तकदाह टिष्टा भ्याली मण्डल

तकदाह टिष्टा भ्याली मण्डल Jai Shree Ram 🚩🙏

भारतीय जनता पार्टी ट्रेड युनियन बी.सी.एम.एस. समिति गठनमिति: ३० अगस्ट २०२६३० अगस्ट २०२६ का दिन तकदाह–ग्लेनबर्न मण्डल (समष...
31/08/2026

भारतीय जनता पार्टी ट्रेड युनियन बी.सी.एम.एस. समिति गठन
मिति: ३० अगस्ट २०२६
३० अगस्ट २०२६ का दिन तकदाह–ग्लेनबर्न मण्डल (समष्टि) अन्तर्गत भारतीय जनता पार्टीको ट्रेड युनियन बी.सी.एम.एस. द्वारा श्रमिकहरूको हक, हित तथा अधिकारको निम्ति ट्रेड युनियन समिति गठन गरिएको छ।
उक्त कार्यक्रममा बी.सी.एम.एस. जिल्ला सदस्य तथा आर/आर ब्लक संयोजक श्री जयन गुरुङ, साजल राई, प्रितम छेत्री, चिराग गुरुङ, मण्डल उपाध्यक्ष श्री प्रदीप सोताङ, मण्डल महासचिव श्री निर्मल भुजेल, सिङ्ग्रीताम जी.पी. प्रधान श्री निमेष मङ्ग्राती, जी.पी. सदस्य सुश्री सोनिका, जी.पी. समिति सदस्य श्री राजेश सुब्बालगायत विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसै क्रममा ग्लेनबर्न र तकदाह चियाबारीका भारतीय चिया मजदुरहरूको हक, हित तथा अधिकारका लागि बी.सी.एम.एस. समिति गठन गरिएको छ।
बी.सी.एम.एस. युनिट — ग्लेनबर्न चियाबारी
अध्यक्ष: प्रदीप सोताङ
उपाध्यक्ष: प्रकाश प्रधान
उपाध्यक्ष: बिशोन मुखिया
सचिव: प्रथम तामाङ
सह-सचिव: पर्म गुरुङ, प्रणुप राई
कोषाध्यक्ष: मेनुका सुब्बा, सलिना छेत्री
बी.सी.एम.एस. युनिट — तकदाह चियाबारी
अध्यक्ष: वीर प्रसाद प्रधान
उपाध्यक्ष: सुशील राई
कोषाध्यक्ष: अनुप गुरुङ
उपस्थित सदस्यहरू
निर्मल भुजेल, राजेन प्रधान, विजय गुरुङ, राजेश राई, ईश्वर बस्नेत, प्रितम प्रधान, बहन राई, देवथ तामाङ तथा शरद गुरुङलगायतको उपस्थिति रहेको थियो।
श्रमिकहरूको हक, हित र अधिकारको संरक्षण तथा उनीहरूका समस्या समाधानका लागि बी.सी.एम.एस. सदैव प्रतिबद्ध रहनेछ।

राखी उपलक्ष्यमा कार्यक्रम सम्पन्नतकदाह टिष्टा भ्याली मण्डल अन्तर्गत आर. आर. ब्लक, तकदाह क्यान्टमा राखी पर्वको उपलक्ष्यमा...
28/08/2026

राखी उपलक्ष्यमा कार्यक्रम सम्पन्न

तकदाह टिष्टा भ्याली मण्डल अन्तर्गत आर. आर. ब्लक, तकदाह क्यान्टमा राखी पर्वको उपलक्ष्यमा विशेष कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा दाजुभाइ तथा दिदीबहिनीबीच राखी बाँधेर आपसी प्रेम, सद्भाव र भाइचाराको भावना साटासाट गरिएको थियो।

कार्यक्रम हर्षोल्लास तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो।

श्रीकृष्ण महापुराणमा हार्दिक निमन्त्रणा🙏 श्रीकृष्ण महापुराण 🙏सम्पूर्ण भक्तजनहरूमा हार्दिक निमन्त्रणाआगामी १ सेप्टेम्बर २...
27/08/2026

श्रीकृष्ण महापुराणमा हार्दिक निमन्त्रणा
🙏 श्रीकृष्ण महापुराण 🙏
सम्पूर्ण भक्तजनहरूमा हार्दिक निमन्त्रणा
आगामी १ सेप्टेम्बर २०२६ देखि ५ सेप्टेम्बर २०२६ सम्म पावन श्रीकृष्ण महापुराण आयोजना हुन गइरहेको हुँदा सम्पूर्ण भक्तजन, श्रद्धालु तथा धर्मप्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
यस पावन अवसरमा उपस्थित भई श्रीकृष्ण भगवानको कथा श्रवण, भक्ति, सत्सङ्ग तथा पुण्यलाभ प्राप्त गर्नुहुन सम्पूर्ण भक्तजनहरूमा सादर अनुरोध गर्दछौँ।
📍 स्थान:
तकदाह क्यान्ट माने बजार
तकदाह–टिष्टा भ्याली मण्डल अन्तर्गत
🙏 जय श्रीकृष्ण 🙏

आज रङ्गली चिया बारीमा श्रमिक आन्दोलनको चौथो दिन हो। यस क्रममा BJP पार्टीको ट्रेड युनियन BCMS R/R Block Convenor जयन गुरु...
27/08/2026

