रास्वपा- तेह्रथुम RSP Terhathum

रास्वपा- तेह्रथुम RSP Terhathum Welcome

07/08/2026

अब मतदाता परिचयपत्र बनाउन झन्झट छैन !
यदि तपाईंले राष्ट्रिय परिचयपत्र बनाइसक्नुभएको छ तर मतदाता नामावलीमा आफ्नो नाम समावेश गर्नुभएको छैन भने, सहयोगका लागि निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ ।
बिक्रम पौडेल : ९७४६२०७५३४ (छथर)
https://www.facebook.com/bikram.poudel.79677
राजकुमार भट्टराई : ९७४९८२५८६६ (म्याङ्लुङ)
https://www.facebook.com/rajkumar.bhattarai.48
तेह्रथुम जिल्लालगायत देशको जुनसुकै स्थानबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

विषय: आगामी स्थानीय तह निर्वाचनका लागि आकांक्षी उम्मेदवार पहिचान, छनोट र क्यान्डिडेट क्लबमा सहभागी गराउने सम्बन्धमा ।उपर...
07/08/2026

विषय: आगामी स्थानीय तह निर्वाचनका लागि आकांक्षी उम्मेदवार पहिचान, छनोट र क्यान्डिडेट क्लबमा सहभागी गराउने सम्बन्धमा ।

उपर्युक्त विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी, तेह्रथुम जिल्ला कार्य समितिको मिति २०८३/०४/१६ गते सम्पन्न जिल्ला बैठकको निर्णय अनुसार निम्न निर्देशनहरू जारी गरिएको छ :

१. आकांक्षी उम्मेदवार पहिचान तथा छनोट :

प्रत्येक पालिका र वडा समितिले आगामी स्थानीय तह निर्वाचनमा पार्टीबाट उम्मेदवारी दिन चाहने योग्य, अनुभवी, र पार्टी विधानप्रति प्रतिबद्ध आकांक्षीहरूको सूची तयार गर्नुहुनेछ । उक्त सूचीमा उम्मेदवारको शैक्षिक योग्यता, सामाजिक कार्यको अनुभव, तथा पार्टीप्रतिको सक्रियता उल्लेख गरिनु पर्नेछ ।

२. संयोजक तथा समन्वय :

उक्त कार्यलाई प्रभावकारी बनाउन जिल्ला सदस्य श्री डम्मर बहादुर खड्‌का लाई संयोजक तोकिएको छ । सबै पालिका र वडाहरूले उहाँसँग समन्वय गरी आफ्नो तहबाट आकांक्षी उम्मेदवारहरूको प्रारम्भिक छनोट गरी सिफारिस गर्नुहुनेछ ।
(सम्पर्क विवरण : श्री डम्मर बहादुर खड्का ९८४२४९७३०२, ९८५२०३२४१२)

३. क्यान्डिडेट क्लबमा सहभागीता :

छनोट भएका आकांक्षी उम्मेदवारहरूलाई जिल्ला स्तरमा आयोजना हुने 'क्यान्डिडेट क्लब' मा अनिवार्य सहभागी गराउनुहुनेछ । उक्त क्लबमा उम्मेदवारी दर्ता प्रक्रिया, चुनावी रणनीति, पार्टीको घोषणापत्र, र जनसम्पर्क सम्बन्धी आवश्यक प्रशिक्षण प्रदान गरिनेछ । आकांक्षीहरूको प्रारम्भिक सूची भित्र जिल्ला कार्य समितिको कार्यालयमा पेस गरिसक्नुहुन र क्यान्डिडेट क्लबको मिति थप सूचनामा उल्लेख गरिनेछ ।

उक्त निर्देशनको पालना नगरेमा वा समयमा जानकारी नदिएमा सम्बन्धित पालिका वडा समिति जिम्मेवार हुनेछ ।

उक्त निर्देशनको पालना गराउनुहुन र कुनै प्रश्न, सुझाव वा थप जानकारीका लागि संयोजक श्री डम्मर बहादुर खड्का वा जिल्ला कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

हेलो सरकार:प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘हेलो सरकार’ प्रणालीलाई सुशासन र आधुनिक सेवा प्रवाहमा प्रभावकारी...
06/08/2026

हेलो सरकार:
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘हेलो सरकार’ प्रणालीलाई सुशासन र आधुनिक सेवा प्रवाहमा प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय तहसम्म एकीकृत रूपमा विस्तार गर्दै स्तरोन्नतिको तयारी गरिरहेको छ ।

