Hope For All

Call Website

Hope For All Hope For All is a non-profit organization raising awareness about drug abuse and alcoholism. Join us in bringing hope to those affected by substance abuse.

Through education and support, we empower individuals to make healthy choices for a safer society.

23/10/2026

ताप्लेजुङ बजार क्षेत्रमा विगत लामो समयदेखि असहाय भई भौंतारिरहेका दीपक लिम्बुलाई 'Hope for All' ले उद्धार गरी पुनःस्थापना केन्द्र पठाएको छ। उद्धारको सहमति लिन उहाँको घर पुग्दा बुबा लामो समयदेखि सम्पर्कविहीन रहेको र वृद्धा आमा देवी माया गुरुङ आफैं गम्भीर बिरामी परी ओछ्यानमै थलिएको कारुणिक अवस्था भेटियो। यस्तो कठिन परिस्थितिका बाबजुद छोराको उज्ज्वल भविष्यका लागि आमाको सहमति लिई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको २४सै घण्टाको प्रत्यक्ष समन्वयमा २०८३ असोज ३० गते दीपकलाई समृद्धि प्रतिष्ठान नेपाल (मेचीनगर-६, झापा) मा सुरक्षित रूपमा हस्तान्तरण गरिएको छ, जहाँ उहाँको आवश्यक स्वास्थ्य परीक्षण तथा मानसिक उपचार हुनेछ।
​यस अभियानमा दीपकको उपचार तथा पुनःस्थापनाका लागि प्रतिव्यक्ति रु. ४५,०००/- सहयोग उपलब्ध गराउने पाथीभरा क्षेत्र विकास समिति र अन्य सम्पूर्ण मनकारी सहयोगीदाताहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं। साथै, घरमा बिरामी पर्नुभएकी आमाको औषधोपचार तथा तत्काल आवश्यक खाद्यान्न, कम्बल र म्याट्रेस सहयोग गर्नुहुने अन्य बेग्लै सहयोगी दाताहरू (Anonymous Donors) प्रति पनि 'Hope for All' परिवार ऋणी छ।
​ताप्लेजुङमा दीपक मात्र नभई सहयोगको पर्खाइमा रहेका अन्य धेरै सडक मानव तथा असहाय नागरिकहरू हुनुहुन्छ। हामी प्रतिबद्धता व्यक्त गर्दछौं कि दीपक जस्तै अन्य सडक मानवहरूको पनि क्रमशः र निरन्तर रूपमा उद्धार तथा पुनःस्थापना गर्दै जानेछौं। तर, यस्ता समस्याहरूको समाधानका लागि केवल अस्थायी उद्धार पर्याप्त छैन; यसका लागि दिगो र दीर्घकालीन योजना (Sustainable Vision) आवश्यक पर्दछ। हामीले पटक-पटक अनुरोध गर्दा पनि स्थानीय सरकारले यस संवेदनशील विषयलाई उचित प्राथमिकता नदिएकोमा दुःख व्यक्त गर्दै, सडक मानवमुक्त पालिका निर्माणका लागि स्पष्ट नीतिसहित अघि बढ्न स्थानीय सरकारको पुनः ध्यानाकर्षण गराउँदछौं।
​अन्त्यमा, 'Hope for All' परिवारको तर्फबाट सम्पूर्ण आदरणीय देश-विदेशमा रहनुभएका महानुभावहरूमा बडादसैँ, तिहार तथा छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं! 🌸🪔✨

03/10/2026

भजन गाउने ऒठ भन्दा सेवा गर्ने हात महान हुन्छन
बिगत केहि महिना अगाडी ताप्लेजुङ जिल्ला चाकसिबोटे मा पुरै किरा परेर बेवारिसी अवस्थामा रहनुभएका एक नागरिकलाई हाम्रो सस्था Hope For All र स्थानीय नागरिकहरूको सहयोगमा उहाँलाई काँकरभिटास्थित मानव सेवा आश्रममा आश्रयको लागि लगिएको थियौँ। र उहाँलाई आज भेट्ने अवसर मिल्यो
आवाज बिहिनहरूको आवाज
(जै मानब सेवा )

🙏 सहयोगको लागि हार्दिक अपिल 🙏मेरिङदेन–१, ताप्लेजुङ निवासी तथा हाल पथरी शनिश्चरे–८ मा बसोबास गर्दै आउनुभएका प्रेमबहादुर ओ...
15/09/2026

