Bhimeshwor Municipality ward no. 7

  • Home
  • Bhimeshwor Municipality ward no. 7

Bhimeshwor Municipality ward no. 7 Official page of Bhimeshwar Municipality ward no.7

27/03/2024
15/03/2024

भीमेश्वर नगरपालिका वडा नम्बर ७ वडा कार्यालय देखि हरिकिर्तन आधारभुत बिद्यालय सम्म मिति २०८० चैत्र ४ गतेदेखि ढलान कार्यहुने भएकोले चैत्र मसान्तसम्म सडक अवरोध हुने भएको हुँदा सो अबधिमा यात्रा गर्ने मोटरसाइकल लगायत सम्पुर्ण यातायातका साधनहरुले वैकल्पिक सडक प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
यसबाट सवारीसाधन/सवारी यात्रुमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थी छाैँ।

01/02/2024
सामाजिक सुरक्षा रकम लिन बैंकसम्म जान नसक्ने लाभग्राहीलाई मध्यनजर गरि आज वडाकाे तीन ठाउँ कुप्री आधारभूत विद्यालय, साखिने ...
01/02/2024

सामाजिक सुरक्षा रकम लिन बैंकसम्म जान नसक्ने लाभग्राहीलाई मध्यनजर गरि आज वडाकाे तीन ठाउँ कुप्री आधारभूत विद्यालय, साखिने आाधारभूत विद्यालय र वडा कार्यालयबाट १०९ जनालाई सामाजिक सुरक्षा रकम वितरण गरियो । साथै, यी स्थानमा आउन असमर्थ लाभग्राहीले आफुलाई पायक पर्ने जुनसुकै शाखाबाट पनि रकम बुझ्न सकिने व्यहोरा अनुरोध गरिन्छ ।आजकाे यस कार्यक्रममा सहयोग गर्नुहुने लक्ष्मी बैंक चरिकोट शाखा लगायत सम्पूर्ण महानुभावहरुमा धेरै धेरै धन्यवाद ।

भीमेश्वर नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत दिपक प्रसाद खतिवडा सरलाई बिदाइ गर्दाको केही झलकहरु। आठ महिनाकाे अन्तरालमा ...
20/12/2023

भीमेश्वर नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत दिपक प्रसाद खतिवडा सरलाई बिदाइ गर्दाको केही झलकहरु। आठ महिनाकाे अन्तरालमा उहाँले नगरपालिकामा कठिन परिस्थितिका बाबजुद पनि विधि र पद्धतिमा अडिग रहेर कार्यसम्पादन अत्यन्तै प्रभावकारी रुपमा गर्नुका साथै कार्यसम्पादनमा देखिएका समस्याहरु सहज तरिकाले समाधान गर्नुभयो ।उहाँको सेवा निवृत्त जीवनकाे सुखद , सुस्वास्थ्य, दीर्घायु तथा उत्तराेत्तर प्रगतिकाे कामना ।

नेपालीको महान पर्व शुभ विजयादशमीकाे अवसरमा यश वडामा रहेका तपशीलका अति विपन्न नागरिकहरुलाई सहजरुपमा दशैँ मनाउनकाे लागि  व...
23/10/2023

नेपालीको महान पर्व शुभ विजयादशमीकाे अवसरमा यश वडामा रहेका तपशीलका अति विपन्न नागरिकहरुलाई सहजरुपमा दशैँ मनाउनकाे लागि वडा समितिकाे पहलमा खाद्यान्न सामानहरु
१.दाल १ केजि
२.नुन १ केजि
३.तेल १ लिटर
४.चामल १ बोरा
५.नगद रु.१००० वितरण गरियाे ।
प्राप्त गर्ने व्यक्तिहरु
१.बद्री कार्की
२.काले तमाङ
३.बिमला तमाङ
४.पुर्ण बहादुर सार्की
५.बाबुराम सार्की
६.सम्झना केसी
७.गङ्गा ठकुरि
८.सीता नेपाल
९.निर्मला सार्की
१०.जित बहादुर मगर (उदयपुर जिलाबाट हाल यस वडामा बसाेबास गरिरहेकाे)

विधुर पुरुष सहायता र जेष्ठ नागरिक सामाजिक सुरक्षा सहायता  कार्यक्रम सम्पन्न दोलखा जिल्लाको भिमेश्वर नगरपालिकाको वडा नं ७...
16/10/2023

