Nepal Share Market Investors Forum

  • Home
  • Nepal Share Market Investors Forum

Nepal Share Market Investors Forum Nepal Share Market Discussion Centre (नेपाल शेयर बजार छलफल के?

19/12/2021

उधौलि पर्बको शुभकामना ।
🙏😊🙏

15/12/2021

बजार माथि जान्छ, तल पनि आउँछ । यो प्रक्रिया निरन्तर चली रहन्छ । तपाईले हिजो र आज बजार किन घट्यो वा बढ्यो भनेर खुसी वा दुखी नभई बढेको र घटेको कारण पता लगाउने प्रयास गर्नुहोस । केही समयको निरन्तर परिश्रम र अनुमाउनको प्रयास पश्चात् तपाईं पनि सही अनुमान लगाउन सफल हुनु हुनेछ । सबैको भलो होस् । 🙏😊🙏

09/12/2021

तपाईं नेपाली शेयर बजारमा लागेको कति समय भो , कृपया comment मा लेख्नुहोस
🙏🙏🙏

07/12/2021

Market माथि जन्छकी तल , टुलु टुलु हेरर बस्नु भन्दा राम्रो केही समय नेपाली शेयर बजारको बारेमा अनुसन्धान र अध्ययनमा बिताउनुहोस् ।
🙏🙏🙏

05/12/2021

कहिले नाफा त कहिले घटा भै हाल्छ तर जो यहाँ निरन्तर परिश्रम गरिरहन्छ उसले आउने समयमा पक्कै कमाउँछ 🙏

02/12/2021

अहिलेको बजारमा turnover घटेको केही प्रमुख कारणहरु ..
1. बजारका प्रमुख खेलाडी जो संग अर्बको पोर्टफोलियो हुन्छ अहिले खासै किन बेच मा सक्रिय छैन ।
2. ब्याज बढेकोले र आउने दिनमा बायाज अझैं बढ्न सक्ने संभावनाले माध्यम वर्गको लगानीकर्ता नी बिस्तारै बजारबाट बाहिरिए का छन् ।
3. ट्रेडर्सहरू मार्केट को चाल अनुसार ट्रेड गर्ने गर्दछन् र अहिले technical को सबै indicator हरु ले Sell signal दिरहेकोले अहिले बजारमा नयाँ खरिदारको अभाव भएको छ ।
4. बैंकहरु संग loan दिने पर्याप्त पैसा नहुनाले र liquidity crisis भएकोले मार्केट तल गएको देखिन्छ ।
5. अरू नी धेरै कारण छन् , प्रमुख कारणहरु यहाँ समावेश गरिएको छ ।

01/12/2021

Online को जमानामा Broker हरुले लिने Commision rate किन नघटाएको होला , आ-आफ्नो विचार लेख्नुहोस् त

30/11/2021

Nepal Share Market Investors Forum
"नेपाल सेयर बजार लगानीकर्ता मञ्च"ले यो फेसबुक पेजमा पोष्ट र अन्तरक्रियाको लागि तपाईहरु सबैलाई स्वागत गर्दछ ।
🙏🙏🙏🙏🙏

30/11/2021

सेयरबजार बाहेक अरू के के लगानीको विकल्प छन् नेपालमा लगानी गर्न, तपाईंहरूले जानेको comment गर्नुहोस।
🙏🙏🙏🙏🙏

30/11/2021

जब सम्म स्वास छ तब सम्म आश छ भने झैं , जब सम्म खातामा Share छ तब सम्म NEPSE बढ्ने आश छ ।
यै हो हामी नेपाली को सोचाई ।

29/11/2021

आउने दिनमा शेयर बजारले नयाँ उचाईं छुने छ , जो कोही सहमत हुनुहुन्छ Like थिचेर आफ्नो मत जनाउनुहोस् । धन्यवाद 🙏

29/11/2021

भन्नेले जे नी भन्छन् , तपाईंको बिश्लेषणले जे भन्छ तै गर्ने हो शेयर बजारमा अनि मात्र नाफा कमाउने दिन आउनेछ l 🙏🙏

28/11/2021

किन्ने समय हो कि बेच्ने समय हो, धैर्यको साथ निर्णय गर्नुहोस । जीत सदेव तपाईंको हुनेछ, कहिले ढिलो त कहिले चाँडो ।

23/11/2021
10/11/2021

छठ पर्वको हार्दिक मंगलमय शुभकामना l

03/10/2021

Nepse on 19 Aug 3227
Nepse on 3rd Oct 2577.50
Nepse 20.12%down Comment your view on this

