Bimal Gurung

Bimal Gurung Bimal Gurung is an Indian politician, Founder and president of Gorkha Janmukti Morcha.

हामी भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यू र गृहमन्त्री श्री अमित शाहज्यूलाई यो सकारात्मक कदमका लागि आभार व्यक्त ग...
17/10/2025

हामी भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यू र गृहमन्त्री श्री अमित शाहज्यूलाई यो सकारात्मक कदमका लागि आभार व्यक्त गर्दैछौं।

गोर्खा जनमुक्ति मोर्चाको गठन गोर्खा जातिको राजनीतिक पहिचान र अधिकार सुनिश्चित गर्ने एक मात्र उद्देश्यका साथ गरिएको थियो। यस उद्देश्यका लागि हामीले गोर्खाल्याण्ड राज्यको माग र ११ गोर्खा उप-जनजातिलाई अनुसूचित जनजाति (ST) को मान्यता दिलाउन करिब दुई दशक लामो राजनीतिक संघर्ष गरेका छौँ। गोर्खा जातिका राजनीतिक मागहरूलाई अगाडि बढाउन र अन्तिम रूप दिन वार्ताकार नियुक्त गरिएको निर्णयलाई हामी स्वागत गर्दछौँ।

दार्जिलिङका पहाड, तराई र डुवर्स क्षेत्रका जनताको दीर्घकालीन मागको समाधानतर्फ यो सकारात्मक कदम चालेकोमा हामी प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यू र गृहमन्त्री श्री अमित शाहज्यूप्रति आभार प्रकट गर्दछौँ। साथै, यस चरणमा पुग्नका लागि निरन्तर प्रयास गर्ने दार्जिलिङ सांसद श्री राजु बिष्टा र अन्य गठबन्धनका नेताहरूप्रति पनि हामी धन्यवाद व्यक्त गर्दछौँ।

भारतीय संविधानको दायराभित्र हाम्रो क्षेत्रको स्थायी समाधान हुनु गोर्खा समुदायका अधिकारहरूको संरक्षणका लागि मात्र होइन, यस सम्पूर्ण क्षेत्रको समग्र प्रगति र समृद्धिका लागि पनि अत्यावश्यक छ। यो क्षेत्रका लेप्चा, भोटिया, शेर्पा, योल्मो, तामाङ, गुरुङ, मंगर, नेवार, राई, लिम्बु, थामी, याख्खा, सुनुवार, जोगी, सार्की, कामी, दमाई, सन्यासी, माझी, बंगाली र अन्य सबै समुदायहरूको साझा हितका लागि यो कदम महत्वपूर्ण छ। गोर्खा, राजबंशी, आदिवासी, बंगाली र अन्य समुदायहरूले यहाँ पुस्तौँदेखि मिलेर, आपसी सद्भावका साथ बास गर्दै आएका छन्। हामी त्यो दिनको प्रतीक्षा गर्दैछौँ जब हाम्रो क्षेत्रका प्रत्येक नागरिकले समान अधिकारका साथ एक उज्ज्वल भविष्य निर्माणमा सहभागी हुन पाउनेछ।

हामी हाम्रो क्षेत्रका अन्य राजनीतिक दलहरू र सामाजिक सङ्गठनहरूलाई पनि यस सकारात्मक कदमलाई स्वागत गर्न अनुरोध गर्दछौँ। यो महत्वपूर्ण घडीमा, हाम्रो पहिलो कर्तव्य व्यक्तिगत स्वार्थभन्दा माथि उठी, जनताको हितका लागि एकजुट भएर काम गर्नु हो।

हामी सबै राजनीतिक वा सामाजिक संलग्नता जस्तोसुकै किन नहोस् एकताका साथ अघि बढ्न आह्वान गर्दछौँ। केवल ऐक्यबद्धता र सहकार्यद्वारा नै हामी हाम्रो सबै जातिको हित हुने स्थायी, न्यायपूर्ण र समावेशी समाधान सुनिश्चित गर्न सक्छौँ।

बिमल गुरुङ
अध्यक्ष
गोर्खा जनमुक्ति मोर्चा
केन्द्रीय समिति

रोशन गिरि
महासचिव
गोर्खा जनमुक्ति मोर्चा
केन्द्रीय समिति

*************************************************

We thank PM Narendra Modi and HM Amit Shah for taking this positive step

The Gorkha Janmukti Morcha was formed with the sole aim of securing the political identity and rights of the Gorkha community. Towards this, we have dedicated nearly two decades of political activism for Gorkhaland state and granting of Scheduled Tribe status for the 11 Gorkha sub-tribes. We welcome the appointment of an interlocutor to take-forward and finalise the political demands of the Gorkha community.

