Nepal tarundal harinas syangja

  • Home
  • Nepal tarundal harinas syangja

Nepal tarundal harinas syangja nationality, democracy, socialism

26/03/2022
26/03/2022

हरिनास-६ देउरालिमा ७५ जना पार्टि प्रवेश भनी एमालेले गरेको कुप्रचारको चिरफार

😂🤣मजाले हसाउनुहुन्छ कमेडि बाले😀photo of the day😀😁
21/10/2021

😂🤣
मजाले हसाउनुहुन्छ कमेडि बाले😀
photo of the day😀😁

नेपाली काङ्रेसको चौधौं महाधिवेशन बाट नेपाली काङ्रेस हरिनासको सभापतिमा निर्वाचित हुनुभएकोमा टोप बहादुर भुजेल तथा सम्पुर्ण...
26/09/2021

नेपाली काङ्रेसको चौधौं महाधिवेशन बाट नेपाली काङ्रेस हरिनासको सभापतिमा निर्वाचित हुनुभएकोमा टोप बहादुर भुजेल तथा सम्पुर्ण कार्यसमितिको पदाधिकारीहरुमा नेपाल तरुणदल हरिनासको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।।
जय नेपाल❤️❤️

04/09/2021

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको पहिलो प्रारम्भिक सुरुवातमा नेपाली काङ्ग्रेसको केन्द्रिय कार्यतालिका अनुसार मिती २०७८/०५/१८ गते हरिनासको ७ वटै वडामा वडा अधिवेशन भव्य रुपमा सफल भएको छ । जस स्वरुप हरिनासका ७ वटा वडामै निर्विरोध रुपमा सभापतिहरु चयन हुनुभएको छ, यसको अर्थ कुनै पनि बाह्य शक्तिहरुले बुझुन, नेपाली काङ्ग्रेस हरिनासलाई कमजोर ठान्ने दुस्साहस नगरुन, काङ्ग्रेसमा वेमेलको स्थितिबाट चोईटिएका टुक्राहरु बटुलेर आफ्नो पेट भर्ने सपना देख्नेहरुले बुझुन । साथै १४ औं महाधिवेशनले चुनिनु भएका वडा सभापतिहरु
- वडा नं. १ बाट देब बहादुर थापा
- वडा नं. २ बाट चित्र बहादुर थापा सिंजालि
- वडा नं. ३ बाट कृष्ण बहादुर भुजेल
- वडा नं. ४ बाट बागधन राना
- वडा नं. ५ बाट केसब बहादुर लम्साल
- वडा नं. ६ बाट जीव नारायण मानन्धर
- वडा नं. ७ बाट भेषराज थापा (बिरस)
नयाँ जोस, नयाँ कार्यदिशा, नयाँ एजेन्डा, जनभावना र जनताका गुनासाहरुको कदर गर्ने पालुवा बनेर, सुशासन, बिकास, निकास र भावि नितिगत कार्यशैलीबाट समाजको मुहार फेर्न सक्नेगरि काम गर्नुहोला। नेपाल तरुणदल हरिनास सदा देश, जनता, र पार्टी प्रति पुर्ण सहयोगको निम्ति तमतयार अवस्थामा रहने छ। सत्य र निस्थाका लागि तरुणदल सदा समर्पित छ । अन्यायको र गलतको जस्तो सुकै अनुहारसँग पनि सामना गर्न तरुणदल एक रति हल्लने छैन, खुट्टा कमाउने छैन, डगमगाउने छैन । हरेक ठाउँमा तरुणदल तपाईहरुकै साथमा रहने छ । १४ औं महाधिवेशनबाट चयन हुनुभएको सम्पुर्ण वडा सभापतिहरु, क्षेत्रिय प्रतिनिधिहरु तथा वडा कार्यसमितिको सदस्यहरुमा राम्रो काम गरेर समाज र संगठन दुवैलाई अगाडि बढाउनुहोला भन्ने सफल कार्यकालको शुभकामनाका साथ नेपाल तरुणदल हरिनासको तर्फबाट हार्दिक-हार्दिक बधाई ।।।
जय नेपाल 🌳❤️

