26/09/2025
#समाजशास्त्र र प्रविधिले सन् 1900 देखि विभिन्न उमेर समूह (age cohort) लाई पुस्तागत रूपमा तीन आधारमा विश्लेषण गरेर वर्गीकृत गरेको पाइन्छ।
#प्रथम, तिनीहरूको जन्मकाल कुन समयको हो?
#दोस्रो, बाल्यकाल र किशोरावस्थामा कस्तो प्रविधि तथा सामाजिक वातावरणको अनुभव गरे?
#तेस्रो, सो समयमा प्रविधि, सञ्चार माध्यम, शिक्षा प्रणाली, र सामाजिक मूल्यहरूमा के कस्ता परिवर्तनहरू आइरहेका थिए?
#पुस्तागत विभाजन (Generational Cohorts)
१. #महान पुस्ता (Greatest Generation)
जन्म अवधि: सन् 1901–1927
हालको उमेर: 98 - 124 वर्ष
प्रविधि: रेडियो, टेलिग्राम
समाजशास्त्रीय परिवर्तन: प्रथम विश्वयुद्ध, रुसको समाजवादी क्रान्ति, परम्परावादी सामाजिक संरचना।
२. #शान्त पुस्ता (Silent Generation)
जन्म अवधि: सन् 1928–1945
हालको उमेर: 80 - 97 वर्ष
प्रविधि: रेडियो, प्रारम्भिक टेलिभिजन
समाजशास्त्रीय परिवर्तन: विश्व आर्थिक मन्दी, दोस्रो विश्वयुद्ध, परम्परागत मूल्य मान्यता, कडा परिश्रमको संस्कृति।
३. #बेबी बुमर्स (Baby Boomers)
जन्म अवधि: सन् 1946–1964
हालको उमेर: 61 - 79 वर्ष
प्रविधि: टेलिभिजन, टाइपराइटर, टेलिफोन
समाजशास्त्रीय परिवर्तन: शीतयुद्धको सुरुआत, चिनियाँ नयाँ जनवादी क्रान्ति, जनसंख्याको तीव्र वृद्धि, स्थायी जागिरप्रतिको मोह, कडा परिश्रम, आर्थिक विकास,परिवारमुखी मूल्यहरू।
४. #जेनरेशन एक्स (Generation X)
जन्म अवधि: सन् 1965–1980
हालको उमेर: 45 - 60 वर्ष
प्रविधि: कम्प्युटरको प्रारम्भिक प्रयोग, VHS, ईमेल
समाजशास्त्रीय परिवर्तन: शीतयुद्धको अन्त्य, आर्थिक उदारीकरण, निजिकरण, स्वतन्त्रता र सन्तुलनप्रतिको झुकाव।
५. #मिलेनियल्स (Millennials / Gen Y)
जन्म अवधि: सन् 1981–1996
हालको उमेर: 29 - 44 वर्ष
प्रविधि: इन्टरनेट, मोबाइल फोन, सामाजिक सञ्जाल
समाजशास्त्रीय परिवर्तन: पेरुको जनयुद्ध उत्कर्ष र समाप्ति, नेपालमा जनयुद्दको सुरुवात,विश्वव्यापीकरण, आत्म-अभिव्यक्तिको प्रवृत्ति।
६. #जेन जेड (Gen Z)
जन्म अवधि: सन् 1997–2012
हालको उमेर: 13 - 28 वर्ष
प्रविधि: स्मार्टफोन, एप्स, कृत्रिम बुद्धिमत्ता (AI), TikTok, YouTube
समाजशास्त्रीय परिवर्तन: 9/11ट्विइन टावर हमला, डिजिटल सचेतना, सामाजिक विविधता प्रति समावेशी दृष्टिकोण।
७. #जेन अल्फा (Gen Alpha)
जन्म अवधि: सन् 2013–2025
हालको उमेर: 0 - 12 वर्ष
प्रविधि: AI, VR/AR, स्मार्ट उपकरण, व्यक्तिगत शिक्षण प्रणाली
समाजशास्त्रीय परिवर्तन: COVID-19 महामारी, रुस-युक्रेन युद्ध, जलवायु परिवर्तन, चिनको आर्थिक उदय।
८. #जेन बिटा (Gen Beta) (अनुमानित)
जन्म अवधि: सन् 2025–2040
हालको अवस्था: केही गर्भमा, केही जन्म लिइसकेका
प्रविधि: कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, बायोटेक्नोलोजी, मेटाभर्स, ब्रेन-कम्प्युटर इन्टरफेस
समाजशास्त्रीय परिवर्तन: अत्यधिक व्यक्तिगत अनुभव, डिजिटल नैतिकता, डेटा गोपनीयता अधिकार,जलवायु सचेतता।
#नोट: गौतमवुद्द,कार्ल माक्स र अलवर्ट आइन्सटाइनका बिचारहरुको समायोजन पुरानो पुस्ताको अभिभाकत्व र नयाँ पुस्ताकोको स्प्रिरिटमा आउँदो एक दुई दशकभित्र बिश्वमा पुन: समाजवाद निर्माणको लहर पैदा हुने संभावना देखिन्छ। साधन,शक्ति र पुँजिको अति केन्द्रिकरणले पुँजिवाद भयानक संकटमा छ। समाज बिज्ञान र प्रविधि बिज्ञानको बिकासले पैदा गरेको चेतनाले समाजवाद अनिवार्य बन्दै छ।