🙏 सहयोगको लागि हार्दिक अपिल 🙏
मेरिङदेन–१, ताप्लेजुङ निवासी तथा हाल पथरी शनिश्चरे–८ मा बसोबास गर्दै आउनुभएका प्रेमबहादुर ओख्राबुका नाति, सुजित ओख्राबु लिम्बूका १५ वर्षीय छोरा इतहाङ ओख्राबु लिम्बू विगत ७ महिनादेखि SLE रोगबाट पीडित भई उपचाररत हुनुहुन्छ।
थप उपचारका लागि उहाँलाई काठमाडौं लैजानुपर्ने भएकाले उपचारमा ठूलो रकम आवश्यक पर्ने भएको छ।
यस कठिन परिस्थितिमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा सहयोगी मनहरूलाई सक्दो आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। 🙏
तपाईंहरूको सानो सहयोगले भाइ इतहाङको उपचारमा ठूलो मद्दत पुग्नेछ।
📞 सम्पर्क नम्बर: ९८६२६५९०९५
सहयोग गरौँ, जीवन बचाऔँ।

कञ्चनजङ्घा बोर्डिङ स्कूल (Kanchanjunga Boarding School) तथा प्याब्सन ताप्लेजुङ (PABSION Taplejung) का संस्थापक प्रिन्सिप...
12/09/2026

कञ्चनजङ्घा बोर्डिङ स्कूल (Kanchanjunga Boarding School) तथा प्याब्सन ताप्लेजुङ (PABSION Taplejung) का संस्थापक प्रिन्सिपल काजी मान पालुङ्वाको लामो समयदेखिको निष्ठा र समर्पणले ताप्लेजुङको शिक्षा क्षेत्रमा ठूलो परिवर्तन ल्याएको छ। यस लामो समयावधिमा शिक्षा क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान अतुलनीय र अपरिमित छ। उहाँको निधन हुनु हाम्रो सिङ्गो समाजकै लागि कहिल्यै पूरा नहुने सबैभन्दा ठूलो क्षति हो।
आफ्नो जीवनको अन्तिम अध्यायमा पनि उहाँले आफ्नो जीवनको सबैभन्दा कठिन लडाइँ त्यसरी नै लड्नुभयो—शान्त भएर, साहसी भएर, र बदलेमा केही नमागी।

यस कठिन घडीमा शोकासन्तप्त परिवारजनप्रति हामी हार्दिक र गहिरो समवेदना प्रकट गर्दछौँ। माता पाथीभराले यो अकल्पनीय क्षति र पीडा सहने शक्ति सम्पूर्ण परिवारजनलाई प्रदान गरून्।

आज परिवर्तन थिएटर (मेचीनगर-६, काँकडभिट्टा, झापा) को विशेष प्रस्तुतिमा फुङ्लिङ नगरपालिका-४, तोक्मे मा लागुऔषध दुर्व्यसनी ...
05/09/2026

आज परिवर्तन थिएटर (मेचीनगर-६, काँकडभिट्टा, झापा) को विशेष प्रस्तुतिमा फुङ्लिङ नगरपालिका-४, तोक्मे मा लागुऔषध दुर्व्यसनी र यसका गम्भीर असरहरूबारे सचेतना जगाउने उद्देश्यका साथ सडक नाटक 'मनको कुरा' सफलतापूर्वक सम्पन्न भएको छ।
​यस सामाजिक मुद्दाको संवेदनशीलतालाई बुझेर लागुऔषध दुर्व्यसनी न्यूनीकरणका लागि हामीसँग हातेमालो गर्दै विशेष पहल गर्नुभएकोमा फुङ्लिङ वडा नं. ४ का वडा अध्यक्ष श्री दुर्गा पालुङ्वा ज्यू तथा सम्पूर्ण वडा कार्यालय परिवार प्रति हामी विशेष धन्यवाद व्यक्त गर्दछौँ।
​साथै, उत्कृष्ट प्रस्तुतिमार्फत सचेतना फैलाउनुहुने परिवर्तन थिएटरका कलाकारहरू र कार्यक्रममा उपस्थित भई भव्य रूपमा सफल पारिदिनुहुने सम्पूर्ण स्थानीय बासिन्दा तथा दर्शक महानुभावहरूमा हृदयदेखि नै हार्दिक आभार प्रकट गर्दछौँ।
​आउनुहोस्, लागुऔषधमुक्त समाज निर्माणका लागि हामी सबै हातमा हात मिलाएर अघि बढौँ!

