Yuwa Janshakti Front

Yuwa Janshakti Front This is the official page of Yuwa Janshakti Front - A Frontal Organisation of IGJF

20/07/2026

युवा जनशक्ति फ्रण्ट द्वारा पहाडी क्षेत्रमा नेपाली भाषालाई प्राथमिकता दिनुपर्ने भन्दै पश्चिम बंगालका मुख्य मन्त्रीलाई गरे पत्रचार।

पश्चिम बंगाल सरकारले आगामी सेप्टेम्बर १ देखि राज्यभरका सरकारी कामकाजमा बंगला भाषा अनिवार्य गर्ने घोषणा गरेपछि भाषा सम्बन्धी बहस फेरि चर्किएको छ।
यसैबीच युवा जनशक्ति फ्रण्ट द्वारा पहाडी क्षेत्रमा नेपाली भाषालाई प्राथमिकता दिनुपर्ने भन्दै पश्चिम बंगालका मुख्य मन्त्रीलाई गरे पत्रचार।युवा अध्यक्ष राब्गे राईले भने "भाषागत अतिक्रमणसँग सम्बन्धित विगतका आन्दोलनहरू तथा यस विषयको संवेदनशीलतालाई मध्यनजर गर्दै, राज्य सरकारले पहाडी क्षेत्रमा उक्त नीतिलाई तत्काल फिर्ता लिनुपर्छ साथै भारतको आठौं अनुसूची अनि वेस्ट बेङ्गाल ल्याङ्वेज एक्ट 1961को सम्मान गर्नुपर्छ।।"

तक्लिङ पेशोक समष्टिको युवा अनि नारी जनशक्ति फ्रण्टको सांगठनिक सभा तथा गठंन कार्यक्रम -आज दिनांक 19 जुलाई 2026-को दिन तक्...
19/07/2026

तक्लिङ पेशोक समष्टिको युवा अनि नारी जनशक्ति फ्रण्टको सांगठनिक सभा तथा गठंन कार्यक्रम -
आज दिनांक 19 जुलाई 2026-को दिन तक्लिङ पेशोक समष्टिको सांगठनिक सभा साथै नारी अनि युवा गठंन कार्यक्रम सम्पन्न भयो।उक्त सभामा सभाको संचालन समष्टिका महासचिव महेश गुरुङले गर्दै सभापतिको भार समष्टि अध्यक्ष किरण राईद्वारा बहन गरियो।उक्त सभामा बिशेष रुपमा दार्जीलिङ महकुमाका युवा अनि नारी प्रतिनिधिद्वय राब्गे राई,नोरा सुब्बाको उपस्थिति रहेको थियो साथै समष्टिका प्रतिनिधिगणमा समष्टि उपाध्यक्ष,सह सचिव अनि अन्य नेतृत्व गणको उपस्थिति रहेको थियो।उक्त सभामा समष्टिको युवा अनि नारीको भातृ संगठनको गठंन गरियो।युवा जनशक्ति फ्रण्टका अध्यक्षको रुपमा बिरेन गिरी, उपाध्यक्ष-बिजय छेत्री, शैलेश राई, बन्धन राई।
महासचिव-योगेन शेर्पा।
सह सचिव -शरण दास गुरुङ,राकेश राई।
सांगठानिक सचिव -फिलिप तामाङ।
कोषाध्यक्ष -मनोज राई।
कार्यकारी सदस्यहरु-किरण गुरुङ,बीर बहादुर सुब्बा,पुष्प कुमार देवान,महेन्द्र गिरी,चन्दन थापा, उज्ज्वल राई।

नारी जनशक्ति फ्रण्टको पदाधिकारीगणको नाम यसप्रकार छन् -
अध्यक्ष-रचना राई।
उपाध्यक्ष -गंगा राई,भूमिका गिरी।
महासचिव -रेणुका गिरी।
सह-सचिव -शोभा राई, स्वास्तिका मुखिया।
कोषाध्यक्ष -चन्द्र राई।
महकुमा सदस्यहरु -लक्ष्मी राई अनि रोजी खवास।
कार्यकारी सदस्यहरु -बिमला राई,गंगा छेत्री,देविका थापा,मञ्जु गिरी,गितु तामाङ,पुष्पिला राई।

उक्त सभामा नै समष्टिको मिडिया प्रभारीको भार मनोज घिसिङलाई नियुक्त गरियो।

Happening now.Takling-Peshok Samasty organisational meeting as well as Yuwa and Nari Janshakti Front Formation
19/07/2026

Happening now.
Takling-Peshok Samasty organisational meeting as well as Yuwa and Nari Janshakti Front Formation

मिति:२१ जुन २०२६स्थान: आईजीजेएफ पार्टी कार्यालय, खरसाङआज मिति २१ जुन २०२६ का दिन आईजीजेएफ पार्टी कार्यालय,खरसाङमा युवा ज...
21/06/2026

