13/10/2025
काठमाडौंको बसपार्क मा पनि यस्तो कार्बाही हुनु पर्यो ............................................................................................
Nepal Police
बाँके जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले रातको समयमा सादा पोसाकमा फिल्डमा निस्किएर अपराध नियन्त्रणका लागि गरेको छड्के अभियानले नेपालगञ्जको रात नै हल्लाएको छ।
बसपार्क आसपासको क्षेत्रमा राति निरीक्षणका क्रममा एसपी जिसी आफैं सामान्य नागरिक बनेर गएका थिए। त्यही क्रममा एक यौनकर्मी नाचिनेर उनको नजिक आइन् र हल्का स्वरमा सोधिन्, “जाने हो?” त्यो क्षणले प्रहरी प्रमुखलाई झस्कायो। उनले तत्काल गाडीमा फर्किएर प्रहरी टोलीलाई संकेत दिए, र त्यसपछि सुरु भयो नेपालगञ्जको चर्चित रात्री कारबाही।
एसपी जिसीको निर्देशनमा बिहीबार राति नेपालगञ्जका मिलन कटेज, भेरी कर्णाली होटेल, रिभरसाइड र दँगाली होटेलमा प्रहरीले एकसाथ छापा मार्यो। कारबाहीका क्रममा ३१ महिला र १४ पुरुष गरी ४५ जना पक्राउ परे। पक्राउ पर्नेमा आठ जना भारतीय नागरिक पनि रहेका छन्। प्रहरीले होटेल सञ्चालकसहित अनैतिक कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
एसपी जिसीका अनुसार, कारबाहीले बसपार्क र आसपासका क्षेत्रमा हुँदै आएको यौन व्यापार, लागूऔषध र अवैध गतिविधिमा उल्लेखनीय सुधार ल्याएको छ। उनले भने, “म कुर्सीमा बस्न आएको होइन, नागरिकलाई प्रहरी छ है भन्ने सन्देश दिन आएको हुँ।”
‘प्रहरी पनि छ है’ भन्ने सन्देशसहित बाँके प्रहरीले पछिल्लो समय अपराध नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। स्थानीय बासिन्दाका अनुसार, प्रहरीले सादा पोसाकमा राति गस्ती बढाएपछि बसपार्क क्षेत्रमा रातको भीड घटेको छ र अपराधीहरू त्रसित बनेका छन्।
नेपालगञ्जको रात अझै जागिरहेको छ, तर अब प्रहरी पनि त्यसै अँध्यारोमा उज्यालो लिएर निस्किएको छ — जसले अपराधीलाई होइन, सुरक्षा खोज्नेहरूलाई आत्मविश्वास दिएको छ।