गोर्खा जनमुक्ति युवामोर्चा केन्द्रीय समिति दार्जिलिङ

  • Home
  • India
  • Darjeeling
  • गोर्खा जनमुक्ति युवामोर्चा केन्द्रीय समिति दार्जिलिङ

गोर्खा जनमुक्ति युवामोर्चा केन्द्रीय समिति दार्जिलिङ Gorkhaland is our birth right. GJYM forever for Gorkhaland

"डीआई फण्ड तथा डेभलपमेन्ट एरियाको जमिनसम्बन्धी जनजागरण सभा सम्पन्न" #कालेबुङ, ५ सेप्टेम्बर २०२६।गोर्खा जनमुक्ति मोर्चा क...
05/09/2026

"डीआई फण्ड तथा डेभलपमेन्ट एरियाको जमिनसम्बन्धी जनजागरण सभा सम्पन्न"

#कालेबुङ, ५ सेप्टेम्बर २०२६।
गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला समितिको पहल तथा जिल्ला समिति संयोजक निमा तामाङको अगुवाइमा कालेबुङ नगरपालिका क्षेत्रअन्तर्गत डीआई फण्ड तथा डेभलपमेन्ट एरियामा बसोबास गर्ने स्थानीयवासीहरूको जमिनको पर्चापट्टा तथा जमिनसम्बन्धी अधिकारबारे जनजागरण सभा सम्पन्न भएको छ।
कालेबुङ नगरपालिका वार्ड नम्बर २१ अन्तर्गत अपर कार्ट रोडस्थित रानीवन सामाजिक भवनमा आयोजित उक्त सभामा वार्ड नम्बर २१ का कल्याण समाज, बेला समाज, नवदीप समाज, एकता समाज तथा कञ्चनजङ्घा समाजका प्रतिनिधिहरूका साथै जमिनसम्बन्धी विषयमा सरोकार राख्ने स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा डीआई फण्ड तथा डेभलपमेन्ट एरियाको जमिन, पर्चापट्टा प्राप्त गर्ने प्रक्रिया, स्थानीयवासीका अधिकार तथा यस विषयमा देखिएका विभिन्न समस्याबारे छलफल गर्दै जनतालाई आफ्नो जमिनसम्बन्धी अधिकार र कानुनी प्रक्रियाबारे सचेत गराउने विषयमा जोड दिइयो।
गोर्खा जनमुक्ति मोर्चाले डीआई फण्ड तथा डेभलपमेन्ट एरियामा बसोबास गर्ने जनसमुदायलाई आफ्नो जमिन तथा अधिकारसम्बन्धी विषयमा जागरूक बनाउने उद्देश्यले विभिन्न स्थानमा यस्ता जनजागरण सभा तथा सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।
कार्यक्रममा गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला समिति संयोजक निमा तामाङ, युवामोर्चा महासचिव बालकृष्ण थापा जिल्ला सचिव सुरज बाग्दास, ३५ नम्बर समष्टि संयोजक दिप थापा तथा उत्तम छेत्रीको उपस्थिति रहेको थियो।

"शिक्षक दिवसको हार्दिक शुभकामना"भारतका पूर्व राष्ट्रपति, महान् शिक्षाविद्, प्रख्यात विचारक तथा ‘भारत रत्न’ बाट सम्मानित ...
05/09/2026

"शिक्षक दिवसको हार्दिक शुभकामना"

भारतका पूर्व राष्ट्रपति, महान् शिक्षाविद्, प्रख्यात विचारक तथा ‘भारत रत्न’ बाट सम्मानित डा. सर्वपल्ली राधाकृष्णनको स्मरणमा मनाइने शिक्षक दिवसको पावन अवसरमा सम्पूर्ण शिक्षक, शिक्षिकाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
ज्ञान, संस्कार र शिक्षाको ज्योति फैलाउँदै समाज तथा राष्ट्र निर्माणमा निरन्तर योगदान पुर्‍याउनुहुने सम्पूर्ण गुरुजनप्रति यस अवसरमा हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछु।
शिक्षक दिवसको हार्दिक मंगलमय शुभकामना!

