01/06/2026
हार्दिक धन्यवाद तथा जन्मदिनको शुभकामना!
गैरआवासीय नेपाली सङ्घका पूर्व आईसीसी सदस्य, NRNA स्पेनका संरक्षक , समाजसेवी तथा हाम्रो अभियानका अभिभावक आदरणीय श्री दिनेश गिरीज्यू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
स्पेन आध्यात्मिक महोत्सवका अवसरमा घोषणा गर्नुभएको €6,666, 66 रकम बैंक ट्रान्सफरमार्फत जम्मा गरिदिनुभएकोमा विशेष आभार व्यक्त गर्दछौँ। तपाईंको यो महत्वपूर्ण सहयोगले हाम्रो समुदायको साझा उद्देश्यलाई थप ऊर्जा, उत्साह र प्रेरणा प्रदान गरेको छ। समुदायप्रति तपाईंले देखाउनुभएको जिम्मेवारीबोध, सद्भावना र समर्पणको भावना अत्यन्तै प्रशंसनीय तथा अनुकरणीय छ।
साथै, आज परेको तपाईंको जन्मदिनको सुखद अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। जीवनका हरेक पाइलामा सफलता, सम्मान र खुसीले साथ दिऊन् भन्ने कामना गर्दछौँ।
ईश्वरले तपाईंलाई सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा सामाजिक सेवामा अझ सक्रिय रहन सक्ने शक्ति, ऊर्जा र प्रेरणा प्रदान गरून् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौँ।
जन्मदिनको धेरै धेरै शुभकामना!
सादर,
गैरआवासीय नेपाली सङ्घ (NRNA) स्पेन