Bijanbari Times.com

Bijanbari Times.com Bijanbari_Times.com

चितवनमा मृतकको शवबाट सुनको मुन्द्रा निकाल्दै गरेको भिडियो भाइरल, दुई जना पक्राउनेपाल: चितवन प्रहरीले बाढीले बगाएर ल्याएक...
27/08/2026

चितवनमा मृतकको शवबाट सुनको मुन्द्रा निकाल्दै गरेको भिडियो भाइरल, दुई जना पक्राउ

नेपाल: चितवन प्रहरीले बाढीले बगाएर ल्याएको मृतकको शवबाट कानको सुनको मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि दुई जनालाई पक्राउ गरे छ।

भिडियो सार्वजनिक भएपछि घटनाप्रति व्यापक आक्रोश र आलोचना भएको थियो। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाउँदै भिडियोमा देखिएका दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

घटनाको थप विवरण तथा पक्राउ परेकाहरूविरुद्धको कानुनी प्रक्रियाबारे प्रहरीले अनुसन्धानपछि जानकारी दिने बताएको छ।

Balan Shah (बालेन शाह) Harka Sampang A Revolution

27/08/2026

बाढीले ठूलो क्षति पुर्‍याइरहेको बेला, जोखिम मोलेर बगाएको सिलिन्डर घरतिर लगेको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 😮 Nepal Live

🚨 BIG BREAKING NEWS 🚨रसुवामा भीषण बाढी, विभिन्न जिल्लामा ठूलो क्षति #नेपालको # रसुवा जिल्लामा बुधबार बिहान भोटेकोशी नदीम...
26/08/2026

🚨 BIG BREAKING NEWS 🚨

रसुवामा भीषण बाढी, विभिन्न जिल्लामा ठूलो क्षति

#नेपालको # रसुवा जिल्लामा बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, स्याफ्रुबेँसी, हाकुबेँसी, मैलुङ, शान्तिबजार, पाइरेबेँसी, खाल्टीबस्ती र सोले लगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण आएको छ।

सबैभन्दा बढी प्रभावित टिमुरे, स्याफ्रुबेँसी र रसुवागढी क्षेत्रमा बजार, सुरक्षा पोस्ट, सडक तथा जलविद्युत् संरचनामा क्षति पुगेको बताइएको छ।
बाढीको प्रभाव नुवाकोट र धादिङसम्म पुगेको छ। बेत्रावतीदेखि रसुवागढी सीमा नाकासम्मको करिब ४२ किलोमिटर सडक विभिन्न स्थानमा क्षतिग्रस्त भएको र केही पुलसमेत बगेको प्रारम्भिक विवरण छ।

मानवीय क्षतितर्फ कम्तीमा ८ जनाको मृत्यु भएको र करिब ३८४ जना यात्रु तथा पर्यटक सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ, जसमा १०५ जना भारतीय नागरिक रहेको बताइएको छ।

उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक, बेपत्ता र भौतिक क्षतिको संख्या अझै परिवर्तन हुन सक्नेछ।
⚠️ त्रिशूली नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
#नेपाल #रसुवा #बाढी

25/08/2026

नाबालिकामाथिको जघन्य अपराधविरुद्ध नागरिक समाज अघि आउन योवन गुरुङको अपील

#बिजनबारी: केही दिनअघि नाबालिकामाथि भएको जघन्य अपराधको घटनाले सम्पूर्ण बिजनबारी बजार मात्र होइन, हरेक चेतनावान् नागरिकको मनलाई स्तब्ध र मर्माहत बनाएको छ।
प्रशासनले घटनामा संलग्न आरोपितलाई पक्राउ गरी कानुनी प्रक्रियामा अघि बढाइसकेको भए पनि यस्ता अमानवीय घटनालाई केवल कानुनी प्रक्रियामा मात्र सीमित राख्न नहुने आवाज उठ्न थालेको छ। यो घटना समाजको सुरक्षा, नैतिकता र हाम्रो भविष्यसँग जोडिएको गम्भीर विषय भएको भन्दै नागरिक स्तरबाट समेत सचेतना र खबरदारी आवश्यक रहेको बताइएको छ।
यही सन्दर्भमा, आफूलाई एक छोरीको पिता तथा सचेत युवाका रूपमा प्रस्तुत गर्दै योवन गुरुङले नागरिक समाज, बुद्धिजीवी, युवा तथा सम्पूर्ण सचेत वर्गलाई एकजुट भएर अघि आउन अपील गरेका छन्।
उनले यस्ता घटना दोहोरिन नदिन समाजमा सचेतना, बालबालिकाको सुरक्षा र जिम्मेवार नागरिक भूमिकालाई थप बलियो बनाउन आवश्यक रहेको बताएका छन्।
#बिजनबारी #नाबालिकामाथिकोअपराध #न्यायकोआवाज #बालसुरक्षा #योवनगुरुङ #नागरिकसमाज #सचेतयुवा #बिजनबारीसमाचार #दार्जिलिङ BJP West Bengal BJP Darjeeling BJP MELLI Raju Bista Bimal Gurung Official Ajoy Edwards Anit Thapa Yowann Gurung Sanjeev La