विधुर पुरुष सहायता र जेष्ठ नागरिक सामाजिक सुरक्षा सहायता कार्यक्रम सम्पन्न

दोलखा जिल्लाको भिमेश्वर नगरपालिकाको वडा नं ७ मा विधुर पुरुष सहायता र जेष्ठ नागरिक सामाजिक सुरक्षा कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त कार्यक्रममा प्रमुख आतिथ्यता पूर्व वडाअध्यक्ष कैलास कुमार श्रेष्ठ र विशेष आतिथ्यता ६ नं वडाकाे वडा अध्यक्ष नवीन कुमार लामाकाे उपस्थितिमा भएको थियोे । ४० वर्ष माथिका विधुर पुरुषलाई जनही रु. ५,०००/- र ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई जनही रु. १,०००/- वितरण गरिएकाे थियाे । प्रमुख अतिथि श्रेष्ठले ७५ वर्ष माथिका जेष्ठ नागरिकको सम्मान स्वरूप विगतका आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरता दिनकाे लागि चालू आर्थिक वर्षमा वडागत बजेटबाट रकम छुट्टयाइएकोमा वर्तमान वडा समितिलाई धन्यवाद दिनुभयो । त्यसैगरी, विशेष अतिथि लामाले समयकाे चक्र सँगसँगै सबै मानिसहरू वृद्ध हुने भएकालेे हाम्रा भावी पुस्तालाई सिकाउन, हामीले पनि भावी पुस्ताबाट यस्तै सामाजिक कार्यकाे अपेक्षा राख्न र भविष्यमा पनि यसकाे प्रभाव परिरहने हुनाले यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइरहनुपर्ने मन्तव्य राख्नुभयाे ।
वडा अध्यक्ष विनाेद लामाले नेपालीकाे महान् पर्व शुभ विजयादशमी तथा दीपावलीकाे अवसरमा जेष्ठजनबाट आशिर्वाद प्राप्त गर्न, उनीहरुको मनाेबल बढाउन सम्मान स्वरुप वडागत बजेटबाट यश कार्यक्रम आयोजना गरेकाे र यश कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयाे । उक्त कार्यक्रमबाट ३० जना विधुर पुरुष र २३५ जना जेष्ठ नागरिक लाभान्वित हुने उद्देश्य राखिएको वडा सचिव ऋषि प्रसाद दाहालले बताउनु भयाे ।

15/10/2023

मिति 2080/06/29 गते विहान ११:०० बजे वडा कार्यालयमा २०८० साल असार मसान्तसम्म ७५ वर्ष पुगेका जेष्ठ नागरिकलाई सम्मान स्वरुप प्रति व्यक्ति रु. १,०००/- वितरण गर्ने भएकाेले (वडा कार्यलयमा आउन सक्ने जेष्ठ नागरिकले) नेपाली नागरिकता प्रमाणपत्रकाे प्रतिलिपी १ थान सहित उपस्थित काे लागि अनुरोध गरिन्छ ।

सबै विधुर पुरुषहरू आवश्यक  कागजात सहित उपस्थितको लागि अनुरोध गरिन्छ ।
14/10/2023

सबै विधुर पुरुषहरू आवश्यक कागजात सहित उपस्थितको लागि अनुरोध गरिन्छ ।

सामाजिक सुरक्षा रकम लिन बैंकसम्म जान नसक्ने लाभग्राहीलाई मध्यनजर गरि आज वडाकाे तीन ठाउँ कुप्री आधारभूत विद्यालय, साखिने ...
10/10/2023

सामाजिक सुरक्षा रकम लिन बैंकसम्म जान नसक्ने लाभग्राहीलाई मध्यनजर गरि आज वडाकाे तीन ठाउँ कुप्री आधारभूत विद्यालय, साखिने आाधारभूत विद्यालय र वडा कार्यालयबाट १४५ जनालाई सामाजिक सुरक्षा रकम वितरण गरियो । साथै, यी स्थानमा आउन असमर्थ लाभग्राहीले आफुलाई पायक पर्ने जुनसुकै शाखाबाट पनि रकम बुझ्न सकिने व्यहोरा अनुरोध गरिन्छ ।आजकाे यस कार्यक्रममा सहयोग गर्नुहुने लक्ष्मी बैंक चरिकोट शाखा लगायत सम्पूर्ण महानुभावहरुमा धेरै धेरै धन्यवाद ।

