SEWA Nepal सेवा नेपाल

SEWA Nepal सेवा नेपाल सामाजिक उद्धमी महिला सञ्जाल नेपाल देश भर छरिएर रहेका सामाजिक उद्धमी महिलाहरुको हक हितका लागी कार्य गर्ने सेवामुलक संस्था हो ।

याद गर्नुहोला 🌐
08/09/2026

याद गर्नुहोला 🌐

सेवा नेपाल सहकारी सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन र दिगो विकासको साझेदार। 🌱तपाईंको सहकारीलाई सहकारी सम्बन्धी कुनै तालिम...
07/09/2026

सेवा नेपाल सहकारी सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन र दिगो विकासको साझेदार। 🌱

तपाईंको सहकारीलाई सहकारी सम्बन्धी कुनै तालिम, क्षमता विकास कार्यक्रम वा व्यवसायिक योजना निर्माण सम्बन्धी प्राविधिक सहयोग आवश्यक छ? यदि आवश्यक छ भने, सेवा नेपाललाई सम्झनुहोस्।

सर्वाङ्गीन सामाजिक उद्यामी महिला सहकारी संस्था लिमिटेड, चितवनलाई सहकारीको व्यवसायिक योजना निर्माणका लागि सेवा नेपाललाई विश्वास गरी अवसर प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद।

यस कार्यका लागि सम्पर्क, समन्वय तथा सहजीकरण गर्नुहुने संस्थापक अध्यक्ष पार्वती न्यौपानेज्यूप्रति विशेष आभार तथा धन्यवाद व्यक्त गर्दछौं। 🙏

Thank you 🙏
03/09/2026

Thank you 🙏

The donation combines Heifer Nepal’s emergency funds with salary contributions from employees, as the organisation steps up humanitarian assistance and livelihood support for flood-hit communities.

धन्यवाद 🙏प्रतिभा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड, माछापुछ्रे,लाहाचोक, कास्की
03/09/2026

धन्यवाद 🙏
प्रतिभा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड, माछापुछ्रे,लाहाचोक, कास्की

धन्यवाद 🙏
03/09/2026

धन्यवाद 🙏

धन्यवाद 🙏
01/09/2026

धन्यवाद 🙏

शान्तिकुञ्जद्वारा तीज खर्च जोगाएर प्रधानमन्त्री राहत कोषमा ८१ हजार १ सय ११ रुपैयाँ सहयोग

रत्ननगर, चितवन । रत्ननगर नगरपालिका–१२ मा रहेको शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सहकारीका सञ्चालक समिति, उपसमिति, संस्थापक अध्यक्ष तथा कर्मचारीहरूले तीजमा हुने खर्च कटाएर उक्त रकम संकलन गरेका हुन्।

संकलित ८१ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सहकारीकी अध्यक्ष निर्मला दंगालले जानकारी दिनुभयो। विपद्को समयमा पीडित नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउनु सबैको सामाजिक दायित्व भएकाले तीजमा हुने खर्चलाई केही हदसम्म कटौती गरी उक्त रकम सहयोग गरिएको उहाँले बताउनुभयो।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विभिन्न संघसंस्था, सहकारी, व्यवसायी तथा सर्वसाधारणबाट सहयोग जुटिरहेका बेला तीज खर्च जोगाएर शान्तिकुञ्जले गरेको यो सहयोग सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सकारात्मक उदाहरण बनेको छ।

हार्दिक अपिल 🙏
01/09/2026

हार्दिक अपिल 🙏

प्रेरणादायी तथा आदरणीय व्यक्तित्व श्री राजन श्री छतकुली सर तथा उहाँको परिवारलाई सेवा नेपाल परिवारको हार्दिक स्वागत तथा श...
20/08/2026

प्रेरणादायी तथा आदरणीय व्यक्तित्व श्री राजन श्री छतकुली सर तथा उहाँको परिवारलाई सेवा नेपाल परिवारको हार्दिक स्वागत तथा शुभकामना। 🙏

समाजमा सकारात्मक परिवर्तन ल्याउने, मानव जीवनमा आशा, अवसर र आत्मविश्वासको सञ्चार गर्ने तथा सबैलाई साथ लिएर अघि बढ्ने उहाँको निस्वार्थ भावना र समर्पण नै उहाँको सबैभन्दा ठूलो परिचय हो।

हाल क्यानडामा रहँदै उहाँ Helping Hands Without Borders Canada का अध्यक्ष (President) को महत्वपूर्ण जिम्मेवारी सम्हालिरहनुभएको छ। उहाँको अनुभव, नेतृत्व र सामाजिक सेवाप्रतिको प्रतिबद्धताले सेवा नेपाल परिवारलाई थप प्रेरणा र ऊर्जा प्रदान गर्ने विश्वास लिएका छौं।

यहाँको नेपाल बसाईको समय सुखद, फलदायी र स्मरणीय रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

धन्यवाद।
सेवा नेपाल परिवार

Address

Ratnanagar-12, Chitwan
Tandi
44200

Alerts

Be the first to know and let us send you an email when SEWA Nepal सेवा नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category