दार्जिलिङ नगरपालिकाका वार्ड नं. ३१ का पार्षद तथा पूर्व अध्यक्ष श्री रितेश पोर्टेलले कोलकातामा राज्य सरकारकी नगर विकास तथ...
20/08/2026

दार्जिलिङ नगरपालिकाका वार्ड नं. ३१ का पार्षद तथा पूर्व अध्यक्ष श्री रितेश पोर्टेलले कोलकातामा राज्य सरकारकी नगर विकास तथा नगरपालिका मामिला मन्त्री श्रीमती अग्निमित्रा पॉलसँग भेट गर्नु भई दार्जिलिङका दीर्घकालीन समस्याहरू उठाउनुभयो।
भेटमा नगरपालिकाका कर्मचारीका लागि स्टाफ प्याटर्न स्वीकृति, i-OSMS कार्यान्वयन, बाँकी रहेका सेवा सम्बन्धी मुद्दाहरू र पोस्ट फ्याक्टो स्वीकृति जस्ता विषयमा विस्तृत छलफल भयो।
साथै, सार्वजनिक सुरक्षा, सहरको पूर्वाधार, र दार्जिलिङको संवेदनशील पहाडी वातावरणमा असर पार्न सक्ने अनधिकृत अग्ला भवनहरू विरुद्ध तुरुन्त कारबाही गर्न आग्रह गर्नुभयो।
उहाले जनहितका मुद्दाहरू निरन्तर राज्य सरकारसमक्ष उठाउँदै जाने प्रतिबद्धता दोहोर्याउनुभयो।
Ritesh Portel Ajoy Edwards

20/08/2026

गोर्खाल्याण्डको विकल्प खोज्नेहरूलाई प्रियवर्द्धन राईको यस्तो जवाफ
BJP West Bengal Ajoy Edwards Raju Bista Sandeep Limbu BJP Darjeeling Bimal Gurung Official Anit Thapa Neeraj Zimba Tamang Sanjeev La

🇮🇳 नेपाली भाषा मान्यता दिवसको हार्दिक शुभकामना!दार्जिलिङका सम्पूर्ण जनसमुदाय तथा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपालीभ...
20/08/2026

🇮🇳 नेपाली भाषा मान्यता दिवसको हार्दिक शुभकामना!

दार्जिलिङका सम्पूर्ण जनसमुदाय तथा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपाली भाषा मान्यता दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

आज प्रत्येक नेपालीभाषी भारतीयका लागि गर्व र ऐतिहासिक महत्त्वको दिन हो। यस अवसरमा नेपाली भाषालाई उचित सम्मान, अधिकार र संवैधानिक मान्यता दिलाउन आफ्नो जीवन समर्पित गर्नुहुने हाम्रा अग्रजहरू, नेता, साहित्यकार, बुद्धिजीवी तथा सम्पूर्ण संघर्षशील पुस्तालाई गहिरो सम्मानका साथ स्मरण गर्दछौँ।

उहाँहरूको दृढ संकल्प, त्याग, संघर्ष र अथक प्रयासकै परिणामस्वरूप नेपाली भाषा भारतको संविधानको आठौँ अनुसूचीमा समावेश भई संवैधानिक मान्यता प्राप्त गर्न सफल भएको हो।

आजको यस ऐतिहासिक दिनमा हाम्रा अग्रजहरूको योगदानलाई सम्मान गर्दै नेपाली भाषा, साहित्य, संस्कृति र हाम्रो गौरवशाली पहिचानको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने संकल्प गरौँ। साथै, आफ्नो मातृभाषाप्रतिको गर्व र प्रेम भावी पुस्तासम्म हस्तान्तरण गरौँ।

जय नेपाली भाषा!
जय नेपाली संस्कृति! 🙏

सञ्जीव लामा,
जिल्ला अध्यक्ष,
भारतीय जनता पार्टी,
दार्जीलिङ्ग।
Bimal Gurung Official Anit Thapa BJP Darjeeling Sandeep Limbu BJP West Bengal Ajoy Edwards Raju Bista Bijanbari Times.com Sanjeev La

