन का Road Division, Palpa Snrtp-Palpa Baganaskali Rural Municipality बगनासकाली गाउँकार विहादी गाउँपालिका - Bihadi Rural Municipality Chidipani