We share our gratitude to the Prime Minister Narendra Modi and Home Minister Amit Shah for taking this positive step towards resolving the concerns of the people from Darjeeling hills, Terai and Dooars region. We also thank Darjeeling MP Raju Bista and other Alliance leaders, who have unitedly worked to reach this stage.

A permanent solution under the Constitution of India for our region is not only vital for protecting the rights of the Gorkha community, but also essential for the overall progress and prosperity of the entire region, including the Lepcha, Bhutia, Sherpa, Yolmo, Tamang, Gurung, Mangar, Newar, Rai, Limbu, Thami, Yakkha, Sunuwar, Jogi, Sarki, Kami, Damai, Sanyasi, Majhi, Bangali, and other communities who live here. The Gorkha, Rajbongshi, Adivasi, Bengali, and other communities have coexisted here in harmony for generations. We look forward to the day when every individual in our region will have the opportunity to participate fully and equally in shaping a brighter future together.

We also request other political parties and social organisations from our region to welcome this positive development. At this critical juncture, our foremost duty is to rise above individual interests and work together with a common agenda for the betterment of our people and our region.

We call on everyone, regardless of their political or social affiliations, to join hands in unity, so that we can present a strong, collective voice. Only through solidarity and cooperation can we ensure a just, lasting, and inclusive solution that benefits every community in our region.

Bimal Gurung
President
Gorkha Janmukti Morcha
Central Committee

Roshan Giri
General Secretary
Gorkha Janmukti Morcha
Central Committee

गोर्खा जनमुक्ति मोर्चाको स्थापना भन्दा अघि देखि नै म संग साथमा साथ हातमा हात मिलाएर, मेरो सुख दुःखमा साथ दिएर ७ अक्टोबर ...
12/10/2025

गोर्खा जनमुक्ति मोर्चाको स्थापना भन्दा अघि देखि नै म संग साथमा साथ हातमा हात मिलाएर, मेरो सुख दुःखमा साथ दिएर ७ अक्टोबर २००७ गोर्खा जनमुक्ति मोर्चाको स्थापना गराउनुमा समेत आफ्नो बहुमूल्य योगदान दिने मेरो हितौषी भनौ या शुभचिन्तक भाई राजेश थीङ जसले गोजमुमो अनि म दुवैको साथ कहिले छोडेनन् ।
मेरो ब्यक्तिगत जीवन साथै राजनैतिक जीवनमा धेरै उतारचढाव हरू आए , लामो समय सम्म निर्वासित जीवन धान्न परे , धेरैले मेरो साथ छोडे तर भाई राजेश थीङ अनि उनको सपरिवार सदैव मसंगै साथमा रहेर काम गरे मेरो साथ कहिले छोडेनन्! तर आज दैवको खेला कति निष्ठुरी आज हाम्रो गोजमुमो परिवारको कर्मठ सदस्य उनै राजेश थीङको देहान्तको खबरले मेरो छत्ती चिरा परेको अनुभव गरे , मैले मेरो आफ्नो गुमाएको अनुभव गरे , भाईको आकस्मिक निधनको खबरले म स्तम्भ बनेको छु !
भाई राजेशले म प्रति लगाएको गुण म आजीवन बिर्सने छैन ! भाईको चीर आत्माले बैकुण्ठ बास् गरून् साथै शोकाकुल परिवार प्रति सम्वेदना प्रकट गर्दछु !

बिमल गुरूङ
अध्यक्ष
गोर्खा जनमुक्ति मोर्चा
केन्द्रिय समिति दार्जीलिङ

12/10/2025
10/10/2025

४ अनि ५ अक्टोबर २०२५ को दिन मिरीकका धेरै क्षेत्रहरुमा आएको विनाशकारी प्राकृतिक विपद्‌पको भ्रमण गर्दै गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष श्रीमान बिमल गुरुङ्ग ज्यू,,,,,

08/10/2025

५ अक्टोबरको रात आएको विनाशकारी प्राकृतिक विपद्‌पका निरक्छन गर्दै,,, गोर्खा जनमुक्ति मोर्चा संस्थापक अध्यक्ष श्रीमान बिमल गुरुङ्ग ज्यू ,,,,

08/10/2025

गोजमुमोको १८औँ स्थापना दिवस

Address

Darjeeling

Website

Alerts

Be the first to know and let us send you an email when Bimal Gurung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share