21/05/2026
**प्लुडदुड ग्राम पन्चांयतमा “जन भागीदारी सबैभन्दा टाढो, सबैभन्दा पहिला अभियान” कार्यक्रम सम्पन्न**
दार्जिलिङ जिल्ला प्रशासन तथा जोरबङलो–सुकेपोखरी खण्ड विकास कार्यालयको आयोजनामा आज प्लुडदुड ग्राम पञ्चायत अन्तर्गत लेप्चा कम्युनिटी हलमा जनजातीय गरिमा उत्सव २०२६ अन्तर्गत “जन भागीदारी सबैभन्दा टाढो, सबैभन्दा पहिला अभियान” कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा ज्येष्ठ नागरिक, महिला तथा अनुसूचित जनजाति समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सूचना अभिव्यक्ति कार्यक्रम, जनजाति विभागद्वारा प्रदान गरिने विभिन्न योजनाबारे सचेतनामूलक कार्यक्रम तथा जनसुनुवाइ कार्यक्रम आयोजना गरिएको थियो।
जनसुनुवाइ कार्यक्रममा अनुसूचित जनजाति समुदायका सदस्यहरूले आफ्ना गुनासा, समस्या तथा विभिन्न मागहरू प्रशासनसमक्ष राखेका थिए। कार्यक्रममा सम्बन्धित अधिकारीहरूले जनसमस्याको समाधानका लागि आवश्यक पहल गरिने आश्वासन दिएका छन्।
Ministry of Tribal Affairs, Government of IndiaPMO IndiaNarendra Modi