gorkhaland territorial administration

gorkhaland territorial administration खरसाङ 24 बिधान सभा क्षेत्र।

09/01/2025

Gta idol || Mohit bhujel finalist || nepal idol || 2025



09/01/2025


जीटीए आइडलको लोगो साथै प्रोमो सार्वजनिक।।

06/01/2025


45 नम्बर समष्टि अन्तर्गत रातेपानीमा आज जीटीए सूचना एवम् सांस्कृतिक विभाग तथा 45 नम्बर समष्टि जीटीए आइडल अडिसन कोर्डिनेसन कमिटिको संयुक्त सभा सम्पन्न भयो। सभामा विभागीय पक्षबाट सूचना एवम् सास्कृतिक विभाग कालेबुङ क्षेत्र एमओडी सभासद हेमन्त राई,विभागका सह निर्देशक भूपेन्द्रकान्त घिसिङ,पर्यवेक्षक नवीन गुरुङसँगै क्षेत्रीय सभासद लाक्पा नाम्गेल भूटिया लगायत कोर्डिनेसन कमिटीका सदस्यहरूको साथमा 43 नम्बर गोरूबथान समष्टिका सदस्य काशीराम प्रधान,44 नम्बर सामसिङ कुमाई समष्टिका सभासद अमर छेत्री लगायत अन्य उपस्थित थिए। विशेषगरी गोरूबथान खण्ड अन्तर्गतका 43,44 अनि 45 नम्बर समष्टिमा जीटीए आइडलको अडिसन के कसरी गरिनुपर्ने बारेमा विभागका सह निर्देशक भूपेन्द्रकान्त घिसिङ अनि सूचना एवम् विभाग,कालेबुङ क्षेत्रका एमओडी सभासद हेमन्त राईले स्पष्ट पारे। अडिसन कार्यक्रम तालिका अनुसार जीटीए आइडलको प्रथम अडिसन 44 नम्बर समष्टिबाट सुरु हुनेछ।44 नम्बर समष्टिमा 19 जनवरीको दिन अडिसन हुनेछ भने 43 नम्बर समष्टिमा 20 जनवरी अनि 45 नम्बर समष्टिमा 21 जनवरीको दिन अडिसन हुनेछ। यसबारे आज 45 नम्बर समष्टिमा सभा सफलतापूर्वक सम्पन्न भयो।

जातीय कवि अगम सिँह गिरीको जन्म जयन्तीको सम्पूर्ण गोर्खा जातिलाई हार्दिक मंगलमय शुभकामना ।
27/12/2024

जातीय कवि अगम सिँह गिरीको जन्म जयन्तीको सम्पूर्ण गोर्खा जातिलाई हार्दिक मंगलमय शुभकामना ।

गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन अधीस्त कालेबुङ अभियान्त्रिकी प्रभाग अन्तर्गत समष्टिको लोले जिपी अन्तर्गत कमजेर गाउँमा सभ...
29/11/2024

गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन अधीस्त कालेबुङ अभियान्त्रिकी प्रभाग अन्तर्गत समष्टिको लोले जिपी अन्तर्गत कमजेर गाउँमा सभासद कोषद्वारा नवनिर्मित समाज भवनको आज विधिवत् उद्घाटन गर्न पाउँदा अत्यन्त हर्ष लागेको छ। उक्त गाउँमा रहेको समाज करूणा समाजका सदस्यहरूले विगत समयदेखि नै समाजघरको माग राखेका थिए। आज उक्त मागलाई पूरा गर्न पाउँदा खुशी लागेको छ। समष्टिमा अझ धेरै क्षेत्रहरूमा विभिन्न यस्ता कार्यहरू गर्न बाँकी छ। केही गरिरहेका छौँ। आज नयाँ समाज भवन आधिकारिक रूपमा कमजेर करूणा समाजलाई हस्तान्तरण गर्न पाउँदा खुशी व्यक्त गर्दै सम्पूर्ण समाजका सदस्यहरू तथा गाउँवासीप्रति बधाई टक्राउँदछु। यस कार्यलाई साकार रूप दिनमा साथ दिनुहुने जीटीएका माननीय मुख्य कार्यपाल श्री अनित थापा,माननीय विधायक श्री रूदेन सादा लेप्चा लगायत विभागीय पक्षप्रति आभार प्रकट गर्दछु:- हेमन्त राई

12 जना लाभार्थीलाई SCP/MSY को ऋण वितरणपश्चिम बंगाल अनुसूचित जाति र अनुसूचित जनजाति र अन्य पिछडा वर्ग विकास र वित्त निगम ...
27/11/2024

12 जना लाभार्थीलाई SCP/MSY को ऋण वितरण

पश्चिम बंगाल अनुसूचित जाति र अनुसूचित जनजाति र अन्य पिछडा वर्ग विकास र वित्त निगम दार्जिलिङ शाखा, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले आज गोर्खा रङ्गमञ्चमा एउटा कार्यक्रम आयोजना गरेर वित्तीय वर्ष 2024-2025 को लागि SCP/MSY को ऋण लाभार्थीलाई वितरण गर्यो।