सामाजिक सुरक्षा रकम लिन बैंकसम्म जान नसक्ने लाभग्राहीलाई मध्यनजर गरि आज वडाकाे तीन ठाउँ कुप्री आधारभूत विद्यालय, साखिने ...
24/07/2023

सामाजिक सुरक्षा रकम लिन बैंकसम्म जान नसक्ने लाभग्राहीलाई मध्यनजर गरि आज वडाकाे तीन ठाउँ कुप्री आधारभूत विद्यालय, साखिने आाधारभूत विद्यालय र वडा कार्यालयबाट १३० जनालाई वितरण गरियो । साथै, यी स्थानमा आउन असमर्थ लाभग्राहीले आफुलाई पायक पर्ने जुनसुकै शाखाबाट पनि रकम बुझ्न सकिनेछ ।
त्यसैगरी, चालू आर्थिक वर्षमा पनि सामाजिक सुरक्षा रकम लिनकाे लागि वडा कार्यालयमा आएर नवीकरण गर्न नसक्ने लाभग्राहीलाई मध्यनजर गरी वीरेन्द्र आधारभूत विद्यालय उखुबारी, कुप्री आाधारभूत विद्यालय र साखिने आधारभूत विद्यालयमा सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र नवीकरण गर्ने कार्य सम्पन्न गरियाे । साथै, नवीकरण गर्न हालसम्म छुट हुनुभएका लाभग्राहीलाई श्रावण मसान्तसम्ममा आफुलाई अनुकुल मितिमा कार्यालय समयभित्र वडामा आई नवीकरण गरि दिनुहुन अनुराेध गरिन्छ । आजकाे कार्यक्रममा सहयोग गर्नुहुने लक्ष्मी बैंक चरिकोट शाखा, साथै स्थानीय युवा साथीहरु राजेश बुढाथोकी, ईश्वर बुढाथोकी, भरत चाैलागाई र सराेज थापालाई धेरै धेरै धन्यवाद ।

बाँकी तस्बिरहरू कार्यक्रमकाे
10/07/2023

बाँकी तस्बिरहरू कार्यक्रमकाे

भिमेश्वोर नगरपालिका वडा न ७ को निमन्त्रणालाई स्वीकार गर्नु भएर  सम्मान कार्यक्रममा सम्मानित तथा सहभागी हुने सम्पुर्णमा म...
10/07/2023

भिमेश्वोर नगरपालिका वडा न ७ को निमन्त्रणालाई स्वीकार गर्नु भएर सम्मान कार्यक्रममा सम्मानित तथा सहभागी हुने सम्पुर्णमा मेरो ब्यक्तिगत तथा वडाको तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्दछाै साथै आगामी दिनहरूमा पनि हजुरहरुको साथ र सहयोगको अपेक्षा राख्दछाै।

जानकारीकाे लागि अनुराेध छ।
31/05/2023

जानकारीकाे लागि अनुराेध छ।

सबैमा जानकारीकाे लागि अनुरोध छ ।
31/05/2023

सबैमा जानकारीकाे लागि अनुरोध छ ।

सर्वदलीय बैठकमा वडा कार्यालयलाई प्राप्त विपन्न घरधुरी सर्वेक्षण २०७८ काे नामावली सम्बन्धमा गम्भीर रुपमा समीक्षा गर्दै । ...
11/04/2023

सर्वदलीय बैठकमा वडा कार्यालयलाई प्राप्त विपन्न घरधुरी सर्वेक्षण २०७८ काे नामावली सम्बन्धमा गम्भीर रुपमा समीक्षा गर्दै । सर्वदलीय बैठकबाट प्राप्त राय, सल्लाह , सुझावलाई आत्मसात् गर्दै अति गरिब, मध्यम गरिब र सामान्य गरिबकाे छुट नाम समावेश गर्ने प्रक्रिया अगाडि बढाउन नगरपालिका समक्ष अनुरोध गर्ने निर्णय समेत गरियो ।

तीन दिन भित्र  वडा कार्यालयलाई जानकारी गर्नुहुन अनुराेध छ ।
07/04/2023

तीन दिन भित्र वडा कार्यालयलाई जानकारी गर्नुहुन अनुराेध छ ।

सुचना
06/04/2023

सुचना

Address


Telephone

+9779854045375

Website

Alerts

Be the first to know and let us send you an email when Bhimeshwor Municipality ward no. 7 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhimeshwor Municipality ward no. 7:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Government Service?

Share