One who ignores history becomes history.😎One who learns from history creates history.😎
01/10/2021

One who ignores history becomes history.😎
One who learns from history creates history.😎

28/09/2021

राधीको सेयरमा खतरनाक इन्साइडर ट्रेडिङ, करोडौंको सेयर बेचेर बाहिरिए अध्यक्ष रुङ्गटा - Arthatantra.com

28/09/2021

शरेमर्केट मा कमाउन एउटा कुरा बुझनै पर्छ त्यो हो TREND IS MY FRIEND.शरेमर्केटमा लगानी गर्ने र फाइदा कमाउने मा फरक गर्न आउनै पर्छ .

28/09/2021

काठमाडौं । केन्द्रीय बैंकले सेयर धितो कर्जामा लगाएको सीमा संशोधन नगर्ने भए पछि सेयर बजार वियरिसतर्फ अघि बढेको छ .....

27/09/2021

Bholi 28 September (Tuesday ) Nepse Up or Down. Comment your views.

27/09/2021
26/09/2021

हकप्रद सम्बन्धी नयाँ प्रावधान के छ ?
शेयर निष्काशन गरिसकेको हाइड्रोपावर कम्पनीले ५१ प्रतिशत वा सो भन्दा बढी शेयर रहने गरी आफ्नो मातहतको आयोजनामा वा आफ्नो सहायक कम्पनीको आयोजनामा वा नयाँ सहायक कम्पनी स्थापना गरी आयोजना निर्माणको लागि संस्थागत लगानी गर्न हकप्रद शेयर निष्काशन गर्न सक्ने व्यवस्था गरेको छ । यस्ता आयोजनामा बढीमा २ सय प्रतिशतसम्म वा कायम रहेको पुँजीको १ बराबर २ को अनुपातमा हकप्रद निष्काशन गर्न सकिने छ ।

त्यस्तै अन्य कम्पनीले प्रबद्र्धन गरेको कम्पनीको आयोजनामा पचास प्रतिशत भन्दा कम शेयर लगानी गर्ने प्रयोजनका लागि समेत हकप्रद शेयरको निष्काशन गर्न सक्नेछ । तर यसरी शेयर निष्काशन गर्दा उक्त आयोजना निर्माणको भौतिक प्रगति २५ प्रतिशत भन्दा बढी भएको हुनु पर्नेछ । यस्ता कम्पनीमा बढीमा आफ्नो पुँजी बजार अथवा १ बराबर १ को अनुपातसम्म मात्र हकप्रद निष्काशन गर्न सकिने छ।

हकप्रद शेयरको निष्कासनको लागि निवेदन दिँदा सहायक कम्पनीमा रहने मुख्य कम्पनी र अन्य शेयरधनीको कति कति प्रतिशत शेयर कायम रहने हो सोको विवरण पेश गर्नुपर्नेछ । मुख्य कम्पनीले आफ्नो आयोजनाको विद्युतको व्यापारिक उत्पादन शुरु गरेको हुनु पर्नेछ । मुख्य कम्पनीले सहायक कम्पनीको चुक्ता पूँजीको एकाउन्न प्रतिशत वा सोभन्दा बढी अंश ग्रहण गरेको हुनु पर्नेछ । आयोजनाको विद्युत खरिदबिक्री सम्झौता सम्पन्न भएको, आयोजना निर्माणको लागि वित्तीय व्यवस्थापन भएको र आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र प्राप्त भएको हुनु पर्नेछ । त्यस्तै मुख्य हाइड्रोपावर कम्पनी नेपालको स्टक एक्सचेन्जमा सूचिकृत भएको कम्पनी हुनुपर्नेछ ।

