Gorkha National Liberation Front -subashism

Gorkha National Liberation Front -subashism political party

भेटौ है मञ्जु पार्क मा
17/01/2023

भेटौ है मञ्जु पार्क मा

 #धर्नामा_बसेका_युवा_साथी_सँग_भेट  े_हाम्रो_aspiration_पूरा_गर्दैनयाे थोत्रो व्यवस्था भइन्जेल हामीले यस्तो दुःख झेलिनै र...
18/12/2022

#धर्नामा_बसेका_युवा_साथी_सँग_भेट
े_हाम्रो_aspiration_पूरा_गर्दैन
याे थोत्रो व्यवस्था भइन्जेल हामीले यस्तो दुःख झेलिनै रहनु पर्छ । हामीले भुलको इतिहास लेखिपठायो ।
GTA भित्राएर विकास गर्छु भन्नेहरु अब जवावदेहि हुनुपर्छ।यो के हुदैछ आज यो क्षेत्रको युवा यसरी सडकमा आउनु किन मजबूर हुदैछ? कसले लिने जिम्मावरी?कसले बुझ्ने यो पीडालाई ?
तर पनि व्याक्तिगत रूपमा साथीले र क्षेत्रबासीले न्याय पाउनु पर्छ भन्ने विचार हो ।
संजोक गुरुङ
संयोजक
गोर्खा राष्ट्रिय युवा मोर्चा , केन्द्रीय समिति ।

सुवास घिसिङको सालिग र समाधि बनाउने अनुमतिलाई अस्वीकार गर्दै मन घिसिङले गरे पत्रचार। सेवामा , प्रमुख कार्यपालगोर्खाल्याण्...
12/12/2022

सुवास घिसिङको सालिग र समाधि बनाउने अनुमतिलाई अस्वीकार गर्दै मन घिसिङले गरे पत्रचार।
सेवामा ,
प्रमुख कार्यपाल
गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन,दार्जीलिङ ।

माननीय प्रमुख कार्यपाल ,

गोरामुमो संस्थापक अध्यक्ष स्वर्गीय सुवास घिसिङको सालिग अनि समाधि निर्माण हेतु अनुमति को निम्ति तपाईले गर्नु भएको पत्राचार मैले प्राप्त गरे । गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन साथै तपाईको, गोरामुमो संस्थापक अध्यक्ष स्वर्गीय सुवास घिसिङको सालिग अनि समाधि निर्माण गर्ने सोँचलाई अनि बिचारालाई म मेरो आन्तरिक ह्रदय बाट सम्मान जनाउँदै तपाईं प्रति आभार व्यक्त गर्दछु ।
यस विषयलाई लिएर जानकारी गराउदै भन्न् चहान्छु ,मेरो आप्पा अनि आमाको समाधि निर्माणको निम्ति केही समय अगि देखि हाम्रो दल गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले वहाँको जन्मथलो मञ्जु पार्क मिरिकमा निर्माण गर्ने निर्णय गरेका छौं , मञ्जु पार्कमा वहाँको अन्तिम संस्कार गरिएको हुनाले गर्दा मेरो आप्पा अनि आमाको समाधि पनि सोही स्थानमा निर्माण गर्ने निर्णय लिएका छौं । म एउटा छोरा भएका कारण मेरो पनि एउटा कर्तव्य अनि जिम्मेवारी हुन् । आप्पा सुवास घिसिङको सालिग निर्माण हेतु तपाईलाई पुर्ण जानकारी गराउँदै मेरो ब्याक्तिगत बिचार हजुर संमक्ष साझा गर्न चहान्छु , एउटा दृढ संकल्प साथ गोर्खा जातिले न्याय नपाए सम्म सालिग स्थापना नगर्ने पक्षमा रहेकोछु भनि हजुरलाई जानकारी गराउँदछु । मेरो यो बिचारलाई तपाईले अन्यथा नलिदिइने निवेदन गर्दछु ।

अन्तमा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन अनि तपाईको प्रस्ताव अनि बिचारलाई मेरो आन्तरिक ह्रदय बाट आभार व्यक्त गर्दछु ।
धन्यवाद

भवदीय ,

मन घिसिङ
अध्यक्ष
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, केन्द्रीय समिति ।

 #सबैभन्दा_ठूलो_चोर_डिसेम्बरमा_समातिन्छ :-  #शुभेन्दु_अधिकारी कोलकाता : विगत केही महिनादेखि बारम्बार मुखले डिसेम्बरसम्म ...
23/11/2022