बिमल गुरुङ
अध्यक्ष
गोर्खा जनमुक्ति मोर्चा
केन्द्रीय समिति, दार्जिलिङ

"श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना"श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा देश,विदेशमा रहनुभएका सम्पूर्ण गोर्खे दाजुभाइ...
04/09/2026

"श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना"

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा देश,विदेशमा रहनुभएका सम्पूर्ण गोर्खे दाजुभाइ तथा दिदीबहिनीहरू र हिन्दू धर्मावलम्बीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
भगवान श्रीकृष्णले हामी सबैलाई सत्य, धर्म, न्याय र एकताको बाटोमा अघि बढ्ने प्रेरणा प्रदान गरून्। हाम्रो गोर्खा जातिमा सुख, शान्ति, समृद्धि र एकता कायम रहोस् भन्ने कामना गर्दछु।

जय श्रीकृष्ण!

बिमल गुरुङ
अध्यक्ष
गोर्खा जनमुक्ति मोर्चा
केन्द्रीय समिति

"गोर्खा जनमुक्ति मोर्चाको प्रतिनिधि सभा सम्पन्न"३ सेप्टेम्बर २०२६ दार्जीलिङ गोर्खा जनमुक्ति मोर्चाले जमिनी स्तरमा आफ्नो ...
03/09/2026

"गोर्खा जनमुक्ति मोर्चाको प्रतिनिधि सभा सम्पन्न"
३ सेप्टेम्बर २०२६ दार्जीलिङ

गोर्खा जनमुक्ति मोर्चाले जमिनी स्तरमा आफ्नो संगठनलाई अझ मजबुत अनि सशक्त बनाउने साथै ७ अक्टोबर २०२६ पार्टीको २० औं स्थापना दिवस भब्यताको साथमा मनाउने उदेश्य लिएर समष्टि स्तरको केन्द्रीय समिति, युवा मोर्चा, नारी मोर्चा लगायत अन्य भातृ संगठनहरूलाई लिएर एक महत्वपूर्ण प्रतिनिधि सभा केन्द्रीय उपाध्यक्ष श्रीमान आर०पी० वाईवाको अध्यक्षतामा सम्पन्न गरियो।
सभामा सहभागी प्रतिनिधिहरूले संगठनलाई आगामी दिनमा अझ मजबुत बनाउन आवश्यक सुझाव तथा विचारहरू केन्द्रीय समितिसमक्ष प्रस्तुत गरेका थिए। साथै, संगठनभित्र आपसी समन्वय,ट सहकार्य र एकतालाई प्राथमिकता दिँदै निःस्वार्थ भावनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
सभालाई सम्बोधन गर्दै गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय अध्यक्ष श्री बिमल गुरुङले संगठनको भविष्य र आगामी राजनीतिक यात्रालाई केन्द्रमा राख्दै विभिन्न महत्वपूर्ण घोषणा तथा निर्णयहरू सार्वजनिक गर्नुभयो।
सभाबाट गरिएका प्रमुख घोषणा तथा निर्णयहरू:
1. केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय:
गोर्खा जनमुक्ति मोर्चाको वर्तमान केन्द्रीय समिति विघटन गरी अबको पाँचदेखि दश दिनभित्र नयाँ केन्द्रीय समितिको गठन गरिने घोषणा गरिएको छ।
2. विज्ञहरू सम्मिलित ‘स्टडी फोरम’ गठन:
संगठनलाई सुचारु रूपमा सञ्चालन गर्न तथा आगामी दिनको नीति, कार्यक्रम र राजनीतिक रणनीति निर्माणमा आवश्यक अध्ययन तथा सुझाव प्रदान गर्न विभिन्न विज्ञ व्यक्तित्वहरूलाई समेटेर ‘स्टडी फोरम’ टिम गठन गरिने निर्णय गरिएको छ।
3. २०औँ स्थापना दिवस ऐतिहासिक रूपमा मनाउने:
आगामी ७ अक्टोबर २०२६ मा गोर्खा जनमुक्ति मोर्चाको २०औँ स्थापना दिवस भव्य, सभ्य र ऐतिहासिक रूपमा मनाउने घोषणा गरिएको छ। स्थापना दिवसलाई संगठनको आगामी यात्राका लागि महत्वपूर्ण राजनीतिक तथा संगठनात्मक अवसरका रूपमा उपयोग गरिने बताइएको छ।
4. आगामी वार्तामा सम्पूर्ण गोर्खाल्याण्ड स्टेकहोल्डरलाई सहभागी गराउनुपर्ने माग:
दार्जीलिङ पहाड, तराई तथा डुवर्ससँग सम्बन्धित भविष्यको राजनीतिक समाधानका लागि सरकारले आगामी वार्तामा सम्पूर्ण गोर्खाल्याण्ड स्टेकहोल्डरहरूलाई औपचारिक पत्राचार गरी सहभागी गराउनुपर्ने माग सभाले अघि सारेको छ।
5. दोस्रो चरणको All Party Meeting आयोजना गर्ने:
गोर्खा जनमुक्ति मोर्चाको अगुवाइमा चाँडै नै दोस्रो चरणको All Party Meeting आयोजना गरी अघिल्लो बैठकका निष्कर्षहरूबारे समीक्षा गर्नुका साथै आगामी दिनको सामूहिक राजनीतिक रणनीति तय गर्ने निर्णय गरिएको छ।
सभाको अन्त्यमा सम्पूर्ण प्रतिनिधिहरूलाई आआफ्नो समष्टि तथा क्षेत्रमा संगठनात्मक गतिविधिलाई थप सक्रिय बनाउन, खुला सोचका साथ जनतासँग जोडिएर काम गर्न तथा संगठनका सबै भातृ संगठनहरूलाई आआफ्नो क्षेत्राधिकारभित्र स्वतन्त्र रूपमा प्रभावकारी ढङ्गले काम गर्ने वातावरण निर्माण गर्न आह्वान गरिएको छ।
प्रतिनिधि सभाले संगठनको आगामी यात्रा एकता, समन्वय, अनुशासन र सामूहिक राजनीतिक दृष्टिकोणका साथ अघि बढाउने संकल्पसमेत गरेको छ।

