Texas Tharu Society TTS

Texas Tharu Society TTS Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Texas Tharu Society TTS, Public Service, Dallas, TX.

टेक्सास थारु समाज का कार्यसमिति सॅघका महासचिव नेत्रसागर चौधरीका का हजुरबुवा को असामयिक निधनले हामी अत्यन्तै दुःखी भएका छ...
05/16/2024

टेक्सास थारु समाज का कार्यसमिति सॅघका महासचिव नेत्रसागर चौधरीका का हजुरबुवा को असामयिक निधनले हामी अत्यन्तै दुःखी भएका छौ । दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै शोकाकुल परिवारमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरून्। टेक्सास थारु समाज स- परिवारका तर्फबाट भावपूर्ण हार्दिक श्रद्धाञ्जली व्यत्त गर्दछु।

टेक्सास थारु समाज !

04/07/2024

क्याम्पिङ सम्बन्धमा जानकारी....

TTS परिवारमा हार्दिक अभिवादन।
साथीहरू, हामी सबैलाई थाहा छ, TTS को पहिलो बैठकबाट हाम्रो भएको सल्लाह अनुसार दोस्रो कार्यक्रम भनेको क्याम्पिङ थियो । सोही अनुसार हामि धेरैजना परिवारहरूहरु सहभागी गराई अझ बढि युनाइटेड भई अगाडि बढौ भन्ने चाहना छ ।

तपाईंहरूलाई अनुरोध छ कि यदि In/Out को जानकारी गराईदिनुभयो क्याम्पिङ आयोजक टिमले कार्यक्रमको लागि आवश्यक पर्ने व्यवस्थापन गर्नका लागि सहयोग हुने थियो ।🙏

क्रियाकलापहरु:
१, कम्तीमा ४ वटा छानिएका गीतहरू (थारु, नेपाली/लोकदोहोरी , अङ्ग्रेजी र हिन्दी) गीतहरूमा नृत्य प्रतियोगिता।

२, BBQ प्रतियोगिता, कम्तिमा 4 ग्रिल Spots बीच (विजेता को छनोट BBQ परीक्षण सदस्यहरूबाट हुनेछ)

३,Mining प्रतियोगिता

४,एयरगन शूट प्रतियोगिता (यदि हामीहरुले अनुमति पायौं भने, we’ll bring the airgun)

५, गितार बजाउने 🎸 प्रतियोगिता (कसैको आफ्नै गितार छ भने ल्याउन वा बजाउन सक्छ, सन्दीप एसटीले एउटा ल्याउनुहुनेछ)

६, माछा मार्ने र शो प्रतियोगिता (राम एससी, विक्रम सी र सन्दीप एसटी बीच प्रतियोगीता हुने छ । यदि कसैले भाग लिन चाहनुहुन्छ भने आफ्नै पोल लिएर आउनुहोला । ठूलो क्याच विजेता हुनेछ)

(नोट: हामीले कति परिवार/टेन्टहरू रिजर्भ गर्नुपर्छ र कति दिनको लागि योजना बनाउने हो भन्ने कुरा सहभागीहरूको आधारमा निर्धारण हुनेछ।
सहभागीहरूको आधारमा हामीले ठाउँ बुक गरेपछि खाना र समय बाँडफाँड गरिनेछ।

स्मरण रहोस् सहभागी हुने संख्या अनुसार हामी ती सबै कार्यक्रमहरू विभाजित गर्नेछौं या त , कार्यक्रम घटाउने छौ )।

त्यसैगरी प्रत्येक सहभागीले प्रत्येक खेलको लागि $5-5 शुल्क लाग्नेछ, पैसा सीधा TTS खातामा जानेछ।

अन्तमा कृपया हामीलाई अप्रिल ११ का दिन बेलुकी ८ बजे सम्ममा थाहा दिनुहोस् । फ़ेरि पनी हामिहरु तपाईंहरूको निर्णय अन्तिम क्षण सम्म पर्खन चाहँदैनौं!
सबैलाई धन्यवाद थप जानकारीको लागि क्याम्पिङ संयोजक Ram Sc सदस्यहरु सन्तोष चौधरी र सन्दीप एसटि सङ सम्पर्क गर्नुहोला ।

Holi Celebrating 2024 Texas Tharu Society
03/22/2024

Holi Celebrating 2024 Texas Tharu Society

टेक्सास थारू समाजका पदाधिकारीहरूको जिम्मेवारी बाँडफाँटटेक्सास थारू समाज अमेरिकाको दास्रो कार्यसमितिको पहिलो बैठक टेक्सास...
03/04/2024

टेक्सास थारू समाजका पदाधिकारीहरूको जिम्मेवारी बाँडफाँट

टेक्सास थारू समाज अमेरिकाको दास्रो कार्यसमितिको पहिलो बैठक टेक्सासमा सम्पन्न भएको छ । समाजको अध्यक्ष रामकुमार चौधरीको अध्यक्षता तथा संस्थाको सल्लाहकार सुशील चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले समाजको रिक्त रहेको कोषाध्यक्ष पदमा सरिता मण्डर चौधरीलाई मनोनयन गरिएको समाजले जनाएको छ ।

