07/09/2026
एनआरएनए जर्मनी कप फुटबल २०२६, Stuttgart ⚽️⚽️
सबै सहभागि टिमहरूलाई हार्दिक आभार तथा विजेता टिमहरू लाई हार्दिक बधाई, 💐💐🏆🏆🥇🥇
पुरुष र महिला दुबै तर्फ NFCH Hamburg विजेता बने।
उपविजेता महिलातर्फ NFT-Munich तथा पुरुष तर्फ NFT स्टुटगार्ट बने।
प्रतियोगितालाई सफल बनाउन सहभागी सबै Clubs, खेलाडीहरू, प्रशिक्षक, व्यवस्थापन टोली, रेफ्रीहरू, Nepalesische Progressive Jugendorganisation e.V. को तर्फबाट डाक्टर हरू सहितको मेडिकल टिम, स्वयंसेवक, Food Partners, Sujan Fotografie तथा Tournament LIve प्रसारण गर्ने SixHead Studio Team” लगायत सबैको महत्वपूर्ण योगदान रहेको थियो।
प्रतियोगितालाई सफल बनाउन आयोजक NFC Stuttgart टिम, NRNA LCC Baden-Württemberg एवं सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा विशेष आभार प्रकट गर्दछौं। साथै, सहयोगदाताहरू, प्रायोजकहरू, समर्थकहरू, सहभागी टोलीहरू, दर्शकहरू, पत्रकारहरू, समाजसेवीहरू, सबै संघ–संस्थाहरू, एनआरएनए अग्रज ज्यूहरू, सबै LCC संयोजकज्यूहरू तथा पदाधिकारीहरू र सिंगो NCC कार्यसमितिप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
प्रतियोगिता सम्पन्न हुने क्रममा जर्मनीभरिका नेपाली समुदायको बाक्लो उपस्थिति, खेलसँगैको भेटघाट तथा खानपानले वातावरणलाई उत्सवमय बनाएको थियो। पारिलो मौसमले पनि प्रतियोगितालाई थप रौनक दिएको थियो।
यससँगै, एनआरएनए कप फुटबल २०२७ आगामी वर्ष Hannover मा आयोजना हुने घोषणा गरिएको छ।
आयोजकहरूको तर्कबाट सबैमा हार्दिक धन्यवाद सहित !
NRNA Germany Football Cup 2026 Stuttgart ⚽️⚽️🏆
(NRNA NCC & LCC , जर्मनी परिवार)