05/10/2021
https://m.facebook.com/story.php?story_fbid=956135588306129&id=386549375264756&sfnsn=wiwspwa
दार्जीलिङ्ग पहाड़, तराई अनि डुवर्स क्षेत्रको लागि स्थायी राजनीतिक समाधान खोज्ने दिशामा सबै हितधारकहरूलाई निम्त्याउनुभएकोमा म माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यू तथा माननीय गृहमन्त्री श्री अमित शाहज्यूलाई दार्जीलिङ्ग पहाड़, तराई अनि डुवर्सका जनताको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु।
त्रिपक्षीय वार्ताका लागि गोर्खा प्रतिनिधिहरूलाई निम्त्याइनु केन्द्रीय सरकारद्वारा चालिएको एउटा ऐतिहासिक पाइलो हो। यसबाट मोदी सरकारमाथि जनताको आस्थाको पुष्टि हुँदछ।
यो वार्ता हाम्रो क्षेत्रका जनताको सामूहिक जीतको परिचायक हो, जसले असंख्य कठिनाईहरू सहेर पनि धैर्य गुमाएनन्, अनि प्रधानमन्त्री मोदी वा एनडिए सरकारमाथि आफ्नो आस्था र विश्वासलाई त्यागेनन्।
ईतिहासमा नै यो पहिलो अवसर हो जब कुनै बन्द, हड़ताल अनि आम जनतालाई मर्कामा पार्ने कुनैपनि गतिविधि नगरिकन हाम्रो क्षेत्रका समस्याहरू समाधानका लागि केन्द्रीय सरकारद्वारा वार्ता बोलाइएको छ, र यसको श्रेय हाम्रा गठबन्धन साझेदारहरू माझ एकजुटता अनि जनताद्वारा प्रधानमन्त्री मोदीमाथि व्यक्त गरिएको आस्थालाई जान्छ।
पहाड़ र तराईका मात्रै नभएर, डुवर्स क्षेत्रका प्रतिनिधिहरूलाई समेत हाम्रो क्षेत्र र जनताको भविष्यको निर्धारण गर्ने वार्तामा निम्त्याइएको पनि यो पहिलो अवसर हो।
यो वार्ता हाम्रो क्षेत्रको लागि अत्यन्तै महत्त्वपूर्ण छ, र म पूर्ण आशावादी छु कि यसबाट हाम्रो क्षेत्रले चीरकालदेखि भोग्दै आएको अन्याय र भेदभावको उन्मूलन त हुने छ नै, साथै एउटा शान्तिपूर्ण, प्रगतिशील अनि समृद्ध भविष्यको नयाँ शुरुआतको जग बसाल्न पनि मद्दत प्राप्त हुनेछ। यस बैठकमा स्वयम् केन्द्रिय गृह मन्त्रि श्री अमित शाहजिऊ उपस्थित रहनु हुने छन्।
पश्चिम बङ्गालकी मुख्यमन्त्री माननीय सुश्री ममता ब्यानर्जीज्यूले गोर्खा चिह्नारीको सङ्कट तथा क्षेत्रका अन्य समस्याहरूको स्थायी समाधानबारे अनेकौँपटक बोल्नुभएको छ। जहाँ सम्म मलाई थाह छ त्रिपक्षीय वार्तामा निम्त्याइएका हितधारकहरू मध्ये एक पश्चिम बङ्गाल सरकार पनि रहेको हुँदा मलाई पूर्ण आशा छ कि ममताज्यूले यस वार्तामा राज्य सरकारका प्रतिनिधिहरूलाई पठाएर वार्ताको सफलता सुनिश्चित गर्न सक्रिय कदम चाल्नुहुने छ।
हामीले वार्तालाई प्राथमिकता दिनु जरुरी छ अनि व्यक्तिगत वा राजनीतिक संलग्नताको साँघुरो घेराबाट बाहिर निस्कनु आवश्यक छ। म सबैजनालाई आ-आफ्ना निजी र राजनीतिक मतभिन्नताहरू पन्छाएर वार्तालाई सफल बनाउन हातेमालो गर्न अनुरोध गर्दछु। म हरेक व्यक्तिलाई, हामी सबैको तर्फबाट वार्तामा भाग लिने प्रतिनिधिहरूसम्म आफ्ना मन्तव्य एवं सुझाउहरू पठाउन अनुरोध गर्दछु।
म एकचोटि फेरि माननीय मोदीज्यू अनि माननीय अमित शाहज्यूलाई, दार्जीलिङ्ग पहाड़, तराई र डुवर्सका जनतासित हाम्रो पार्टीले गरेका वाचाहरू पूरा गर्ने दिशामा पाइलो चाल्नुभएकोमा, धन्यवाद ज्ञापन गर्दछु। अब हामी सबै हितधारकहरू एकजुट भएर हाम्रो भावी पिँढ़ीको उज्ज्वल भविष्य सुनिश्चित गर्ने दिशामा अगाड़ि बढ्ने समय यही हो।