03/09/2021

नेपाली काँग्रेसको वडा तहको अधिवेशन आज आरम्भ हुंदैछ।वडा पार्टी संरचनाको आधारभूत तह मात्र होइन यो पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर लाखौँ क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ पनि हो।सम्पूर्ण क्रियाशील साथीहरूलाई उत्साहपूर्वक यो प्रक्रियामा सहभागी हुन नेपाल तरुणदल हरिनास गाउपालिका हार्दिक अनुरोध गर्दछौ।
जय नेपाल।।
जय हरिनास।।

13/08/2021

स्थानीय सरकार विरुद्ध छानबिनका लागि अख्तियारमा उजुरी परेको भन्ने एक समाचारले हरिनास स्थानिय सरकार र सरकार प्रमुख आवद्ध राजनैतिक दल नेकपा एमाले साथै समर्थकहरुले प्रतिपक्षी दल प्रती आरोप लगाउदै सामाजिक संजालमा गरिएको टीका टिप्पणी र नेकपा एमाले हरिनास गा पा अध्यक्ष मनोरथ शर्मा रिजाल द्वारा हस्ताक्षरित प्रेस बिज्ञप्ति र सचीव इन्द्र रुचाल द्वारा प्रेषित पोष्टले ठूलो सङ्काको भुमरिमा पारेको छ। यी दुबै बिज्ञप्ति र पोष्टले स्थानिय
सरकार प्रमुख खिम नारायण मानन्धर निर्दोष, लोकप्रिय र जनभावना बुझ्ने नेता हुन भन्ने आशय प्रकट भएको छ। यसका साथै स्थानिय सरकार प्रमुखले विधि बिधान र ऐन नियम सङ्गत कार्य गरेको र विपक्षीलाई लाई असहय भै अत्तालियर राजनैतिक पूर्वाग्रहले कपो कल्पित भ्रमात्मक आरोप लागाइ व्यक्तिगत कद सक्न लागेको भन्ने मनसाय युक्त आसय आएको हुदा एउटा ठूलो सङ्काको भुमरि देखा परेको छ। जहाँ सचीव इन्द्र रुचालको पोष्टमा उल्लेख गरिएको एउटा बिषय मात्र उल्लेख गरौ जुन सजिलै सङ्ग देख्न सकिन्छ भने अन्य
योजना र बिषयमा पनि तयार छौ। त्यो हो पुर्कोट भ्यु टावर जसको कुल लागत स्टमेट रकम रु ४ ९, ४३,१६७/ ३ (उनन्पचास लाख त्रिचालीस हजार एक सय सडसठ्ठी रुपिया तीन पैसा मात्र) जसको लागि गाउपालिकाको नगद अनुदान रकम रु ३ ९, ००,००० (उनन्चालिस लाख) र जन श्रमदान १०,४३,१६७/ ३ पैसा को योजना स्टमेट भएको छ। जसको लागि गाउपालिकाको अनुदान रकम रु ३ ९, ००,००० (उनन्चालिस लाख) को लागि स्थानिय सरकार द्वारा आ
व २०७५/७६ मा रु ३६,००,००० (छत्तिस लाख) बिनियोजन भएको थियो र नपुग रकम रु ३,००,००० (तीन लाख) को लागि आ व २०७६/७७ मा रु ४७,००,००० (सडचालिस लाख) बिनियोजन गरिएको थियो जुन बजेट अघिल्लो बजेट को अपुग रकम भन्दा ४४,००,००० (चवालीस लाख) बढी हुन आउँछ के यो काङ्ग्रेसले बिनियोजन गरेको र बनाएको बजेट हो? के यो नीति सम्वत हो र छ? अनि यो सिधै देखिने भ्रष्टाचार होइन? यदि यो गर्दा गर्दै पनि नियम सङ्गत हो भन्ने एमाले पार्टिको आधिकारिक धारणा हो भने बढी रकम बिनियोजन गरेर कार्यकर्ता पोस्नका लागि पाटिले निर्देशन दिएको थियो र हो? गम्भीर प्रश्न उठेको छ। यहि र यस्तै कारण ले गर्दा गम्भीर
आशङ्का उब्जेको छ। यो त प्रतिनिधि घटना मात्र हो अन्य योजना र बिषय त छदै छ, अन्य बिषय र योजनामा पनि प्रतिपक्षी होसियार योग्य र जनता सामु जान सक्षम छ। त्यसैले हामी भन्न चाहन्छौ प्रतिपक्षी लाई चुनौती होइन हिम्मत भए आउनुहोस तथ्य र तथ्याङ्क लिएर टेवलमा बस्न प्रतिपक्षी तयार छ। आउनुहोस चुनौती छ ।होइन भने प्रतिपक्षीको मौनतालाइ नजरान्दाज गरेर कायरता नठानिओस्। प्रतिपक्षी प्रती अनावश्यक आरोप नगरिओस आफ्नो गल्ती स्विकार्दै
सुध्रिनु होस्। कसैलाई गाली गलौच आरोप प्रत्यारोप गरेर कसैलाइ दोषी र कसैलाई निर्दोष करार गर्न नखोजिओस्। आवस्यक छानबिन सम्बन्धीत निकायले गर्छ बरु नैतिकता छ भने सत्य तथ्य बाहिर ल्याउन हिम्मत गर्नुस् ।।
धन्यवाद
जय नेपाल