मिडिया सेल
प्रभारी
गोर्खा जनमुक्ति मोर्चा
केन्द्रीय समिति, दार्जीलिङ

"सिक्किममा रहेका चालकहरूको समस्या समाधानका लागि गोजमुमो अध्यक्ष बिमल गुरुङसँग भेटवार्ता"दार्जिलिङ, २ सेप्टेम्बर २०२६।रोज...
03/09/2026

"सिक्किममा रहेका चालकहरूको समस्या समाधानका लागि गोजमुमो अध्यक्ष बिमल गुरुङसँग भेटवार्ता"

दार्जिलिङ, २ सेप्टेम्बर २०२६।
रोजगारको सिलसिलामा लामो समयदेखि छिमेकी राज्य सिक्किममा बसोबास गर्दै आएका दार्जिलिङ, खरसाङ, कालेबुङ, तराई लगायत डुवर्सका विभिन्न क्षेत्रका चालकहरूले भोग्दै आएका समस्या, असुविधा तथा आफ्ना जायज मागहरूलाई लिएर आज गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष श्री बिमल गुरुङसँग भेटवार्ता गरेका छन्।
गोजमुमो सिक्किम शाखाका अध्यक्ष गणेश छेत्रीको अगुवाइमा चालकहरूको प्रतिनिधिले सिहमारीस्थित गोजमुमो केन्द्रीय कार्यालयमा अध्यक्ष गुरुङसँग भेट गरी सिक्किममा काम गर्दै आएका चालकहरुले भोग्नुपरेका विभिन्न व्यावहारिक समस्या तथा कठिनाइहरूबारे विस्तृत रूपमा जानकारी गरायो।
भेटका क्रममा चालकहरूले आफूहरू वर्षौंदेखि सिक्किममा रहेर रोजगारी गर्दै परिवारको जीविकोपार्जनमा योगदान पुर्‍याउँदै आए पनि पछिल्लो समय विभिन्न कारणले असुविधा तथा समस्याहरू झेल्नुपरेको बताएका थिए। उनीहरूले आफ्ना समस्याहरूको उचित समाधानका लागि सम्बन्धित निकायसमक्ष आवाज उठाइदिन गोजमुमो नेतृत्वसमक्ष आग्रह गरेका छन्।
चालकहरूको समस्या ध्यानपूर्वक सुन्दै गोजमुमो अध्यक्ष बिमल गुरुङले मजदुरी गर्न गएका श्रमिक अनि चालकहरुको समस्या पार्टीका लागि महत्वपूर्ण विषय रहेको बताउँदै उनीहरूको जायज माग र समस्यालाई सम्बन्धित विभाग समक्ष उठाउने आश्वासन दिए।
गोजमुमोले गोर्खा जातिका हरेक वर्गको हक, अधिकार, सम्मान र रोजगारीको सुरक्षाका लागि निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै अध्यक्ष गुरुङले सिक्किममा रहेका दार्जिलिङ, खरसाङ, कालेबुङ, तराई लगायत डुवर्स क्षेत्रका चालकहरूलाई पनि संगठनसँग जोडिएर आफ्ना समस्या सामूहिक रूपमा अघि बढाउन आह्वान गरेका छन्।
यस भेटवार्ताले सिक्किममा रोजगारी गर्दै आएका गोर्खा चालकहरूको समस्या समाधानका लागि गोजमुमो नेतृत्वले सक्रिय पहल गर्ने अपेक्षा थप बलियो भएको सहभागीहरूले बताएका छन्।