नियमन विभागले तेस्रो शर्तको रुपमा कथंकदाचित प्रारम्भिक शेयर निष्काशन (आइपीओ) निष्काशन गरिसकेको हाइड्रोपावर कम्पनीले विविध कारणले आयोजनाको निर्माण सम्पन्न हुन नसकेको अवस्थामा आयोजनाको बाँकी निर्माण कार्य सम्पन्न गर्ने प्रयोजनका लागि हकप्रद शेयर निष्कासन गर्न सक्नेछन् । तर यसको लागि आयोजना निर्माणको लागत काबुबाहिरको परिस्थितिका कारणले बढ्न गएको अवस्था हुनुपर्नेछ । नियमन आयोगले काबुबाहिरको स्थिति भनेर दैवी प्रकोप वा प्राकृतिक विपत्ति, कुनै महामारी रोग फैलिएको अवस्था र लडाई, द्वन्द्व, नाकाबन्दीजस्ता कारणले विध्वशात्मक कार्यको कारण निर्माण सम्पन्न हुन नसकेको हुनुपर्ने बताइएको छ । निर्माण लागत बढ्न गएमा स्वलगानीको भागमा हुन आउने रकमको लागि हकप्रद शेयर निष्काशन गर्न सक्नेछ । काबुबाहिरको कारणले निर्माण सम्पन्न हुन नसकेको अवस्थामा हकप्रद निष्काशन गर्दा आयोजनाको भौतिक प्रगति कम्तीमा असी प्रतिशत हासिल भएको हुनुपर्नेछ ।। निर्माण सम्पन्न गर्न आवश्यक रहेको पूँजीगत लगानीको सम्बन्धमा स्पष्ट वित्तीय एवम् तालिकावद्ध कार्ययोजना सञ्चालक समिति तथा साधारण सभाबाट पारित गरिएको हुनु पर्नेछ ।

कम्पनीले आयोजना निर्माणका लागी ऋण लिएको बैंक तथा वित्तीय संस्थाबाट हकप्रद शेयर निष्कासन सम्बन्धमा सहमति लिएको हुनु पर्नेछ । हकप्रद शेयरको निष्कासन गर्दा प्रथम चरणमा निश्चित समय तोकी संस्थापक शेयरधनीका लागि शेयर निष्कासन गर्नु पर्नेछ । संस्थापक शेयरधनीले चुक्ता गर्नुपर्ने कुल रकम र सो रकम चुक्ता गरे नगरेको व्यहोरा खुलाईएको विवरण समेत प्रकाशन गरी दोस्रो चरणमा सर्वसाधारणको लागि हकप्रद शेयरको निष्कासन गर्नुपर्नेछ । हकप्रद शेयरको आह्वान गर्दा ३ वर्षको वित्तीय विवरण र आगामी ५ वर्षको तालिकाबद्ध अनुमानित वित्तीय विवरण समेत उल्लेख गर्नुपर्नेछ ।

4 महिनाको बृद्धि 1 महिना मा हराएको छ। भविष्यमा राम्रो दिनको आशा गरौं। 🤝🙂🤝
20/09/2021

4 महिनाको बृद्धि 1 महिना मा हराएको छ। भविष्यमा राम्रो दिनको आशा गरौं। 🤝🙂🤝

20/09/2021

What you all think about this ?

17/09/2021

Trading गर्दै हुनुहुन्छ भने किनेको मुल्य भन्दा ५% तल stop loss राख्नुस, जहिले पनी बढ्दो क्रममा किन्नुहोला, volume र candle stick हेर्नुस , fundamental नहेरेपनि हुन्छ, तपाइले किन्नासाथ सबै स्टक बढ्छ नै भन्ने हुदैन यहाँ
🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿

https://www.beemapost.com/2021/08/12827/
12/08/2021

https://www.beemapost.com/2021/08/12827/

काठमाडौं । बिहिबार नेप्सेमा बैंक अफ काठमाण्डूको ऋणपत्र सूचिकृत भएको छ । बैंकको ‘८.५% बिओके डिबेन्चर’ नामक ऋणपत्र ....

Books 👇👇
10/07/2021

Books 👇👇

08/07/2021

केही दिन पहिला माथिल्लो तामाकोशीको शेयर एकाएक बढेर ९०८ रुपैयाँसम्म पुगेको थियो । आयोजनाबाट बिजुली उत्पादन हुने समय नजिकिदै गर्दा शेयरको भाउ पनि एकाएक बढेर नयाँ उचाई लिएको थियो ।

तर, हिजोदेखि आयोजनाको एउटा युनिटबाट बिजुली उत्पादन सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो नै (सोमबार) उक्त आयोजनाको उद्घाटन गरे । प्रधानमन्त्रीले उद्घाटन गरेपछिको पहिलो कारोबारको दिन आज (मंगलबार) तामाकोशीको शेयर मूल्य उच्च अंकले गिरावट आएको छ ।

तामाकोशी आयोजनाबाट बिजुली उत्पादन हुँदै छ भन्ने समय नजिकिदै जादा बढेको शेयर मूल्य आयोजनाबाट बिजुली उत्पादन हुन थालेपछि भने घट्न थालेको छ । किन यस्तो हुन पुग्यो ? अहिले आम लगानीकर्ताहरु यस्तै प्रश्न गर्न थालेका छन् ।