हरिनास गा.पा वडा नं. ७ मा युवा नेता तथा सोही वडा काङ्ग्रेस सभापति श्री भेषराज थापा (बिरस)ज्युको अध्यक्षता,  ने.का जिल्ला...
10/08/2021

हरिनास गा.पा वडा नं. ७ मा युवा नेता तथा सोही वडा काङ्ग्रेस सभापति श्री भेषराज थापा (बिरस)ज्युको अध्यक्षता, ने.का जिल्ला का.वा सभापति बुद्धि बहादुर राना (कुमार)ज्युको प्रमुख अतिथ्यतामा सम्पन्न नेपाली काङ्ग्रेस कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा जनमुक्ति पार्टी र नेकपा एमाले पार्टी परित्याग गरि ४७ जना व्यक्तिहरु नेपाली काङ्ग्रेस प्रवेश गरेका छन। नव प्रवेशी साथिहरुलाई नेपाल तरुणदल हरिनास गा.पा हार्दिक स्वागत गर्दछ ।
जय नेपाल🌳

जय तरुण, जय काङ्ग्रेस, जय नेपाल।
07/04/2021

जय तरुण, जय काङ्ग्रेस, जय नेपाल।

04/12/2020

#प्रसङ्ग_
#हरिनास_६_दग्दि_देखि_जन्त_जाने_क्रममा_हरिनास_५_किटियामा_भएको_प्रहरिसँगको_विवाद
ावश्यक_काङ्गेस_लक्षित_हरिनास_अध्यक्षको_डिलेट_गरिएको_पोष्ट