02/09/2026

"कालेबुङमा पहिलोपटक ‘अल इण्डिया गोर्खा कप’, नेपाल र भुटानका टोली पनि सहभागी हुने"

कालेबुङ, २ सेप्टेम्बर २०२६। कालेबुङमा पहिलो संस्करणको ‘अल इण्डिया गोर्खा कप २०२६’ आगामी १५ सेप्टेम्बर २०२६ देखि आयोजना हुने भएको छ। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङको निर्देशनमा आयोजना हुन लागेको उक्त प्रतिष्ठित फुटबल प्रतियोगितामा भारतका विभिन्न स्थानबाट टोली तथा खेलाडीहरूको सहभागिता रहनेछ। प्रतियोगितामा नेपाल र भुटानबाट समेत फुटबल टोली तथा खेलाडीहरू सहभागी हुने युवा मोर्चा महासचिव बालकृष्ण थापा जनाएको छ।
कालेबुङमा पहिलोपटक आयोजना हुन लागेको यस प्रतियोगितालाई क्षेत्रको फुटबल विकासका दृष्टिले महत्वपूर्ण मानिएको छ। प्रतियोगिताले स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै कालेबुङको समृद्ध फुटबल संस्कृति र गोर्खा खेलकुद भावनालाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।
प्रतियोगिताको आयोजनाले कालेबुङलाई क्षेत्रीय फुटबलको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ।

"संवैधानिक समाधानमा तराई, डुवर्स छुटाउन नहुने मागसहित डुवर्स स्टेरिङ कमिटीको नेतृत्वद्वारा बिमल गुरुङसँग भेटवार्ता"दार्ज...
02/09/2026

"संवैधानिक समाधानमा तराई, डुवर्स छुटाउन नहुने मागसहित डुवर्स स्टेरिङ कमिटीको नेतृत्वद्वारा बिमल गुरुङसँग भेटवार्ता"

दार्जिलिङ, २ सेप्टेम्बर २०२६
दार्जिलिङ पहाड, तराई तथा डुवर्सलाई समेटेर भविष्यमा भारत सरकारले कुनै पनि संवैधानिक राजनीतिक समाधानको मार्ग अघि बढाएमा तराई, डुवर्सका क्षेत्रहरू कुनै पनि हालतमा छुटाउन नहुने मागसहित डुवर्स स्टेरिङ कमिटीका नेतृत्वहरूले गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङसँग भेटवार्ता गरेका छन्।
सिहमारीस्थित गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय पार्टी कार्यालयमा भएको भेटवार्ताका क्रममा डुवर्स क्षेत्रको राजनीतिक, सामाजिक तथा भौगोलिक सरोकारका विषयमा विस्तृत छलफल भएको थियो।
डुवर्स स्टेरिङ कमिटीका नेतृत्वहरूले दार्जिलिङको दीर्घ राजनीतिक इतिहासमा तराई, डुवर्सका जनताको अधिकार, अस्तित्व र भविष्यप्रति निरन्तर चिन्ता व्यक्त गर्दै आएको नेतृत्वका रूपमा गोर्खा जनमुक्ति मोर्चा र अध्यक्ष बिमल गुरुङको भूमिकालाई महत्वपूर्ण रहेको बताएका थिए। उनीहरूले भविष्यमा केन्द्र सरकारबाट कुनै पनि संवैधानिक समाधानको प्रक्रिया अघि बढ्दा तराई र डुवर्सका भूभाग तथा जनताको राजनीतिक आकांक्षालाई अनिवार्य रूपमा समेटिनुपर्नेमा जोड दिएका छन्।
डुवर्स स्टेरिङ कमिटीमा डुवर्स क्षेत्रका विभिन्न जातगोष्ठी तथा समुदायका प्रतिनिधि, नेतृत्वहरू सहभागी रहेका छन्। समितिमा गोर्खा, बङ्गाली, बिहारी, आदिवासी, टोटो, मेचे, काम्तापुरी लगायत विभिन्न समुदायका नेतृत्वहरू समेटिएका छन्। यसले डुवर्स क्षेत्रको साझा राजनीतिक तथा सामाजिक सरोकारलाई प्रतिनिधित्व गर्दै आएको बताइएको छ।
यसैबीच, भारत सरकारद्वारा नियुक्त इन्टरलोक्युटरसँग डुवर्स स्टेरिङ कमिटीका प्रतिनिधिहरूबीच भएको भेटवार्ताको पहलमा समेत गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङको महत्वपूर्ण भूमिका रहेको स्मरण गरिएको छ।
भेटवार्तामा सहभागी डुवर्स स्टेरिङ कमिटीका नेतृत्वहरूले आगामी दिनमा हुने कुनै पनि राजनीतिक संवाद तथा संवैधानिक समाधानको प्रक्रियामा दार्जिलिङ पहाडसँगै तराई र डुवर्सलाई पनि समान रूपमा समेटिनुपर्ने स्पष्ट धारणा राखेका छन्।