#सबैभन्दा_ठूलो_चोर_डिसेम्बरमा_समातिन्छ :- #शुभेन्दु_अधिकारी
कोलकाता : विगत केही महिनादेखि बारम्बार मुखले डिसेम्बरसम्म पर्खनुपर्ने सङ्केत दिएको छ, वास्तवमा विपक्षी दलका नेता सुभेन्दु अधिकारीले मङ्सिरमा सरकार ढल्ने सङ्केत दिएका छन् भने यसपटक विपक्षी दलका नेता सुभेन्दु अधिकारीले ठूलो बम विस्फोट गरेको दाबी गरेका छन् । डिसेम्बरमा राज्यको सबैभन्दा ठूलो चोर पक्राउ ! विपक्षी दलका नेताको यो भनाइपछि राज्यको राजनीतिमा फेरि एकपटक धेरै चर्चा चलेको छ तर, यस दिन सुभेन्दु अधिकारीले चुनाव जितेर राज्यमा भाजपाले सरकार बनाउने दाबी गरेका थिए, यसै दिन कोलकातामा सुभेन्दु अधिकारीलाई एक पत्रकारले डिसेम्बरमा के हुन सक्छ भनेर सोधेका थिए ।
जवाफमा विपक्षी नेताले भने, ‘ठूलो चोर डिसेम्बरमा समातिन्छ भनेर हामी भन्छौँ । हामी भन्छौँ, यो राज्यको सबैभन्दा ठूलो चोर जेल जान्छ तर विधायक तोडेर सरकार बनाउँदैनौँ, चुनाव जितेर सरकार बनाउँछौँ । तर, उनले कसलाई 'ठूलो चोर' भनेर सम्बोधन गर्दैछन् भन्ने विषयमा टिप्पणी गर्दैनन्। Source News 18

युवा नेता सुजय राई लाई अन्तिम बिदा साथै हार्दिक श्रद्धांजलिवहाँ को आत्मालाई चिर शान्ति मिलोस
21/11/2022

युवा नेता सुजय राई लाई अन्तिम बिदा साथै हार्दिक श्रद्धांजलि
वहाँ को आत्मालाई चिर शान्ति मिलोस

गोरमुमो सुप्रीमाे मन घिसिङले युवा नेता सुजय राईको बासस्थानमा पुगी वहाँको पार्थिव शरीरमा  झण्डा ओडाएर सम्मानसाथ श्रद्धांज...
21/11/2022

गोरमुमो सुप्रीमाे मन घिसिङले युवा नेता सुजय राईको बासस्थानमा पुगी वहाँको पार्थिव शरीरमा झण्डा ओडाएर सम्मानसाथ श्रद्धांजलि चढाए।

"युवा नेतृत्वको एउटा धुर्ब तारा अस्ताएको मैले आभास गरेको छु" । गोरायुमो रिम्बिक लोधोमा समष्टिका अध्यक्ष श्रीमान सुजय राई...
20/11/2022

"युवा नेतृत्वको एउटा धुर्ब तारा अस्ताएको मैले आभास गरेको छु" ।
गोरायुमो रिम्बिक लोधोमा समष्टिका अध्यक्ष श्रीमान सुजय राईको निधनको खबरले म अतिनै दुखित छु । २००७ को राजनैतिक उथलपुथलमा पनि भिमसेन ढुङ्गा जस्तो अडिग रहेर समष्टिको युवा नेतृत्वको पदभारमा बसेर पार्टीलाई आफ्नो महत्त्वपूर्ण योगदान पुर्‍याउने युवा शक्तिलाई गुमाउन पर्दा गोरामुमोलाई ठूलो क्षति भएको मैले आभास गरेको छु । गोर्खा राष्ट्रिय मुक्ति मोर्चा वहाँको निधनमा गहिरो शोक व्यक्त गर्दछ । वहाँको चिर आत्माले बैकुण्ठ धाम प्राप्ति होस् भनि ईश्वर संग प्रार्थना चडाउदै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु साथै शोकाकुल परिवारमा यस दु:खद बज्रपातलाई ईश्वरले सहन शक्ति प्रदान गरुन् भनि कामनाका साथ हार्दिक संवेदना प्रकट गर्दछु ।
मन घिसिङ
अध्यक्ष
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, केन्द्रीय समिति ।

 #हार्दिक_श्रद्धाञ्जलीरिम्बिक लोधोमा समष्टि गो रा यु मो अध्यक्ष श्री सुजय राई को निधनले सम्पूर्ण गो रा मु मो परिवारलाई ए...
19/11/2022

#हार्दिक_श्रद्धाञ्जली

रिम्बिक लोधोमा समष्टि गो रा यु मो अध्यक्ष श्री सुजय राई को निधनले सम्पूर्ण गो रा मु मो परिवारलाई एक अपूरणीय क्षति भएको छ । वहाँको आत्मालाई चिर शान्ति मिलोस अनि सन्तप्त परिवारलाई यस घडी ईश्वरले सहंशक्ती प्रदान गरुन भनी प्राथना चढाउँद छु ।

सन्जोक गुरुङ
गो रा यु मो
संयोजक

19/11/2022
माननीय विधायक एवं गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल श्रीमान निरज जिम्बा द्वारा अतुल्य गोर्खा पिता श्रीमान सुवास घि...
17/11/2022

