20/09/2013
धरोधर्म तिम्रै हुन्छु चुक्दिन नि कसम
झुटो होईन बाचा कसम फुक्दिन नि कसम ।
रोजे मैले तिमिलाई जब नयन जुध्यो
तिमि बाहेक कोहि सग झुक्दैन नि कसम ।
युग बिते युगै आउछ पर्खियर बस्छु
बरुबिहान उदाई साझं पर्दा लुक्दिन नि कसम ।
हिंउ बनि पग्लिदिन्छु शागर झै अटल बग्छु बालुवाको पानिसरि पोखियर सुक्दिन नि कसम ॥