आज तपाईंले हरिनास काङ्ग्रेस लक्षित जुन पोष्ट हाल्नुभयो त्यो पोष्ट तपाईंले फाल्दैमा तपाईंको नियत माथि उठेको नैतिक प्रश्नको जवाफ मिल्दैन अध्यक्ष ज्यु। तपाईंले नेपाली काङ्ग्रेस हरिनासलाई कमजोर ठान्नुभएको भए तपाईंलाई खुल्ला चुनौती दिन चाहान्छौ। आउनुस खुल्ला रुपमा बहस गरौ। तपाई जस्तो नैतिक जिम्मेवारीबाट बाहिर निस्किएर खेलो गर्दै हिडेर आफ्नो अनुहार आफै हेरेर मख्ख पर्ने मध्येका हामी होईनौ। यसका साथै आज वास्तविक घटना सम्बन्धी जानकारी समेत गराउन चाहान्छौ जुन घटना लाई अतिरन्जित गरेर सामाजिक सन्जालमा पपुलारिटिको लागि नैतिकताको एक रति पनि ख्याल नराखि पोस्ट राख्नु भयो र केही समय पनि राख्न नसकी डिलिट गर्नु भयो जहाँ तपाइले काङ्ग्रेस हरिनासले अन्तर पालिका प्रहरिलाइ खबर गरेर बाईकमा सवार व्यक्ती जन्त जाने क्रममा ने क पा प्रवेश गरेको आधारमा रोकेको भन्नुभएको थियो । थोरै पनि पदिय दायित्त्वको ख्याल भएन? आजको वास्तविक घटना मल्याङ्कोट प्रहरी चौकिका प्रहरी हरिनास गा पा वडा नम्बर ५ स्थित किटिया तर्फ आएको अवस्थामा जन्ती गएको भाइहरु बिना हेल्मेट र लूकिङ ग्लास नभएको बाइकमा गएको भन्ने बुझिएको छ कि ने क पा प्रबेश गरेको ने क पा कार्यकर्ता लाई कानुन लाग्दैन ? प्रहरीले उहाहरुलाइ सोध्ने क्रममा र ब्लु बुक लाइसेन्स देखाउनुस भन्ने क्रममा कहिले घरमा त कहिले पोखरा भएको र ल्याउन सम्भब नभए फोटो देखाउन अनुरोध गर्दा उहाहरुले विभिन्न ब्यक्तिको नाम लिएर प्रहरि माथी गाली गलौज गरेको र विभिन्न व्यक्तिको नाम लिदै सरुवा देखि कारबाही गर्ने सम्मको धम्की दिएको हुदा बाइक नियन्त्रणमा लिएको हो भन्ने बुझ्नमा आएको छ। जाबो कार्यकर्ताले संघीय प्रहरि सरुवा र कारबाही गर्ने घमण्ड? वा ने क पा को अहङ्कार कोही खुकुरी छापकाउने कोही प्रहरि सरुवा र कारबाही गर्ने धम्की त्यस्ता कार्यकर्ता होइन प्रश्न तपाईं प्रति हो महासय। अनि प्रहरी संघीय सरकार मातहत रहेको छ। प्रहरी स्थानीय सरकार मातहत ल्याएको छैन महासय।त्यसैले संघिए सरकार मातहत रहेको बेला उनिहरु जहा पनि जान पाउँछन् होलानी? कि छुट्टै राज्य हो र हरिनास? वा अध्यक्ष ज्यु तपाई जस्तो गरिमामय पदमा रहनु भएको ब्यक्तिको हैसियत माथी प्रश्न उठाउन बाध्य बनाउदै तपाइ जस्तो थोरै पनि नैतिकता र दायित्त्वको समेत ख्याल गर्न नसक्ने अध्यक्षको कार्य शैली देख्दा भने लाज लागेर अाउछ।

25/11/2020

नेपाल कम्युनिष्ट पार्टी र सरकारको आन्तरिक कलहमा नेपाली कांग्रेसको कुनै सरोकार छैन । नेकपा पार्टी फुट्छ र कांग्रेस सरकारमा जान्छ भन्ने भ्रममा हामि पर्न हुन्न ।

प्रतिपक्षको हैसियतले जनताको आवाज उठाउन कांग्रेस सडकमा जानु पर्छ ।

ने क पा हरीनास का होनाहार अन्धभक्त कार्यकर्ता द्वारा कुनै पोष्टमा गरिएको कमेन्ट। मित्रहरुलाई जानकारी गराउन चाहन्छौं मित्...
13/11/2020

ने क पा हरीनास का होनाहार अन्धभक्त कार्यकर्ता द्वारा कुनै पोष्टमा गरिएको कमेन्ट। मित्रहरुलाई जानकारी गराउन चाहन्छौं मित्र नेपाली काङ्रेस हरिनास त्यति कमजोर छैन तपाईहरुको धम्कीले कोही तर्सने वाला छैन। अब आई लाग्ने माथि जाई लाग्न नेपाली काङ्रेस हरिनास सक्षम र जानेको छ।

