27/03/2026
दार्जिलिङको राजनितीमा चम्किरहेको नाम हो अजय एडवर्ड, पूरा नाम अजय लुकास एडवर्ड। उनी नयाँ राजनितीज्ञ भने होइनन्। धेरै वर्ष गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको अहम हिस्सा रहेका उनी राजनितीमा निपुण नै हुन्। राजनितीमा मदभेद स्वाभाविक छ, विचार शैलीहरू सबैको मेल खाँदैनन्। त्यही विचार धारणा नमिलेपछि उनले आफ्नो छुट्टै राजनैतिक गोरेटो पैलाएका हुन्। उनकध कौशल, सक्षमता बारे त्यति धेर भनीरहने जरूरी पनि त छैन। उनी कस्ता व्यक्तित्व हुन् अनि उनको विचारधारा कस्तो मुहानबाट उम्रेका छन् भन्ने कुराको पुष्टि आफ्नै राजनैतिक पार्टी "हाम्रो पार्टी" को नगरपालिका चुनावको परिणाम राम्रो उदाहरण हुन्। त्यतिका छोटो समयमा एउटा राजनैतिक दल जस्ले आफ्नो पहिलो जन्मदिन पनि मनाउन नपाई यति अपार सफलता र माया पाएका थिए। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चुनावमा आफ्नो सभासदहरू जिताउन सक्नु उनलाई ग्रामीण क्षेत्रको माया हो।
हाम्रो पार्टीबाट इन्डियन गोर्खा जनशक्ति फ्रन्ट सम्म आइपुग्दा उनले बटुलेका अनुभव, मायाहरू वास्तवमा लोकप्रियताको नमुनाहरू हुन्। "हाम्रो पार्टी"अनि "जनशक्ति फ्रन्ट" यी दुवै नाम नै वास्तवमा जनतामा समर्पित भएका हुन्।उनी अहिलेघरि पार्वत्य क्षेत्रमा एक दह्रो विपक्षी नेता हुन्। उनी बाहेक कसैपनि राजनैतिक व्यक्तित्वबाट सत्तासीनहरूको भ्रष्टाचारको पर्दाफास गर्ने हिम्मत गर्दैनन् र गरेका छैनन्। यो नै उनको दह्रिलो हतियार हो। उनलाई त्यसै जनताको मसिहा भनिएको समय होइन यो।
सरल व्यक्तित्व अनि सामाजिक परिवर्तनको मानिसकताले भरिएको उनको विचार बृहत्, फराकिलो अनि पारदर्शी छन्। उनको अझ सराहनीय कार्य के छ भने उनी आश्वासनको राजनिती गर्दैनन्। जे भन्छन् गरेरै छाड्छन्, आफ्नो पुँजी लगाएर जनताको बुनियाँदी सुविधाहरूलाई प्राथमिकता दिन्छन्। सिंगताम क्षेत्रका स्काई वल्क, गाडी कुद्ने पुल निर्माण, इन्टेक क्षेत्रमा गोर्खाल्यान्ड पुलको निर्माण छाडेर यस्ता धेरै उनको कार्यहरू छन् जो यहाँ लेखेर सकिने छैन। असाहयलाई घर निर्माण, बाटो निर्माण, बिरामी उपचार कार्य आदि उदाहरणहरू हुन्। यस्ता कार्यहरू नेताले मात्रै गर्न सक्ने होइन तर नेता जोसित जनताप्रति लगाउ छ, जनताको मर्का बु्झ्छ, भावनासँग खेलवाड गर्दैनन् उसले गर्न सक्छन्। त्यही सब योग्यता भएका नेता हुन् हाम्रो अजय एडवर्ड।
पारदर्शिता सँगै दुरदर्शिता पनि प्रचुरमात्रामा छन् उनीसित। त्यही दुरदर्शिताले उच्च कोटिको प्रतिस्पर्धात्मक परिक्षाको प्रशिक्षण केन्द्र उनले निर्माण गरेका हुन्। त्यसकै फलस्वरूप नै आज विभिन्न क्षेत्रका नानीहरू स्तरिय परिक्षाहरू उतीर्ण गर्दै ठुला ठुला दर्जामा नियुक्ति पाइरहेका छन्। यस्ता नेतालाई हामीले किन नअंगाल्नु। उनको यही दुरदर्शिता, पारदर्शिता अनि निम्न स्तरप्रति सामाजिक परिवर्तनको विचारको कारणले नै मेरो उहाँप्रति झुकाव बढेको हो। यस्ता व्यक्तिलाई श्रश्रद्धा नमन गर्दछु। म खुलेर भन्छु अजय एडवर्ड मात्रै हामी जनताको रक्षक हुन्। मसीहा हुन्।
राजनैतिक हिसाबले उनी सोलारमा राजनिति गर्दैनन्, कमिनिटि हलमा राजनिति गर्दैनन्, बाटोमा राजनिति गर्दैनन्, शिलान्यासमा राजनि गर्दैनन्। उनी वास्तविकतामा विश्वास गर्छन्। अझ ठूलो कुरा उनी आश्वासन दिंदैनन् उनी वचन पूरा गर्छन्।
सायदै युवाहरूको आवाज सुन्ने, उनीहरूको विचारलाई प्राथमिकता दिने हाम्रो अजय एडवर्ड दाजु अनि इन्डियन जनशक्ति फ्रन्ट मात्रै होला।
निकट भविष्यमा समस्त पहाडले उनलाई बुझ्नेछन्। उनीको विचारधाराहरू समुन्द्र जस्तो बग्नेछन्। आकाश जस्तो फैलने छन्। यो मेरो विचार हो। मलाई लाग्छ उनको शक्ति नै उनको कार्य शैली हो। अबको परिवर्तनले बृहत परिवर्तन ल्याउने छ। यहाँका डाँडा काँडा, हरियो वन जंगल, झरना-नदीहरू, कन्दराहरू सबै सबैले परिवर्तनको त्यो हुरी देख्ने छ तर सिर्फ अजय एड्वर्डको पारदर्शिता, निस्पक्ष अनि बृहत् विचारधाराले मात्रै त्यो सठीक, सकारात्मक परिवर्तन ल्याएको हुनेछ।
जय गोर्खा, जय हिन्द
जय अजय, जय आईजिजेएफ
उज्ज्वल लिम्बू
केन्द्रीय कार्यकारी सदस्री
आईजिजेएफ
दार्जिलिङ।