पूर्व सभासदहरूले भेटे सांसद राजु विष्टलाईदार्जिलिङ: केही दिनअघि भारतीय जनता पार्टीमा सामेल भएका जीटीएका पूर्व सभासदहरू म...
18/08/2026

पूर्व सभासदहरूले भेटे सांसद राजु विष्टलाई

दार्जिलिङ: केही दिनअघि भारतीय जनता पार्टीमा सामेल भएका जीटीएका पूर्व सभासदहरू मिलेस राई, कल्पना प्रधान, नुरी शेर्पा, मणिप्रसाद राई र संजीव छेत्रीले दार्जिलिङका लोकसभा सांसद राजु विष्टसँग उनकै निवासमा शिष्टाचार भेटघाट गरेका छन्।
उक्त भेटबारे मिरिक–थर्बु–डुप्टिन समष्टिका पूर्व सभासद मिलेस राईले आफ्नो फेसबुकमार्फत जानकारी दिएका हुन्। सांसद राजु विष्टसँगको भेटलाई लिएर राईले कुनै राजनीतिक विषयमा विस्तृत खुलासा नगरी यसलाई ‘शिष्टाचार भेटघाट’ मात्र भएको बताएका छन्।
तर, हालै मात्र भाजपामा प्रवेश गरेका पूर्व सभासदहरूको सांसद राजु विष्टसँगको यो भेटलाई राजनीतिक वृत्तमा भने चासोका साथ हेरिएको छ। आगामी दिनमा यस भेटले दार्जिलिङको राजनीतिक वातावरणमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
स्मरण रहोस्, केही दिनअघि मात्रै मिलेस राईसहित यी पूर्व सभासदहरूले भारतीय जनता पार्टीको झण्डा समातेका थिए।
Raju Bista Ajoy Edwards Sandeep Limbu BJP West Bengal BJP Darjeeling Bimal Gurung Official Anit Thapa Neeraj Zimba Tamang

बिजनबारी सब-डिभिजनको मागबारे मन्त्री विशाल लामासँग भेटवार्ताबिजनबारी: बिजनबारी सब-डिभिजन डिमान्ड कमिटीको एक प्रतिनिधि टो...
17/08/2026

बिजनबारी सब-डिभिजनको मागबारे मन्त्री विशाल लामासँग भेटवार्ता

बिजनबारी: बिजनबारी सब-डिभिजन डिमान्ड कमिटीको एक प्रतिनिधि टोलीले पश्चिम बंगाल सरकारका पार्वत्य मामिला, गृह तथा अल्पसंख्यक विकास विभागका भारप्राप्त माननीय मन्त्री विशाल लामालाई उत्तरकन्या कार्यालयमा भेट गरी बिजनबारीलाई महकुम बनाउने मागबारे छलफल गरेको छ।

कमिटीका अध्यक्ष पुनम दर्नालको नेतृत्वमा गएको प्रतिनिधि टोलीले भेटवार्ता अत्यन्तै सकारात्मक रहेको जनाएको छ। छलफलका क्रममा मन्त्री लामाले चाँडै नै बिजनबारी क्षेत्रको भ्रमण गरी स्थलगत अवस्थाको अध्ययन गर्ने तथा यस सम्बन्धमा विस्तृत रिपोर्ट तयार पारेर राज्य सरकारसमक्ष बुझाउने प्रतिबद्धता व्यक्त गरेको समेत बताइएको छ।

मन्त्रीको यस सकारात्मक आश्वासनले बिजनबारी सब-डिभिजनको मागलाई थप बल पुगेको प्रतिनिधि टोलीको पक्षमा पुनम दर्नालले विश्वास व्यक्त गरेका छन। साथमा मन्त्रीको अर्थपूर्ण भेटघाटले मागलाई थप बल मिलेको उनको भनाइ छ।

प्रतिनिधि टोलीमा अध्यक्ष दर्नालवाहेक वरिष्ठ सदस्य एल एम लामा, सुशील अग्रवाल, कंचन गुरुङ, प्रविन राई, संगिता राई, यौवन गुरुङ इन्द्र शर्मा लगायतको बिशेश रूपमा उपस्थिति थियो।
#बिजनबारी #बिजनबारीसबडिभिजन #सबडिभिजनकोमाग #महकुमकोमाग #मन्त्रीविशाललामा #बिजनबारीविकास #उत्तरकन्या BJP West Bengal Raju Bista Bimal Gurung Official Anit Thapa Rahul Gandhi

Address

Darjeeling

Alerts

Be the first to know and let us send you an email when Bijanbari Times.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share