प्रणालीको स्तरोन्नतिपश्चात फोन, वेबसाइट, विभिन्न सामाजिक सञ्जाल र टोल–फ्री नम्बर ११११ बाट आउने सबै गुनासाहरू एउटै पोर्टलमा व्यवस्थापन हुनेछन् । प्रणालीमा दर्ता भएका गुनासाहरूलाई तिनको प्रकृति हेरी २४ घण्टादेखि बढीमा १५ दिनभित्र सम्बोधन गरिनेछ । गुनासो समाधान भएपछि गुनासोकर्ताबाट पृष्ठपोषण लिएर मात्रै गुनासो फर्छ्योट हुनेछ ।

05/08/2026
04/08/2026

माननीय प्रभा कार्कीले आज तेह्रथुम र धनकुटा जिल्लाका दुग्ध किसानहरूको आवाज संसदमा सशक्त रूपमा उठाउनु भएको छ ।

पाकिस्तानस्थित विश्वको १२औं अग्लो हिमाल 'ब्रोड पीक' आरोहणका क्रममा हिम पहिरोमा परी कीर्तिमानी पर्वतारोही निर्मल पुर्जासह...
02/08/2026

पाकिस्तानस्थित विश्वको १२औं अग्लो हिमाल 'ब्रोड पीक' आरोहणका क्रममा हिम पहिरोमा परी कीर्तिमानी पर्वतारोही निर्मल पुर्जासहित पुरबहादुर गुरुङ (युक्ता), किली पेम्बा शेर्पा (किलु), निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा लगायतकाे निधनबाट पर्वतारोहण क्षेत्रमा पुगेकाे अपूरणीय क्षतिबाट अत्यन्त मर्माहत छौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी दिवंगत पर्वतारोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन र आफन्तमा गहिरो समवेदना व्यक्त गर्दछ । यस दु:खद घडीमा शोकसन्तप्त परिवारमा धैर्य-धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत गर्दछौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुम जिल्ला कार्य समितिको बैठक जिल्ला सभापतिको अध्यक्षतामा सम्पन्न भएको छ ।कुवे...
01/08/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुम जिल्ला कार्य समितिको बैठक जिल्ला सभापतिको अध्यक्षतामा सम्पन्न भएको छ ।

कुवेतमा भएको ड्रोन आक्रमणमा परी तेह्रथुमका ४४ वर्षीय सोम कुमार तामाङको निधन भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुम जिल्ला समितिले आकस्मिक बैठक बस्दै गहिरो दुःख व्यक्त गरेको छ । बैठकले मृतक तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको पार्थिव शरीर जतिसक्दो चाँडो नेपाल ल्याएर गृहजिल्ला आइपुर्‍याउन आवश्यक कानुनी र कूटनीतिक सहजीकरणमा समन्वय गर्ने निर्णय गरेको छ ।

यसै बैठकबाट जिल्ला कार्यसमिति सदस्य वलदेब तुम्बाहाङफेलाई सर्वसम्मतिले प्रवक्तामा चयन गरिएको छ ।

बैठकले जिल्लामा विद्यमान भूमि समस्या, ग्याँस अभाव, सडक अवरोध, प्रशासनको भूमिका र स्थानीय सरकारका क्रियाकलाप जस्ता समसामयिक विषयमा छलफल गरि हल खोज्न आवश्यक पहल र समन्वय गर्ने निर्णय गरेको छ । साथै जिल्लामा अलपत्र आयोजना, स्थानीय सरकारले गरेको अनियमितता विसयमा गम्भीर छलफल गरेको छ । साथै खबरदारी र अनुगमन लाई विशेष प्राथमिकता मा राख्ने निर्णय गरेको छ ।

विशेष गरी आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीको आन्तरिक संयन्त्र 'क्यान्डिडेट क्लब' (Candidate Club) र 'लीडरसिप एकेडेमी' (Leadership Academy) लाई प्रभावकारी बनाउने विषयमा बैठक केन्द्रित रहि जिल्ला सदस्य डम्बर खड्काको नेतृत्योमा समिति गठन गरिएको छ ।

रास्वपा सभापतिले धार्मिक अगुवासँग भेट गर्नुभएको छ ।हामी सबैजनाले धार्मिक सद्भाव कायम राखौं ।
31/07/2026

रास्वपा सभापतिले धार्मिक अगुवासँग भेट गर्नुभएको छ ।
हामी सबैजनाले धार्मिक सद्भाव कायम राखौं ।

30/07/2026

आज मिति २०८३ साउन १४ गतेको प्रतिनिधि सभामा बोल्नुहुँदै सांसद गणेश कार्की ।

Address

Terhathum
Terhathum

Website

Alerts

Be the first to know and let us send you an email when रास्वपा- तेह्रथुम RSP Terhathum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share