19/02/2026
Blood Bank: रक्त बैंकको स्थापनामा Red Cross को Team र सामाजिक अगुवाहरूले पुर्याउनु भएको योगदानमा मैले पनि आफ्नो तर्फबाट प्रयास गर्न पाएकोमा हृदयदेखि नै गौरवान्वित महसुस गरेको छु। पाल्पाली दाजुभाइ–दिदीबहिनीहरूले आपतकालीन अवस्थामा रगतका लागि भोग्नुपरेका पीडाका क्षणहरू सम्झँदा, आज यो उपलब्धि केवल संरचना होइन, धेरै परिवारका आशा र जीवनसँग जोडिएको भावना हो। यो प्रयासले भविष्यमा अनगिन्ती जीवन बचाओस् भन्ने कामना गर्दछु।