24/05/2026
आज बर्लिनमा आयोजना भइरहेको विश्वप्रसिद्ध बहुसांस्कृतिक सडक महोत्सव “Karneval der Kulturen” मा नेपालले आफ्नो मौलिक कला, संस्कृति र पहिचानमार्फत जलवायु परिवर्तनजस्तो महत्वपूर्ण विश्वव्यापी मुद्दालाई प्रस्तुत गर्न लागेकोमा अत्यन्त गर्व महसुस भएको छ।
विश्वका ६० भन्दा बढी देशहरूको सहभागिता रहने यस प्रतिष्ठित महोत्सवमा “Nepali Heritage Troupe” को रूपमा नेपाली कला, संस्कृति तथा परम्पराको भव्य प्रस्तुति हुने भएकोमा सम्पूर्ण टोलीलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।
यस महत्वपूर्ण अभियान तथा सहभागिताका लागि आयोजक संस्था इनास जर्मनी, नेपाली दुताबाश, NRNA Germany, NRNA LCC Brandenburg र NRNA LCC Hessen e.V. प्रति विशेष धन्यवाद र सम्मान व्यक्त गर्दछु।
नेपाली पहिचान, संस्कृति र सन्देशलाई अन्तर्राष्ट्रिय मंचमा अझ उजागर गर्ने यस प्रयासको पूर्ण सफलताको कामना गर्दछु। सम्पूर्ण सहभागी कलाकार तथा आयोजक टोलीलाई मेरो तर्फबाट हार्दिक शुभकामना र सफलताको मंगलमय शुभेच्छा। 🙏
ज्योती राई
फ्रैंकफर्ट जर्मनी