12/11/2020

सामाजिक सञ्जालमा हरिनास कांग्रेस लाई जोडेर केही भ्रमाक र अतिरञ्जित पोस्टहरु आइरहेको हुँदा केही जानकारी दिनु पर्ने र वाञ्छनीय देखिएको हुँदा थोरै जानकारी गराउन चाहन्छौं। विशेष गरिकन पूर्कोट भ्यू टावर को बारेमा ने क पा का केही जिम्मेवार मित्रहरू द्वारा पटक पटक उक्त भ्यू टावर निर्माण कांग्रेसले रोकेको, सरकारी बजेट प्रयोग नगरी खल्तीको पैसा हालेर गर भनेको र कांग्रेस विकास विरोधी कामनगरेस भनेर पोष्ट आएको थियो र छ। सर्वप्रथम हामी यो जानकारी गराउन चाहन्छौं कि कांग्रेस हरिनास विकास विरोधी होइन। लोकतन्त्र भन्नाले जे मन लाग्छ त्यही गर भन्ने होइन। हाम्रो कुरा यति मात्रै हो कि काम गर्दा विधिको शासन भित्र विधि र नियम अनुसार गरियोस् भन्ने मात्र हो। कांग्रेस को तर्फ बाट पटक पटक पालिका कार्यालय गएर विभिन्न बुँदाहरू मा सचेत र जानकारी गराएका थियौं पछिल्लो पटक गा पा अध्यक्षको कार्यकक्ष मा बसेर केही विषयमा जानकारी गराउँदा स्वयम अध्यक्षले अख्तियार जानुस् भन्ने सम्म को भनाई पछि हामी त्यही दिन अख्तियारमा गएको खण्डमा बेनामी उजुरी दिँदैनौं भनेर निस्केको र सोही बमोजिम उजुरी कांग्रेसको तर्फ बात अख्तियार दूरुपयोग अनुसन्धान आयोग पोखराको कार्यालयमा उजुरी दिएको सही र सत्य हो जुन उजुरीमा पुर्कोट भ्यू टावर मात्र होइन अन्य विषय र बुँदाहरूमा पनि उजुरी दिएका थियौ । तर भ्यू टावर को विषयमा बढी आएको हुँदा यो सँग सम्बन्धित केही विषय मात्र जोड्न चाहन्छौं सर्व प्रथम यसको कुल लागत स्टमेट अनुसार रु ४९,४३,१६७/३ जस अन्तरगत रु ३९,००,००० गा पा को बजेट र १०,४३,१६७/३ जन श्रमदान भनेर राखिएको छ। जसको लागि गत आर्थिक वर्षमा पनि यसको लागि बजेट विनियोजन भएको थियो भने यो आर्थिक वर्ष मा पनि रु ४७,००,००० विनियोजन गरेको छ यो नियम भन्दा बाहिरको हो । जहाँ पालिकाको बजेट रु ३९,००,०००भनेको मध्य गत वर्षको बजेट छोडेर पनि यो वर्षको बजेटमा मात्र लागत स्टमेत भन्दा रु ८,००,००० बढी हुन आउँछ जस मध्य गत वर्षको बजेट कहा गयो? यो सङ्गै अन्य सार्वजनिक खरिद ऐन को विरुद्धमा भएको विषय पनि छदै छ। त्यसैले यो मात्र होइन अन्य अनियमितता भएको विषयमा सचेत गराउँदै अख्तियार मात्र होइन अन्य निकायमा सम्म जाने जानकारी गराउँदछौं। यो सङ्गै अन्य ऐन विपरीत भएका विषय कति छन् बिस्तारै खोल्दै जाने छौं। तर अन्तमा भन्न चाहन्छौं राम्रा कामको लागि प्रतिपक्ष दल हरीनास को स्थानीय सरकार सङ्गै जिम्मेवार पूर्वक साथमा रहने छौं।

22/03/2020

सीमानाकामा बन्द गर्नु भन्दा भन्दा जनताको घाँटी सुक्यो तर सरकारलाई मतलब भएन आखिर त्यही भयो जसको हामीलाई डर थियो।
वीरगन्जमा पहिलो कोरोना संक्रमित बिरामी भेटियो।

बिरामीको विवरण: वीरगञ्ज आदर्शनगर निवासी ६७ बर्षिय शिवकुमार रुगटा, उनको परिवारको सदस्यहरूलाई होम क्वारेन्टाइन मा बस्नको लागि आग्रह।

23/02/2020
23/02/2020

सक्दो भ्रस्टाचार गरौ
जनताले थाहा पाए भने राजिनामा दिउला 😄
#नेकपा

15/12/2019

सबै सबैमा न्यानो जय नेपाल ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Nepal tarundal harinas syangja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Government Service?

Share