31/08/2026

A messege is Simple Say no to drugs and involve in Sports and shine like Aron Thapa Magar aka Chhota ❤️ He will performing upcoming semi final of 4rth Taplejung Gold Cup.

29/08/2026

बाढी र पहिरोले पीडित बनेका परिवारहरूको दुःखमा साथ दिन Hope For All पुगेको छ।
दुःखको समयमा एकअर्काको साथ बन्नु नै साँचो मानवता हो।
हाम्रो सानो प्रयासले कसैको अनुहारमा मुस्कान र जीवनमा आशा ल्याउन सक्छ।
Hope For All — सेवामा समर्पित, मानवताको साथमा।
🙏❤️ मानवता नै सबैभन्दा ठूलो धर्म हो। ❤️🙏

लाखे जात्राको रमाइलो माहोल सुरु हुँदैछ! भोलिदेखि हुने यस ऐतिहासिक पर्वलाई अझ व्यवस्थित र भव्य बनाउन हामी  का २० जना युवा...
27/08/2026

लाखे जात्राको रमाइलो माहोल सुरु हुँदैछ! भोलिदेखि हुने यस ऐतिहासिक पर्वलाई अझ व्यवस्थित र भव्य बनाउन हामी का २० जना युवा स्वयंसेवकहरू ब्यानरिङका साथ मैदानमा खटिसकेका छौँ।
आउनुहोस्, हामी सबै मिलेर यो जात्रालाई अझ बढी सभ्य, सुरक्षित र रमाइलो बनाऔँ! भोलिदेखि भेटौँ है!

भोटेकोशी बाढीपीडितको सहयोगमा Hope For All 🙏❤️Hope For All का संस्थापक मुकेश कार्कीको नेतृत्वमा विगतदेखि नै विभिन्न विपद्...
26/08/2026

भोटेकोशी बाढीपीडितको सहयोगमा Hope For All 🙏❤️

Hope For All का संस्थापक मुकेश कार्कीको नेतृत्वमा विगतदेखि नै विभिन्न विपद्, बाढीपहिरो तथा कठिन परिस्थितिमा परेका पीडित परिवारहरूलाई सहयोग गर्दै आइरहेको छ। मानवीय सेवाको यही अभियानलाई निरन्तरता दिँदै यसपटक पनि भोटेकोशी बाढीपीडितहरूको सहयोगका लागि हाम्रो टोली त्यसतर्फ जाँदैछ।

विपद्को यस कठिन घडीमा पीडित परिवारहरूको दुःखमा साथ दिनु, आवश्यक राहत तथा सहयोग पुर्‍याउनु र उनीहरूलाई आफूहरू एक्लो छैनौँ भन्ने अनुभूति दिलाउनु नै हाम्रो उद्देश्य हो। 🙏

हामी सबै मिलेर सानो–सानो सहयोग गर्‍यौँ भने विपद्मा परेका परिवारका लागि ठूलो राहत बन्न सक्छ। त्यसैले सक्नेले तल राखिएको QR Code मार्फत आर्थिक सहयोग गर्नुहोस्। सहयोग गर्न नसक्नेहरूले यो पोस्टलाई Share गरेर धेरैभन्दा धेरै मानिससम्म पुर्‍याइदिनुहोस्। तपाईंको एउटा Share ले पनि सहयोग गर्न सक्ने अर्को हातसम्म यो अभियान पुर्‍याउन सक्छ। ❤️

मानवीय सेवामा तपाईंको साथ, सहयोग र सद्भाव नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। आउनुहोस्, विपद्मा परेका भोटेकोशीका दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखमा सबै मिलेर साथ दिऔँ।

सक्नेले सहयोग गरौँ, नसक्नेले Share गरौँ।
सानो सहयोग, ठूलो आशा। 🙏❤️
सेवा नै धर्म हो, मानवता नै हाम्रो पहिचान हो। 🇳🇵

— Hope For All
संस्थापक: मुकेश कार्की
सम्पर्क : 9811450030

Address

Phungling
Taplejung
57500

Alerts

Be the first to know and let us send you an email when Hope For All posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category