केही दिन अघिसम्म योजनाबाट बिजुली उत्पादन हुन थालेको एक दुई वर्ष भित्रमा नै लाभांश पाइने अपेक्षा लगानीकर्ताले गरेका थिए । तर, पछिल्लाे तथ्यांकले लगानीकर्ताले तामाकोशीबाट प्रतिफल पाउन लामो समय कुर्नु पर्ने स्थिति देखिएपछि शेयर मूल्य घट्न पुगेको हो ।

तामाकोशी आयोजनाको निर्माण सुरु गर्दा ३५ अर्ब लाग्ने अनुमान गरिएको थियो । तर, अहिलेसम्म आयोजनाको कुल खर्च ८४ अर्ब पुगेको छ ।

३५ अर्बमा निर्माण सम्पन्न हुन्छ भनिएको तामाकोशी आयोजनाको लागत दोब्बर भन्दा बढीले बढेर ८४ अर्ब लाग्ने भएपछि सर्वसाधारणले पाउने लाभांश पनि पछि धकेलिने भयो । त्यसैकारणले तामाकोशीको शेयर मूल्य पनि घट्दै गएको शेयर बिश्लेषकहरुको भनाइ छ ।

तामाकोशी आयोजनाबाट वार्षिक ९ अर्ब बराबरको आम्दानी हुने प्रक्षेपण गरिएको छ । कम्पनीको सञ्चालन खर्च, मर्मर सम्भारलगायतमा जाने खर्च कटाउँदा पनि वार्षिक ८ अर्ब बचत भएपनि पुरै ऋण तिर्नका लागि कम्तिमा १० वर्ष लाग्ने देखिन्छ ।

लगानीकर्तालाई प्रतिफल दिन त आयाेजना नाफामा जानु पर्ने हुन्छ । नाफामा नगइ लाभांश पाउने सम्भावना नभएका कारणले पनि तामाकोशीको शेयर मूल्य निरन्तर ओरालो लागेको बताइन्छ ।

यसअघि ‘सुनको अन्डा पार्ने कुखुरा’ को उपमा दिएर शेयरको भाउ बृद्धि गरिएको थियो । तर, यथार्थमा अर्कै देखिन पुग्याे । पछिल्लो तथ्यांकले आयोजनाको लागत ८४ अर्ब पुगेपछि बास्तविक अवस्थाको यर्थाथ जानकारी भएका कारण तामाकोशीको शेयर मूल्यमा गिरावट आएको शेयर बिश्लेषकहरुको भनाइ छ ।

के तपाई 25 दिनमा तपाईको लगानी दुई गुणा गर्न स्टक खोज्दै हुनुहुन्छ?👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇
08/07/2021

के तपाई 25 दिनमा तपाईको लगानी दुई गुणा गर्न स्टक खोज्दै हुनुहुन्छ?👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇

07/07/2021

Check IPO allotted or not by visiting the link👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇
https://iporesult.cdsc.com.np
IPO result CDSC - CDS and Clearing Limited

Company select garda dhyan dim hai 🤩
07/07/2021

Company select garda dhyan dim hai 🤩

06/07/2021

निर्मल प्रधानले एक अन्तर्वार्ता दिएका ठाउँमा उनले भनेका थिए, हामी सबै ठूला लगानीकर्ताले पैसालाई बिस्तारै बिस्तारै Bearish सेयरमार्केटमा हामी लगानी गर्छौं र नेप्से अधिक( Bullish market) छ भने हामी लगभग सबै स्टकहरू बेच्छौं र Bearish market फिर्ता नआउन्जेल बैंकमा पैसा राख्छौं। यो चक्र प्रत्येक पल्ट जारी रहन्छ र हामी पैसाले बढी पैसा कमाउँछौं। यहाँ प्रश्नहरू खडा हुँदैछन् कि के सबै ठूला लगानीकर्ताहरू बजारबाट बाहिर निस्केका छन्? टिप्पणीमा तपाईंको विचार छोड्नुहोस्।
Note: हालका दिनहरूको कारोबारका कारण प्रश्नहरू खडा भयो।

Some important candlestick to know for technical analysis. 🙏🙏
06/07/2021

Some important candlestick to know for technical analysis. 🙏🙏

Volume analysis of last 2 year
05/07/2021

Volume analysis of last 2 year

Address


Website

Alerts

Be the first to know and let us send you an email when Nepal Share Market Investors Forum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your organization to be the top-listed Government Service?

Share