मिति:२१ जुन २०२६स्थान: आईजीजेएफ पार्टी कार्यालय, खरसाङ

आज मिति २१ जुन २०२६ का दिन आईजीजेएफ पार्टी कार्यालय,खरसाङमा युवा जनशक्ति फ्रण्टको एक महत्त्वपूर्ण सभा सम्पन्न भयो। सभाको सञ्चालन श्री प्रज्ञान गुरुङले गर्नुभएको थियो भने सभापतिको जिम्मेवारी श्री राहुल दर्नाललाई प्रदान गरिएको थियो।सभाको मुख्य उद्देश्य पुरानो समितिलाई विघटन गरि नयाँ पूर्ण समिति गठन गर्नु रहेको थियो।यस विषयमा उपस्थित सम्पूर्ण युवा कार्यकर्ताहरू बीच विस्तृत छलफल सम्पन्न भयो। विभिन्न समष्टिका युवा कार्यकर्ताहरूले संगठनको भविष्य,युवाहरूको भूमिका तथा संगठनलाई अझ सशक्त बनाउने विषयमा आफ्ना विचारहरू राख्नुभयो।सभामा उपस्थित सबै सदस्यहरूले नयाँ समिति गठनको प्रस्तावलाई सर्वसम्मत रूपमा समर्थन जनाउनुभयो।

सभाका क्रममा युवा जनशक्ति फ्रण्टका सदस्य श्री विश्व राईले क्षेत्रीय एकता,संगठनात्मक मजबुती तथा युवाहरूको सक्रिय सहभागिताको विषयमा आफ्नो धारणा प्रस्तुत गर्नुभयो। त्यसैगरी अन्य वक्ताहरूले पनि संगठनको वर्तमान अवस्था,जनताको अपेक्षा तथा आगामी दिनहरूमा संगठनलाई कसरी अझ प्रभावकारी बनाउने भन्ने विषयमा आफ्ना सुझावहरू राख्नुभयो।खरसाङका अनुभवी श्री फुर्बा लामाले युवाहरूलाई संगठनप्रति समर्पित भई सक्रिय रूपमा काम गर्न प्रेरित गर्नुभयो। उहाँले बलियो युवा संगठन निर्माण गर्न अनुशासन,एकता तथा निरन्तर सक्रियताको आवश्यकता रहेको बताउनुभयो।साथै,सभामा संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने विषयमा समेत छलफल सम्पन्न भयो।
नवगठित युवा जनशक्ति फ्रण्ट समिति यसप्रकार छन्।

अध्यक्ष: दिपराज रसाईली,उपाध्यक्ष:महेन्द्र राई, (मुन्डा समष्टि)महासचिव: विश्व राई,सह-महासचिव:पेम्बा लामा,कोषाध्यक्ष:अनिल रसाईली,मिडिया सेल:विवेक शर्मा,एड्भाइजर:फुर्बा लामा,प्रवक्ता:विवेक शर्मा

कार्यकारिणी सदस्यहरू

सभामा विभिन्न क्षेत्र तथा समष्टिबाट कार्यकारिणी सदस्यहरू पनि चयन गरिएको थियो,जसले आगामी दिनहरूमा संगठनको गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने जिम्मेवारी वहन गर्नेछन्। अन्त्यमा सभापति,अतिथिहरू तथा उपस्थित सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै सभा सफलतापूर्वक सम्पन्न भएको घोषणा गरियो। सभाको सञ्चालनकर्ता प्रज्ञान गुरुङ
सभापति राहुल दर्नाल

21/06/2026

युवाहरु जातिको निम्ति एक हुने समय आएको छ ✊

शोक सूचना।युवा जनशक्ति फ्रण्ट,दार्जीलिङ नगरपालिका समितिका अध्यक्ष श्री प्रवेश ठटालज्यूकी बोजु स्वर्गीय सरस्वती ठटालको अन...
01/06/2026

शोक सूचना।

युवा जनशक्ति फ्रण्ट,दार्जीलिङ नगरपालिका समितिका अध्यक्ष श्री प्रवेश ठटालज्यूकी बोजु स्वर्गीय सरस्वती ठटालको अन्त्येष्टि कार्य आगामी ४
04 June 2026 का दिन सिलगढीमा सम्पन्न हुने जानकारी सम्पूर्ण युवा जनशक्ति फ्रण्ट एवं आईजीजेएफ परिवारलाई गराइन्छ।
स्वर्गीय आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।

युवा जनशक्ति फ्रण्ट परिवार।।

Contact no: श्री प्रवेश ठटाल :9883733424

युवा जनशक्ति फ्रण्ट, खरसाङ महकुमा समिति कार्यवाहक अध्यक्ष श्री दिपराज रसाइलीलाई जन्मदिनको थुप्रै थुप्रै शुभकामना।।
31/05/2026

युवा जनशक्ति फ्रण्ट, खरसाङ महकुमा समिति कार्यवाहक अध्यक्ष श्री दिपराज रसाइलीलाई जन्मदिनको थुप्रै थुप्रै शुभकामना।।

10/05/2026

Address

Darjeeling

Alerts

Be the first to know and let us send you an email when Yuwa Janshakti Front posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share