08/12/2026
क्यानडाका लागि नेपाली राजदूत महामहिम श्री भरतराज पौड्यालले ९ अगस्ट २०२६ मा मिसिसागामा Remit123 द्वारा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागिता जनाउनुभयो। कार्यक्रममा क्यानडाको विप्रेषण क्षेत्र तथा नेपालको बैंकिङ एवं वित्तीय क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।
क्यानडामा नेपाली डायस्पोराको स्वामित्वमा सञ्चालित विप्रेषण कम्पनी Remit123 को शुभारम्भको स्वागत गर्दै महामहिम राजदूतले विप्रेषण सम्बन्धी नेपाल सरकारको विद्यमान नीति बारे प्रकाश पार्दै क्यानडा-नेपाल आर्थिक साझेदारीलाई थप सुदृढ बनाउन सुरक्षित, सहज र औपचारिक विप्रेषण माध्यमको रूपमा Remit123 लाई सफलताको शुभकामना व्यक्त गर्नुभयो।
विप्रेषण कम्पनी, वित्तीय संस्था तथा सम्बन्धित सरोकारवालाबीच निरन्तर सहकार्य गर्दै नेपालमा विप्रेषण पठाउने प्रक्रियालाई पारदर्शी, सहज र लागत-प्रभावी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
अघिल्लो दिन ८ अगस्टमा हिमालयन मेलाको अवसरमा महामहिम राजदूतले Remit123 को एप डाउनलोड गरी यसको औपचारिक सुरुआत गर्नुभएको थियो।