 #हार्दिक_श्रद्धाञ्जली सहिद दावा भुटियाको ९ ओैं पुण्यतिथिमा म वहाँलाई सम्झनामा राख्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु...
01/09/2026

#हार्दिक_श्रद्धाञ्जली
सहिद दावा भुटियाको ९ ओैं पुण्यतिथिमा म वहाँलाई सम्झनामा राख्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
सहिद दावा भुटिया गोर्खाल्यान्डको इतिहासमा सदैव अमर रहनेछन्।

बिमल गुरुङ
अध्यक्ष
गोर्खा जनमुक्ति मोर्चा
केन्द्रीय समिति, दार्जिलिङ

31/08/2026

"चुवापाडा ग्राम पञ्चायतका १२ सदस्य गोर्खा जनमुक्ति मोर्चामा सामेल, डुवर्समा गोर्खा जनमुक्ति मोर्चाप्रति बढ्दो जनसमर्थन"

अलिपुरद्वार जिल्लाको काल्चिनी डेभलपमेन्ट ब्लकअन्तर्गत चुवापाडा ग्राम पञ्चायतका २२ सदस्यमध्ये १२ जना ग्राम पञ्चायत सदस्यहरूले विभिन्न राजनीतिक दल परित्याग गर्दै आज गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका छन्।
आज दार्जिलिङ सिँहमारीस्थित गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय कार्यालयमा उपस्थित भई पार्टी अध्यक्ष बिमल गुरुङप्रति आफ्नो समर्थन व्यक्त गर्दै गोर्खा जनमुक्ति मोर्चाको राजनीतिक अभियानमा सहभागी भएका हुन्।
पार्टीमा सामेल भएका ग्राम पञ्चायत सदस्यहरूले अध्यक्ष बिमल गुरुङको डुवर्सवासीप्रतिको निरन्तर लगाव, डुवर्सको अधिकार र भविष्यका लागि उठाउँदै आएको आवाज तथा डुवर्सलाई समेटेर स्थायी राजनीतिक समाधान हासिल गर्ने पहलप्रति विश्वास र समर्थन रहेको बताएका छन्।
साथै, डुवर्सका जनताको राजनीतिक, सामाजिक तथा प्रशासनिक अधिकार सुनिश्चित गर्न स्पष्ट दृष्टिकोणसहित अघि बढिरहेको गोर्खा जनमुक्ति मोर्चाको अभियानलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
गोर्खा जनमुक्ति मोर्चाले डुवर्सलाई केवल राजनीतिक नाराको रूपमा नभई स्थायी राजनीतिक समाधानको अभिन्न हिस्साका रूपमा अघि बढाउन निरन्तर पहल गर्दै आएको छ। यही राजनीतिक दृष्टिकोणप्रति डुवर्समा विभिन्न समुदाय र वर्गबाट समर्थन बढ्दै गएको पार्टीले जनाएको छ।
आदिवासी, कोचे, मेचे, गोर्खा लगायत डुवर्समा बसोबास गर्ने विभिन्न जातिहरु बीच नयाँ राजनीतिक सम्भावना र स्थायी समाधानप्रतिको आशा बढ्दै गएको छ। चुवापाडा ग्राम पञ्चायतका १२ सदस्यहरूको आजको समर्थनलाई गोर्खा जनमुक्ति मोर्चाले डुवर्समा पार्टीप्रतिको बढ्दो विश्वास र जनसमर्थनको महत्वपूर्ण संकेतका रूपमा लिएको छ।
डुवर्सको अधिकार, पहिचान र भविष्यका लागि गोर्खा जनमुक्ति मोर्चाको अभियान निरन्तर अघि बढ्नेछ।