महिला सम्बृद्धि योजना अन्तर्गत (MSY) 9 वटा SHG-लाई ऋण दिइयो। स्व-सहायता समूहका 9 जना सदस्यहरूलाई सुँगुर पालन, कुखुरा पालन, किराना पसल अनि रेस्टुरेन्ट खोल्न ऋण दिइयो। ऋण रु 10 हजार देखि 1 लाख सम्मको रहेको छ। 10 हजारको लोनमा सबसिडी पनि दिइएको छ।

महिला समृद्धि योजना (MSY) गरिब र पिछडिएका पृष्ठभूमिका स्व-सहायता समूहहरू (SHGs) लगायत महिला उद्यमीहरूलाई लघु-वित्त प्रदान गर्ने योजना हो।

विशेष घटक योजना (Special Component Plan : SCP) अन्तर्गत तीन जना SC, ST अनि OBC वर्गका व्यक्तिहरूलाई कुखुरा पालनको खोर बनाउन लोन दिइयो। लोनको रकम प्रति व्यक्ति रू10 हजार रहेको छ।

पश्चिम बंगाल अनुसूचित जाति र अनुसूचित जनजाति विकास र वित्त निगमले गरिबी रेखा मुनि रहेका अनुसूचित जनजातिहरूको लागि अनुसूचित जाति र जनजाति उप योजना (TSP) योजनाको लागि विशेष घटक योजना (SCP) योजना सुरु गरेको छ।

जीटीएका मुख्य जनसम्पर्क अधिकारी एस पी शर्माले जानकारी दिए अनुसार आजको ऋण वितरण कार्यक्रममा सभासद भुपेन्द्र छेत्री, विभागीय अधिकारीहरू अनि उनी स्वयं उपस्थित थिए। जम्मा 12 जनालाई आज लोन वितरण गरियो। शर्माले भने कि यदि गाउँ घरमा कोहीपनि अनुसूचित जाति, अनुसूचित जनजाति अनि पिछडिएको वर्गको व्यक्तिहरुले विभागबाट ऋणको सुविधा लिनु चाहे नजिकको विभागको कार्यलय मा सम्पर्क गर्नु सक्नेछन्। यो ऋण आर्थिक विकासको लक्ष्य लिएर कुनै पनि आर्थिक गतिविधि गर्न चाहने व्यक्तिलाई प्रदान गरिन्छ।

दार्जिलिङ/कालेबुङ जिल्लाका 40 वटा प्राथमिक पाठशालामा लेप्चा भाषाको पठन पाठन शुरु गरिने जीटीएले जारी गर्यो अधिसूचना।यसको ...
20/11/2024

दार्जिलिङ/कालेबुङ जिल्लाका 40 वटा प्राथमिक पाठशालामा लेप्चा भाषाको पठन पाठन शुरु गरिने जीटीएले जारी गर्यो अधिसूचना।
यसको निम्ति 40 जना पारा टिचर्स गरियो नियुक्ति।

पुलबिजनबारी खण्ड अन्तर्गत नयाँ मोड ग्राम पञ्चायत अधिनस्थ लोवर किजोमकाे सेरिकल्चर फार्म देखि गोरूकटा हुँदै अपर किजोमकाे ब...
16/11/2024

पुलबिजनबारी खण्ड अन्तर्गत नयाँ मोड ग्राम पञ्चायत अधिनस्थ लोवर किजोमकाे सेरिकल्चर फार्म देखि गोरूकटा हुँदै अपर किजोमकाे बाङ्गे गोलाइ सम्म पुग्ने पाँच किलो मीटर लामो बाटो निर्माण हुँदैछ।

त्यसरी नै अप्पर रेलिङ गुम्बाटारदेखि शेर्पा गाउँसम्म पुग्ने 2.5 किलो मिटर लामो बाटो 2.70 करोडको लागतमा निर्माण हुनु गई रहेको छ।

यी दुवै बाटोको शिलान्यास समय जी टी ए प्रमुख कार्य पाल अनित थापा उपस्थित रहेका थिए।

उनले कैजले शिलान्यास समय भने

"सभासदले बोलेको कुरा मैले पूरा गर्नुपर्छ कारण म उहाँहरूको नेता हुँ। तपाईहरुले हामीलाई भोट दिनुभएर जिताउनु भयो। यसको गुण हामी अब फर्काउँदैछौ।
यसपाली बाटो पक्का बनिन्छ। पानी पक्का आउनेछ। दुवैको टेण्डर भएर नै शिलान्यास गरिएको हो।"

बिजनबारी ब्लक अन्तर्गत दुई वटा समष्टिका 1620 घरलाई जल जीवन मिसन अन्तर्गत हर घर जलको 66.20 करोडको परियोजनाको शिलान्यास ।म...
15/11/2024