यस्तै, वैठकले वार्षिक कार्यक्रम तथा कार्ययोजनाको कार्यक्रमको जिम्मेवारी बाँडफाँट गरिएको समाजले जनाएको छ । समाजको महासचिव नेत्रसागर चौधरीका अनुसार पिकनिक कार्यक्रमको संयोजकमा रामशरण चौधरी, सहसंयोजकमा सन्तोष चौधरी, माघ कार्यक्रम संयोजकमा रामशरण चौधरी, सहसंयोजक जीवन चौधरी, जितिया कार्यक्रम संयोजकमा सरिता चौधरी, सहसंयोजकमा विक्रम चौधरी र विद्यार्थी स्वागत कार्यक्रम संयोजकमा गोपी महतो, सहसंयोजकमा आशिष चौधरीलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, समाजले आगामी चैत्र १० गते अर्थात् मार्च २३ तारिखमा होली विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ । होली कार्यक्रमलाई व्यवस्थित बनाउनको लागि संस्थाको वरिष्ठ उपाध्यक्ष शशी कुमार चौधरीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । जसको सहसंयोजकमा संस्थाको पूर्व अध्यक्ष प्रितम चौधरी र सदस्यमा प्रेम राणा, सन्दिप चौधरी, विक्रम चौधरी रहेका छन् ।

त्यस्तै, समाजको प्रेस संयोजकमा पत्रकार सन्तोष दहितलाई मनोनय गरिएको समाजले जनाएको छ । उता वैठकले संस्थाको वेवसाइट निर्माणको लागि सल्लाहकार मनोज महतो र सचिव दिपक दिपलाई, संस्थाको विशेष प्रोजेक्ट अभियानको लागि संस्थाको सल्लाहकार मनोज महतो, अध्यक्ष रामकुमार चौधरी, महासचिव नेत्र सागर चौधरी, समाजको कार्यकारिणी सदस्य जीवन चौधरी र संस्थाको साधारण सदस्य सञ्जय चौधरीलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, सस्थाको सदस्यता विस्तारको लागि संस्थाका कार्यकारिणी सदस्य जीवन चौधरीलाई, अफिसियल व्यवस्थापनको लागि आवश्यक सामग्री व्यवस्थापनको लागि समाजको वरिष्ठ उपाध्यक्ष शशीकपुर चौधरी र कार्यकारिणी विजयकुमार चौधरीलाई जिम्मेवारी दिएको छ ।

यस्तै हालसम्म सस्थाको गतिविधिलाई सहयोग गर्ने सम्पूर्णलाई हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्ने निर्णय भएको संस्थाले जनाएको छ ।

welcome to onboarding Texas Tharu Society TTS  Santosh Dahit
03/04/2024

welcome to onboarding Texas Tharu Society TTS
Santosh Dahit

टेक्सास थारु समाज अमेरिकाले सन्तोष दहितलाई प्रेस संयोजकमा मनोनयन गरेको छ । समाजका अध्यक्ष रामकुमार चौधरीको अध्.....

थारु पत्रकार संघ नेपालको पुर्व केन्द्रीय अध्यक्ष, क्रियाशिल पत्रकार श्री सन्तोष दहित ज्यु, टेक्सास थारु समाजको पहिलो मिट...
03/04/2024

थारु पत्रकार संघ नेपालको पुर्व केन्द्रीय अध्यक्ष, क्रियाशिल पत्रकार श्री सन्तोष दहित ज्यु, टेक्सास थारु समाजको पहिलो मिटिङबाट "मिडिया संयोजक" मा मनोनित हुनुभएकोमा हार्दिक बधाई । 🙏

थारू कल्याणकारिणी सभा-यु.के. का सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक बधाई । अनि सफल कार्यकालका निम्ति हार्दिक शुभक...
02/21/2024

थारू कल्याणकारिणी सभा-यु.के. का सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक बधाई । अनि सफल कार्यकालका निम्ति हार्दिक शुभकामना ।

Texas Tharu Society TTS USA परिवार ।

नेपाल यात्रा सुखमय होस् । सुभयात्रा सल्लाहकार ज्यु,  #बिजय_सरदार
02/18/2024

नेपाल यात्रा सुखमय होस् । सुभयात्रा सल्लाहकार ज्यु, #बिजय_सरदार

हालै सम्पन्न भएको थाकस दक्षिण कोरियाको चौथो अधिबेसनबाट अध्यक्ष पदमा चुनिनु भएको अमर चौधरीज्यु लगायत नव निर्वाचित सम्पुर्...
02/12/2024

हालै सम्पन्न भएको थाकस दक्षिण कोरियाको चौथो अधिबेसनबाट अध्यक्ष पदमा चुनिनु भएको अमर चौधरीज्यु लगायत नव निर्वाचित सम्पुर्ण कार्यसमिती पदाधिकारी एवं सदस्यज्यूहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना सहित थारू कल्याणकारिणी सभा कोरिया र Texas Tharu Society TTS बिच छ्लफल, समन्वय अझ प्रगाढ हुनेछ भन्नेकुरामा बिश्वस्त छौँ ।

राष्ट्रिय थारु कलाकार मन्चको महाधिवेशनबाट चुनिनु भएका अध्यक्ष वीर बहादुर  चौधरी (विनय) साथै वरिष्ठ उपाध्यक्ष रोशन रत्गैय...
02/12/2024

राष्ट्रिय थारु कलाकार मन्चको महाधिवेशनबाट चुनिनु भएका अध्यक्ष वीर बहादुर चौधरी (विनय) साथै वरिष्ठ उपाध्यक्ष रोशन रत्गैया लगायत सम्पूर्ण पदाधिकारिहरु तथा सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

Tharu Society TTS

Address

Dallas, TX

Telephone

+19452174915

Website

Alerts

Be the first to know and let us send you an email when Texas Tharu Society TTS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category