13/12/2021
नेतृत्व परिबर्तन हुनुपर्छ, युवाहरु अग्रपंङ्गतिमा आउनु पर्छ तर परिबर्तनको नाममा मात्र तस्बिर र उमेर परिबर्तनले कुनै अर्थ राख्दैन। दक्षता र क्षमता भएकाहरु नेतृत्वमा आउन सक्नुपर्छ।
सेर ब. को ठॅाउमा शेखर वा प्रकासमानसिह जो आए पनि उमेर भन्दा बाहेक अन्य कुनै क्षमता वा दक्षता मा फरक छ र ? बंशानुगत
बिशेषता का आधारमा केहि मानिसहरु यी नयॅा पात्र आए कांग्रेस सुध्रिन्थ्यो की, परिबर्तन हुन्थ्यो की भन्ने भ्रममा छन्, त्यो मात्र आशा र कल्पना का कुरा हुन् र यदी त्यस्तो भईहाले झनै बरु हिजो तोडिसकेको बंशानुगत नेतृत्व हस्तान्तरणकै परम्परा पु:न थालनी हुने र पार्टी पछाडी तिरै धकेलिने देखिन्छ। केपि ओलि र प्रचण्ड हरु जस्ता राजनितिज्ञहरु संग जुध्दै पॅाच पटक प्र म बन्न सफल देउवा जत्ति चतुर र क्षमता भएका सभापतिका प्रतिद्न्दि अर्को कोहि देखिदैन। झट्ट हेर्दा देउवा भन्दा अन्यहरु राम्रा होलान् तर नेपाली राजनितिमा राम्राले मात्र चल्ने देखिदैन र देउवाका प्रतिस्पर्धिहरु सबै अत्यन्त सोझा, शालिन, भद्र हरु छन्, शुसिल कोईराला भन्दा पनि कमजोर देखिन्छन। भोलि केहि कथन बाउबाजेका नाउमै राजनितिको अग्रभागमा पुगेका हरुको नेतृत्व कंग्रेसमा आईहाले त्यसले कंग्रेस भित्रकै आन्तरिक र बाह्य राजनितिक सन्तुलन समेत थेग्न सक्दैन र बिपक्षि हरुले एकै गॅासमा कर्याक्कुरुक बनाईदिने निश्चित छ।
कंग्रेस जोगाउन देउवाको नेतृत्व परिबर्तन आवश्यक छ तर क्षमतावान बौद्दिक युवाहरु आउन सक्नु पर्यो। बंशानुगत राजनितिक पृष्ठभुमिकै आधारमा आउनेहरुले त आफ्नो बंश जोगाउलान तर कांग्रेस जोगाउने ल्याकत देखिदैन। बॅाकी समयले बताउला।
मात्र ब्यक्तिगत बिश्लेषण, कसैको समर्थन र बिरोध को लागी हैन।