
18/08/2023
बिदाई तथा फेरी भेटौला कार्यक्रम
********************************
जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत रहनु भएका प्रहरी निरीक्षक भुपेन्द्र थापा र ईलाका प्रहरी कार्यालय रामपुर पाल्पामा कार्यरत रहनु भएका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाको तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास बिभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको च.न. ७११ मिति २०८०/०४/३० गतेको पत्र आदेशले ईलाका प्रहरी कार्यालय बरेनडाँडा,बाग्लुङ र बगमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुली सरुवा भई जान लाग्नु भएका प्र.नि. हरुलाई आज मिति २०८०/०५/०१ गते यस कार्यालयका प्रमुख प्र.उ. हेरम्ब शर्माज्युले एक कार्यक्रमका बिच बिदाई गर्नुभएको, उक्त कार्यक्रममा प्र.ना.उ बिरेन्द्र थापा, प्र.नि. सन्तोष चन्द लगायत जुनियर प्रहरी कर्मचारी तथा प्र.व.ह./प्र.ह./प्र.स.ह./प्र.ज. हरुको उपस्थिती रहेको ।