प्रवास नेपाली सम्पर्क विभाग-इजरायल

  • Home
  • Israel
  • Kfar Saba
  • प्रवास नेपाली सम्पर्क विभाग-इजरायल

प्रवास नेपाली सम्पर्क विभाग-इजरायल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from प्रवास नेपाली सम्पर्क विभाग-इजरायल, Social service, Kfar Saba.

🇳🇵 जेन–जी सहिद दिवसको स्मरणमाभदौ २३ — केवल एउटा मिति होइन, परिवर्तनको आवाज र बलिदानको सम्झना हो।एक वर्षअघि उठेको जेन–जी ...
08/09/2026

🇳🇵 जेन–जी सहिद दिवसको स्मरणमा
भदौ २३ — केवल एउटा मिति होइन, परिवर्तनको आवाज र बलिदानको सम्झना हो।
एक वर्षअघि उठेको जेन–जी आन्दोलनले सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारमुक्त समाजको मागलाई सशक्त रूपमा अगाडि ल्यायो। आजको दिन त्यस आन्दोलनमा ज्यान गुमाउने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, घाइते तथा प्रभावित सबैप्रति सम्मान व्यक्त गर्ने दिन हो।
सहिदहरुको सपना केवल सम्झनामा होइन, व्यवहारमा देखिनुपर्छ।
परिवर्तन सडकबाट सुरु भयो, अब परिवर्तन संस्थागत गर्ने जिम्मेवारी हाम्रो हो।
🙏 जेन–जी सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली।
🇳🇵 सुशासन, जवाफदेहिता र समुन्नत नेपालको संकल्प गरौँ।
#जेन्जी_शहीद_दिवस #भदौ२३ #युवा_आवाज #सुशासन #परिवर्तन #नेपाल
🙏🇳🇵♥️🇳🇵

31/08/2026
सतर्क रहौं ..सकेको सहयोग गरौं..।🙏
26/08/2026

सतर्क रहौं ..
सकेको सहयोग गरौं..।🙏

26/08/2026

प्रतिनिधि सभामा भोटेकोशी बाढीबारे सरकारको जानकारी 🇳🇵
▪️ हालसम्म ९ जनाको शव फेला परेको छ भने ७९ जना सुरक्षाकर्मीसहित कैयौं नागरिक सम्पर्कविहीन छन्।
▪️ खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेना र निजी क्षेत्रका गरी १३ वटा हेलिकप्टर परिचालन गरिएको छ।
▪️ प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले उद्धार, राहत र घाइतेको उपचारलाई उच्च प्राथमिकतामा राखेको छ।
▪️ तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र पृथ्वी राजमार्गको गल्छी खण्ड, स्याफ्रुबेसी तथा मुग्लिङ–नारायणगढ सडकमा तत्काल यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

मन्त्री खनालले यस विपद्को घडीमा उद्धार, खोज तथा राहत कार्यमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अपील गर्नुभएको छ।

📞 तत्काल सहायता आवश्यक पर्ने नागरिकका लागि टोल फ्री नम्बर: १२३४ (सम्बन्धित जिल्ला)

हामी सम्पूर्ण प्रभावित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं। सुरक्षित रहौं, सतर्क रहौं। 🙏

कार्यक्रम भब्य सफलताको हार्दिक~शुभकामना ।🙏💐
25/08/2026

कार्यक्रम भब्य सफलताको हार्दिक~शुभकामना ।🙏💐

24/08/2026

🔔🔔🔔

आजै सोचौं 🔔फेरी घण्टि बजाउनको लागी तयार रहौं🙏।
24/08/2026

आजै सोचौं 🔔फेरी घण्टि बजाउनको लागी तयार रहौं🙏।

यो कुरामा सत्यता छ। स्थानिय तहमा आफ्नो सरकार नभई भने जस्तो गर्न सकिन्न।

🙏🙏🙏
24/08/2026

🙏🙏🙏

सम्पुर्णमा सहभागिताको लागी अनुरोध ॥🙏🔔
08/02/2026

सम्पुर्णमा सहभागिताको लागी अनुरोध ॥🙏🔔

21/01/2026

——-नानी-बाबुको भविष्यका लागि परिवर्तन रोजौं——-

आज हाम्रो देश एउटा गम्भीर मोडमा उभिएको छ। एकातिर नेताहरूका चिल्ला र आश्वासनले भरिएका भाषणको बाढी छ, भने अर्कोतिर चरम भ्रष्टाचार र गरिबीको रेखा मुनि पिल्सिएका लाखौं जनताको कारुणिक चित्कार। दशकौंदेखि व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिनुको मुख्य कारण सत्ताको लुछाचुडी र नीतिगत भ्रष्टाचार नै हो।
गरिबीले थलिएका कयौं घरमा आज पनि साँझ-बिहानको छाक कसरी टार्ने भन्ने चिन्ता छ। तर, त्योभन्दा ठूलो चिन्ता हाम्रा नानी-बाबुहरूको भविष्यको छ। के हाम्रा सन्तानले पनि अभाव, बेरोजगारी र विदेशिनु पर्ने बाध्यताकै विरासत बोक्नुपर्ने हो? के उनीहरूको शिक्षा र स्वास्थ्यमा पहुँच केवल सपना मात्रै रहने हो?
अब समय आएको छ, आमा-बुबाहरूले सोच्ने। वर्षौंदेखि एउटै अनुहार र उही खोक्रो आश्वासनलाई भोट दिँदा देश झन् जर्जर बन्दै गएको हामीले भोगेका छौं। त्यसैले, अबको मतदान केवल एउटा छाप लगाउने कार्य मात्र होइन, यो हाम्रा छोराछोरीको भविष्य सुरक्षित गर्ने अवसर हो।
नयाँ पुस्ता, नयाँ सोच र सफा नियत भएका शक्तिहरूलाई अवसर दिनु आजको आवश्यकता हो। भ्रष्टाचारको जालो तोड्न र देशलाई समृद्धिको बाटोमा डोहोर्‍याउन अब भावनामा बगेर होइन, विवेक प्रयोग गरेर मतदान गरौं। हाम्रा नानी-बाबुहरूको सुन्दर भविष्यका लागि र एउटा स्वाभिमानी नेपालका लागि "परिवर्तन" लाई भोट दिनु नै आजको उत्तम विकल्प हो। जय 🔔🔔

प्रबास नेपाली सम्पर्क विभाग इजरायल,🔔🔔🔔🔔

Address

Kfar Saba

Website

Alerts

Be the first to know and let us send you an email when प्रवास नेपाली सम्पर्क विभाग-इजरायल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category