आज रङ्गली चिया बारीमा श्रमिक आन्दोलनको चौथो दिन हो। यस क्रममा BJP पार्टीको ट्रेड युनियन BCMS R/R Block Convenor जयन गुरुङ, DTDPLU तथा HPWU द्वारा रली र गेट मिटिङ सम्पन्न गरिएको छ।

श्रमिकहरूको हक, हित र अधिकारका निम्ति हामी कटिबद्ध छौँ। हाम्रा मागहरू समाधान गर्न ALC मा त्रिपक्षीय वार्ता गरी रङ्गली चिया बारीका श्रमिकहरूको समस्या समाधान गर्नुपर्छ।

श्रमिकको हक, हित र अधिकारका लागि हाम्रो संघर्ष जारी रहनेछ।
प्रेस विज्ञप्ति: शक्ति करण प्रमुख मणिराज छेत्री।

आज रंगली रंलियट चियाबारीमा बिसिएमएस ( BMS) ट्रेड युनियनको पक्षबाट चियाबारी बिबिध समस्याहरु लिएर गेट सभा  ।प्रेस विज्ञप्त...
24/08/2026

आज रंगली रंलियट चियाबारीमा बिसिएमएस ( BMS) ट्रेड युनियनको पक्षबाट चियाबारी बिबिध समस्याहरु लिएर गेट सभा ।
प्रेस विज्ञप्ति: शक्ति करण प्रमुख मणिराज छेत्री।

जय श्री राम 🚩   जय भाजपा 🪷     जय टि०टि०एस० मण्डल 🙏आज दिनांक २३/८/२०२६ आइतवारको दिन भारतीय जनता पार्टी तक्दाह टिस्टाभेल्...
23/08/2026

जय श्री राम 🚩
जय भाजपा 🪷
जय टि०टि०एस० मण्डल 🙏
आज दिनांक २३/८/२०२६ आइतवारको दिन भारतीय जनता पार्टी तक्दाह टिस्टाभेल्ली मण्डल अधिनस्थ तकदाह क्यान्ट स्कूल डाड़ा बुथ संख्या २४/६७ मा समाज सेवी श्री प्रकाश योल्मो को सभाध्यक्षतामा भाजपा समर्थन सभाको आयोजन गरिएको थियो। उत्त सभामा ओ बि सि मोर्चा जिल्ला सभापति श्री आनन्द गुरुङ, तक्दाह टिस्टाभेल्ली मण्डल संयोजक श्री भीम छेत्री, बुथ सभापति श्री मिलन छेत्री, बुथ संख्या २४/७७ सभापति श्री मित्र गुरुङ, श्री कमल गुरुङ, बुथ संख्या २४/६६ सभापति श्री रोजन तामाङ सचिव रूपास थापा अनि शक्ति प्रमुख श्री मणिराज छेत्रीको उपस्थितिमा समर्थन कार्यक्रम सम्पन्न भयो।बुथ संख्या २४/६७ मा बिभिन्न राजनैतिक दलवाट चालीस (40)घर परिवार भारतीय जनता पार्टीमा आबद्ध (सामेल)गराउँदै जिल्ला ओ०बी०स० अध्यक्ष श्री आनन्द गूरूङ ज्यू अनि मण्डल कनभेनर श्री भीम छेत्री को बहूलीबाट पार्टीको झण्डा प्रदान गरियो।
प्रेस विज्ञप्ती:बूथ शक्ती करण प्रमुख मणिराज छेत्री।

आज दिनांक 23/08/2026 आइतबार को दिन तकदाह टिस्टा भेल्ली मण्डल अन्तर्गत,गेल चिया बारी क्षेत्रका चार वोटा 4 बूथ नं 82,83,84...
23/08/2026

आज दिनांक 23/08/2026 आइतबार को दिन तकदाह टिस्टा भेल्ली मण्डल अन्तर्गत,गेल चिया बारी क्षेत्रका चार वोटा 4 बूथ नं 82,83,84,85 (BCMS )बि सि एम,एस भारतीय चिया श्रमिक (मजदुर)संगठन का एक संगठानीक सभा बसियो उक्त सभामा बि सी एम एस (BCMS) आर आर ब्लक (R/R block) संयोजक श्री जयन गुरुङ ज्यु को पहलमा भारतीय जनता पार्टीका( trade union) चिया श्रमिक (मजदुर)संगठन गठन गरियो जसमा सभापति श्रीमती सपना तामाङ,उप-सभापति ‌श्रीमान राजेस मंग्राती,साजन थापा, रमेश क्षेत्री, सचिव श्रीमती बबिता मंगर,बिजय क्षेत्री, कोषाध्यक्ष श्रीमती सबिता क्षेत्री, र अन्य कार्य सदस्य हरु को नाम बिधान क्षेत्री,सुरज थापा,धनकुमार मंगर,पारू प्रधान,सुजय मोक्तान,असोक राणा,केसर मंगर, कुन्दन तामाङ, उत्तम क्षेत्री, बिष्णु थापा,सुसिल मंगर, सन्दिप राई,पिटर मंग्राती,अनि अशेष राई को उपस्थितमा आजको संगठानीक कार्यक्रम सफलता पुर्वक सम्पन्न गरियो।
प्रेस विज्ञप्ति : शक्ति करण प्रमुख मणिराज छेत्री।

Jai shree Ram 🚩
22/08/2026

Jai shree Ram 🚩

Address

Takdah Cantt
Darjeeling
734222

Website

Alerts

Be the first to know and let us send you an email when तकदाह टिष्टा भ्याली मण्डल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share