बिजनबारी ब्लक अन्तर्गत दुई वटा समष्टिका 1620 घरलाई जल जीवन मिसन अन्तर्गत हर घर जलको 66.20 करोडको परियोजनाको शिलान्यास ।

मैले आफ्नो सम्बोधनमा सबै निर्वाचितहरुलाई आफ्नो जिम्मेवारी निभाउने आव्हान गर्छु। सभासदले आफ्नो जिम्मेवारी निभाउनु पर्छ। उनले इन्जिनियरलाई हातमा राखेर काम गर्नु सक्नुपर्छ। कुनै पनि काम गर्दा सिस्टम भित्र रहेर काम गर्नुपर्छ। काम बिग्रे पछि कसैलाई दोष दिनु ठीक होइन। सिस्टम ठीक छ भने सबै कुरा ठीक भएर जान्छ। पञ्चायतमा काम आउँदा पञ्चायत प्रधान कामको जिम्मेवार हुन्छ।

परिवर्तित वर्तमान सँगसँगै काम गर्ने तरिकामा पनि परिवर्तन ल्याउनु पर्छ। आफ्नो ताकत अनुसार सबैले काम गर्नुपर्छ। प्लानिङ गरेर काम गर्नुपर्छ। त्यसैले समष्टि अनि पञ्चायत स्तरमा योजना बद्ध तरिकाले काम गर्नुपर्छ।

अनित थापा पहाडको जनताको निम्ति आशा अनि विश्वासको प्रतीक बनेको छ। कसैलाई गाली नगरी पनि काम गर्नु सक्छ। हाम्रो सोचलाई बिस्तारै जनताले स्वीकार गर्दैछ। झगडा गरेर केही हुँदैन। म सरकार सँग मिलेर नै काम गर्नेछु। दोष मात्र देखाएर केही हुँदैन।

आज शिलान्यास गरिएको परियोजनाले कैंजले, मुर्मिडाङ र कर्मी गाउँका 1620 घरलाई पिउने पानी उपलब्ध गराउँछ। योजनाको लागत रु 66.20 करोड रहेको छ।

कैंजले हाई स्कूल ग्राउन्ड, थापागाउँमा आयोजित शिलान्यास कार्यक्रममा विजय भारती (आईएएस) प्रमुख सचिव जीटीए,सतीश पोखरेल कार्यकारी सभासद कृषि, रेशम र भूमि तथा भूमि सुधार ,भूपेन्द्र क्षेत्री सभासद, बिजनबारी, सामदेन डुक्पा कार्यकारी निर्देशक, मणिरत्न मंगराती कार्यकारी ईन्जिनियरको विशेष उपस्थिति रहेको थियो। साथमा विभिन्न पञ्चायतका प्रधानहरु, सदस्यहरू अनि स्थानीय उपभोक्ताहरूको उपस्थिति रहेको थियो।

Happy Children's Day
14/11/2024

Happy Children's Day

विज्ञप्तिमेरो ( अनित थापा) नाममा, मेरो लेटरप्याड प्रयोग गरेर, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नाममा एउटा चिया बगान...
11/11/2024

विज्ञप्ति

मेरो ( अनित थापा) नाममा, मेरो लेटरप्याड प्रयोग गरेर, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नाममा एउटा चिया बगानलाई एकचालिस हजार रुपियाँ मागेको चिठ्ठी मेरो हातमा आयो।

यो चिठ्ठी मैले लेखेको होइन। दोस्रो, लेटरप्याड पनि मेरो आधिकारिक लेटरप्याड होइन। तेस्रो, मेरो सही स्क्यान गरेको सही रहेछ। अर्थात् यो चिठ्ठी कसैलाई ठग्नु लेखिएको चिठ्ठी हो।

यस्ता कुतत्वहरूले मेरो नाम अनि ओहदाको प्रयोग गरेर ठग्ने काम गर्दैछ। जसले पनि यस्तो कार्य गर्दैछ उनीहरू माथि कानुनी कारवाही अवश्य गर्नेछु । मेरो नाममा कसैले पनि यसरी पैसा माग्दैछ भने कसैले पनि पैसा नदिने अनुरोध गर्दछु।

अनित थापा

प्रमुख कार्यपाल
गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनअल्गारह इन्जिनियरिङ डिभिजन, कालिम्पोङ।कामको शिलान्यास "रबिन गुरुङ हाउस [डुका PMGSY सडक] द...
08/11/2024

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन
अल्गारह इन्जिनियरिङ डिभिजन, कालिम्पोङ।

कामको शिलान्यास "रबिन गुरुङ हाउस [डुका PMGSY सडक] देखि ओङ्देन लेप्चा हाउस [अंगेरिदरा-चौतारा रोड], साक्योङ जि.पी., पेडोङ ब्लक, 40 औँ निर्वाचन क्षेत्र,
किलोमिटर लम्बाइ = 0.970 किलोमिटर सिमेन्ट कंक्रीट बाटो निर्माण।

Address

Darjeeling

Website

Alerts

Be the first to know and let us send you an email when gorkhaland territorial administration posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share