माननीय विधायक एवं गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल श्रीमान निरज जिम्बा द्वारा अतुल्य गोर्खा पिता श्रीमान सुवास घिसिङको निम्ति पद्म पुरस्कारको मांग गर्दै माननीय केन्द्रीय गृहमन्त्री श्रीमान अमित शाहलाई पत्राचार ।
बिधायक निरज जिम्बा द्वारा गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङको निम्ति पद्म पुरस्कारको निम्ति मागं गर्दै केन्द्रीय गृहमन्त्री अमित शाहलाई पत्राचार गरेका छन् । उनले पत्रमा उल्लेख गर्दै लेखेका छन् , 24 सेप्टेम्बर 2022 को दिन बागडोग्रा सेना सुरक्षा हवाई अड्डामा हाम्रो बैठक र छलफलमा मैले विनम्र अनुरोध गर्दै दिग्गज राष्ट्रवादी गोर्खा नेता सुवास घिसिङको निम्ति पद्म पुरस्कारको (मरणोपरान्त) अनुरोध गरेको थिए । हजुरको सद्भाव र सहयोगको अपेक्षा राख्दै पत्राचार गर्दछु मैले सबै औपचारिकता अनलाइन नामांकन प्रक्रिया पूरा गरिसकेको छु । मैले आधिकारिक प्रक्रिया आवेदन प्रतिलिपि संख्या 174600 पत्रमा हजुरको प्रक्रिया साथै तयारीको सन्दर्भको निम्ति समावेश गरेको छु ।
बिधायक निरज जिम्बाले सुवास घिसिङको बारेमा थप जानकारी गराउदै लेखेका छन् , भारतीय गोर्खा समुदायमा राजनैतिक चेतना र पहिचानको भावना जगाउने श्रेय सुवास घिसिङलाई मायाले 'आप्पा ' (बुवा)भनेर चिनिन्छ ।उनी भारतीय गोर्खा समुदायलाई राष्ट्रिय मुलधारमा एकीकरण गर्ने अग्रगामी नेता थिए ।एउटा अग्लो कद भएको नेता, सुवास घिसिङ गोर्खा समुदायमा राष्ट्रिय एकता र देशभक्तिको सन्देश फैलाउने , सामाजिक, राजनैतिक र साहित्यिक योगदानका निम्ति परिचित छन् । उनले सन् 1980 को दशकमा भारतभित्र गोर्खाहरुको निम्ति छुट्टै राज्य गोर्खाल्याण्डको मांग आन्दोलन सुरु गरेका थिए । भारतीय गोर्खा समुदायको राजनैतिक र पहिचानका मुद्दाहरूमा आफ्नो योगदानका अलवा सुवास घिसिङले 20 भन्दा बढी पुस्तकहरु पनि लेखेका छन् । उनले आफ्नो लेखनबाट गोर्खा समुदायमा राष्ट्रियताको एउटा बलियो भावना जगाए ।वहाँको कार्यहरुले तत्कालीन समाजलाई प्रदार्पण मात्र मात्र गर्दैन तर कम्पासको रुपमा कार्य गर्दछ र समाजलाई राम्रो भविष्यतर्फ दिशा निर्देश गर्न मद्दत गर्दछ । महोदय, पद्म पुरस्कारले सुवास घिसिङको योगदानलाई उचित र धेरै योग्यको मान्यता दिनेछ र हाम्रो देश भरि बासोबास गर्ने 1.5 करोड भारतीय गोर्खा समुदायमा गर्व र देशभक्तिको भावना जगाउने यात्रा लामो समय सम्म चल्नेछ । सुवास घिसिङको महान र निस्वार्थ सेवालाई ध्यानमा राख्दै गोर्खा समुदायको उत्थानको निम्ति प्रतिष्ठित पद्म पुरस्कारको निम्ति ब्यक्तिगत रुपमा मनोनयन गरिदियाजाहोस भनि हजुरले स्वयं बिचार गरिदिन आग्रह गर्दछु भनि पत्रमा बिधायक निरज जिम्बाले बिन्ती गरेका छन् ।

इचछे, रेशि, कालिम्पोङ, चिम्नी देउराली, मझुवा, सिंगेल, बुन्कुलुङ, पानीघट्टा, लोहागर, ओर्ड, लोवर सिम्रिक, अप्पर सिम्रिक, श...
17/11/2022

इचछे, रेशि, कालिम्पोङ, चिम्नी देउराली, मझुवा, सिंगेल, बुन्कुलुङ, पानीघट्टा, लोहागर, ओर्ड, लोवर सिम्रिक, अप्पर सिम्रिक, शिवखोल भ्रमणको

16/11/2022

जय मन

Address

Darjeeling

Website

Alerts

Be the first to know and let us send you an email when Gorkha National Liberation Front -subashism posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share