"कालेबुङ नगरपालिकामा वार्ड संख्या २३ बाट ३० पुर्‍याउने मागमा जिल्लापाललाई ज्ञापनपत्र बुझायो"कालेबुङ, ३१ अगस्ट (सोमबार) ग...
31/08/2026

"कालेबुङ नगरपालिकामा वार्ड संख्या २३ बाट ३० पुर्‍याउने मागमा जिल्लापाललाई ज्ञापनपत्र बुझायो"

कालेबुङ, ३१ अगस्ट (सोमबार) गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला समितिले कालेबुङ नगरपालिकामा विद्यमान २३ वटा वार्डको संख्या बढाएर ३० वटा पुर्‍याउनुपर्ने मागसहित जिल्ला प्रशासनसमक्ष ज्ञापनपत्र पेश गरेको छ।
गोर्खा जनमुक्ति मोर्चाले कालेबुङ नगरपालिकाको वर्तमान वार्ड संरचना पुनरावलोकन गर्दै नयाँ वार्ड सीमाङ्कन प्रक्रिया सुरु गर्नुपर्ने माग गरेको हो। जनसंख्या वृद्धि, वार्डहरूबीच जनसंख्याको असम्मानता, पहाडी क्षेत्रको भौगोलिक अवस्था, बसोबासको स्वरूप तथा प्रशासनिक आवश्यकतालाई आधार बनाएर वार्ड संख्या वृद्धि गर्नुपर्ने प्रस्तावमा उल्लेख गरिएको छ।
प्रस्तावअनुसार कालेबुङ नगरपालिकाको क्षेत्रफल करिब ९.१६८ वर्ग किलोमिटर रहेको छ भने हाल २३ वटा वडा छन्। सन् २०११ को जनगणनाअनुसार नगरपालिकाको जनसंख्या ४९,४०३ र घरधुरी संख्या १०,११३ रहेको थियो। सोही आधारमा प्रति वार्ड औसत जनसंख्या करिब २,१४८ रहेको प्रस्तावमा उल्लेख छ।
मोर्चाका अनुसार कालेबुङ नगरपालिकामा पछिल्लो पटक सन् १९९९ मा १५ वार्डबाट २३ वार्ड कायम गरिएको थियो। त्यसयता जनसंख्या तथा बसोबासको स्वरूपमा उल्लेखनीय परिवर्तन आइसकेकाले वर्तमान वार्ड संरचनाको पुनरावलोकन आवश्यक भएको जनाइएको छ।
प्रस्तावमा सन् २०२५ को योजनागत प्रक्षेपणअनुसार नगरपालिकाको जनसंख्या करिब ६०,१६० पुगेको उल्लेख गर्दै सन् २०४० सम्म करिब ७३,३०० तथा सन् २०५५ सम्म करिब ८८,५३० पुग्ने अनुमान गरिएको छ।
यसैलाई आधार बनाउँदै गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला समितिले जनसंख्याको समानुपातिक वितरण, प्रभावकारी प्रशासन र जनतालाई सहज सेवा प्रवाहका लागि २३ वार्डलाई बढाएर ३० वार्ड बनाउनुपर्ने माग गरेको हो।
मोर्चाले यसका साथै पश्चिम बंगाल नगरपालिका ऐन, १९९३ तथा पश्चिम बंगाल नगरपालिका निर्वाचन ऐन, १९९४ मा उल्लेखित प्रावधानअनुसार नयाँ वार्ड सीमाङ्कन प्रक्रिया अघि बढाउन तथा कालेबुङ नगरपालिकालाई ‘C’ श्रेणीबाट स्तरोन्नति गर्न आवश्यक पहल गर्न जिल्ला प्रशासनसमक्ष आग्रह गरेको छ।

Address

Darjeeling
734101

Telephone

+918509276359

Website

Alerts

Be the first to know and let us send you an email when गोर्खा जनमुक्ति युवामोर्चा केन्द्रीय समिति दार्जिलिङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गोर्खा जनमुक्ति युवामोर्चा केन्द्रीय समिति दार्जिलिङ:

Shortcuts

Share