Bidhya Dhakal

Bidhya Dhakal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bidhya Dhakal, Social service, Bhanu-4, Tanahun.

08/08/2026

प्रधानमन्त्रीको मध्य रातको स्टाटस -
# यसले घोर निराशा र कुण्ठाको सङ्केत गर्छ ।
# आफ्नै निकट मानिएकाहरू प्रति शङ्का/अविश्वासको खाडल गहिरिँदो छ ।
# सुनेको, देखेको भन्दा आफैंले भोगेको सत्य नै वास्तविक सत्य हो भन्ने मान्यता प्रति स्वीकारोक्ति देखिन्छ ।
मेरो बुझाइ -
सामाजिक सञ्जालका भिउज्, कमेन्ट र लाइकका आधारमा धारणा बनाउँदा गलत निष्कर्षमा पुगिन्छ । देशको प्रमुख कार्यकारी (प्रधानमन्त्री)ले सामाजिक सञ्जाल (व्यक्तिगत फेसबुक) बाट होइन, राज्यका आधिकारिक सञ्चार माध्यमबाट सरकारका नीति, कार्यक्रम/आफ्ना दृष्टिकोण सार्वजनिक गरिनु उपयुक्त हुन्छ । तर हाम्रा प्रधानमन्त्री लहड अनि प्रतिक्रियात्मक भावका साथ सामाजिक सञ्जाल मार्फत हल्काफुल्का किसिमले प्रस्तुत हुनु कत्ति पनि सुहाउँदो भइरहेको छैन ।

27/07/2026

आफ्नो आलोचना गर्ने अनि न्यायको पक्षमा आवाज उठाउनेहरू विरुद्ध सरकारद्वारा परिचालित -
अस्तिका मण्डलेहरू
हिजो कसैका भिजिलान्ते त कसैका अरिङ्गालहरू
अनि आजका साइबर स्यालहरू !

15/06/2026

भौतिक वस्तु (मोबाइल, टेम्पु) नष्ट गर्नु समस्याको समाधान हुँदै होइन । यदि यस्ता वस्तुहरूको गलत प्रयोग भएको छ भने यसो हुनुको मूल कारणको खोजी गरौँ । कारण (रोग) को ठोस पहिचानबाट मात्र समस्या (सही उपचार) को यथोचित समाधानमा हुनसक्छ ।

30/04/2026

जिज्ञासाका साथ फेरि थप्न चाहेँ -
हाम्रो संविधानको धारा ९३ अनुसार बैशाख १७ गतेका लागि आव्हान भएको संसद अधिवेशनको अन्त्य भएको छैन । मात्र स्थगीत भएको हो । संसद चालु रहँदा अध्यादेश ल्याउन नमिल्ने संवैधानिक व्यवस्था छ । यसलाई संवैधानिक कानुनका विज्ञहरूले कसरी व्याख्या गर्नु होला ?

29/04/2026

आव्हान भई सकेको संसद अधिवेशन स्थगीत गर्दै अध्यादेशको खेती सुरु हुनु लोकतान्त्रिक विधि, राजनैतिक मान्यता र संविधानवादका हिसाबले नितान्त गलत छ ।

25/04/2026

स्वास्थ्य विज्ञहरूका अनुसार -
'जन्मदिन मनाउँदा प्रयोग गरिने "केक" मा प्रयोग गरिने रासायनिक पदार्थ (केमिकल) हाम्रो स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । यसमा प्रयोग हुने अन्य वस्तुहरू पनि स्वास्थ्यका लागि राम्रो मानिदैनन् । यसर्थ सो केक खाएपछि घाँटी दुख्ने (टन्सिल हुने) वाकवाकी लाग्ने, पेट दुख्ने, टाउको दुख्ने, रुघाखोकी लाग्ने, खाना नरुच्ने लगायतका गम्भीर स्वास्थ्य समस्याहरू देखिन सक्छन् । अझ ससाना बालबालिकाहरू त झनै ठूला स्वास्थ्य समस्याहरूले पिडित भएको नमीठो अनुभव छ ।'
यसर्थ मेरो विनम्र अनुरोध - जन्मदिनको निहुँ बनाएर "केक" को प्रयोग नगरौँ । जन्मदिन मनाउँदा अन्य स्वास्थ्यवर्धक परिकारलाई प्राथमिकतामा राखौँ ।

21/04/2026

ध्यानाकर्षण पत्र
-------------------- मिति - २०८३/०१/०८
विगत केही समय अगिदेखि पेट्रोलियम पदार्थको बढ्दो मूल्य बृद्धिको कारण देखाउँदै सरकारले सार्वजनिक यातायातका साधनको साबिक भाडामा १६.७१% बृद्धि गरेको छ । तर तनहुँका ग्रामीण सडकहरूका कतिपय खण्डमा साबिक भन्दा २५ - ४० % बढि भाडा लिइरहेको अवस्था रहेकाले उचित अनुगमनका साथ सरकारले तोके अनुसारको भाडा लिने व्यवस्था कायम गर्नका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सम्बन्धित पालिकाहरू, यातायात समितिहरू, यातायात व्यवसायीहरू साथै सरोकारवाला सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।
अझ केही समय यतादेखि अत्यावश्यक उपभोग्य वस्तुको मूल्यमा अस्वाभाविक बृद्धिका कारण सर्वसाधारण जनताको दैनिकी कष्टकर बन्दै गइरहेको कटु यथार्थलाई मनन गर्दै यसको नियन्त्रणका साथ पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धि फिर्ता लिनका लागि सरकार अनि सरोकारवाला सबैसँग हार्दिक अनुरोध छ ।
विद्यानाथ ढकाल
भानु न. पा. वडा नः. ४
तनहुँ

17/04/2026

शैक्षिक विज्ञहरू भन्छन् -
विद्यार्थी (जो कोहीले पनि) पढ्दै गर्दा सम्बन्धित पाठका महत्वपूर्ण अंशहरू टिपोट गर्ने बानीले पढेको विषय संझने (स्मरण हुने) मात्रा तीन गुना बढि हुन्छ ।

14/04/2026

नववर्ष २०८३
सबै सबैमा हार्दिक मङ्गलमय शुभकामना !

13/04/2026

प्रधानमन्त्री/मन्त्रीहरूको सम्पत्ति सार्वजनिक हुनु स्वागतयोग्य छ । उहाँहरूमा विनम्र अनुरोध छ - अहिले तपाईँहरूसँग भएको सम्पत्तिको स्रोत पनि खुलाई दिनु होला ।

Address

Bhanu-4
Tanahun

Telephone

+9779856060179

Website

Alerts

Be the first to know and let us send you an email when Bidhya Dhakal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category