06/01/2026
सीमाको विषय कुनै व्यक्तिको धारणा होइन, राष्ट्रको संवेदनशील मुद्दा हो।
प्रधानमन्त्रीको अभिव्यक्तिले धेरै नेपालीलाई आश्चर्यमा पारेको छ। नेपालले आफ्नो भूमि फिर्ता माग्नु र आफ्नो सीमा रक्षा गर्नु राष्ट्रिय दायित्व हो। यदि नेपालले कसैको भूमि मिचेको दाबी गरिएको हो भने त्यसको आधार, तथ्य र प्रमाण जनतासामु स्पष्ट राखिनुपर्छ।
राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयमा अस्पष्ट अभिव्यक्तिले भ्रम सिर्जना गर्छ। सरकारको दायित्व राष्ट्रिय हितको रक्षा गर्नु हो, जनतामा अन्योल पैदा गर्नु होइन।
सीमाको सवालमा स्पष्टता, तथ्य र राष्ट्रिय एकता आवश्यक छ।